Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

बौद्ध दर्शन र बुद्धका उपदेश पाठ्यक्रममा समावेश गर्न राष्ट्रपति भण्डारीकाे आग्रह

खबरडबली संवाददाता

रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गरेकी छिन् । 

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको समुद्घाटन समारोहलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै उनले छब्बीस सय वर्षदेखि एशिया महाद्वीपको भूगोलमा स्थापित बौद्ध दर्शन आजको युगमा सम्पूर्ण विश्वभरि फैलिइरहेको र विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुले बौद्ध दर्शनलाई आफ्नो प्राज्ञिक कार्यक्रमका रूपमा समावेश गर्दै गएको उल्लेख गरिन । 

बुद्धकालीन ज्ञान र शिक्षालाई वर्तमान सन्दर्भसँग जोडेर शिक्षा प्रणाली, पाठ्यक्रम र पठनपाठनका क्षेत्रमा अवलम्बन गर्नसके लुम्बिनी विश्वविद्यालयको बहुआयामिकता थप अभिवृद्धि हुने उनको  विश्वास छ । “यसबाट हाम्रो महान बौद्ध सभ्यताको विरासतलाई भावी पुस्तामा हस्तान्तरण गर्न मद्दत पुग्न सक्दछ । प्राज्ञिक विकासको पूर्वसर्त विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रता हो, विश्वविद्यालयमा विशुद्ध प्राज्ञिक वातावरण कायम गरी राज्यका लागि आवश्यक दक्ष जनशक्तिको उत्पादन गर्न पाठ्यक्रमलाई अनुसन्धान केन्द्रित बनाउनु पर्दछ”, राष्ट्रपति भण्डारीले भनिन् । 

हाम्रो मुलुकबाट ठूलो सङ्ख्यामा अध्ययनका लागि विदेश जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न उच्च शिक्षामा लगानी वृद्धि गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रपति भण्डारीले बौद्ध विश्वविद्यालयले लिएको आफ्नो लक्ष्य र उद्देश्यलाई ओझेलमा नपारी स्वदेशी तथा विदेशी विद्यार्थी एवं अनुसन्धानकर्तालाई आकर्षित गर्नुपर्नेमा जोड दिइन् । 

राष्ट्रपति भण्डारीले बुद्धद्वारा प्रवर्तित सामूहिकता र मानव प्रेमको भावना जागृत गराउनसके समाजमा विद्यमान स्वार्थ र द्वन्द्व निवारण गर्दै दिगो शान्ति कायम गर्न मद्दत पुग्ने उल्लेख गर्दै बुद्धको जीवनमा प्रकृति र प्रेम अभिन्नरूपले जोडिएको प्रसङ्ग उल्लेख गरिन । 

“उडिरहेको हाँसको पखेटामा तीर लागेर जमिनमा झरेको भेटेपछि बगैँचामा खेलिरहेका सिद्धार्थले जडीबुटीद्वारा त्यसको उपचार गरेको प्रसङ्ग बौद्ध शिक्षामा आउँछ । यसले एकातिर बुद्धमा रहेको दया र करुणाको भाव झल्काउँछ भने अर्कातिर उनमा बाल्यावस्थादेखि नै प्राणी र वनस्पतिसँग सान्निध्य रहेको स्पष्ट पनि पार्दछ”, उनले भनिन्  ।

राष्ट्रपति भण्डारीले मुलुकको मौलिक परम्पराका रूपमा विकसित भएको बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्दै समयसापेक्ष तुल्याउनुपर्ने बताइन् । 

विशेषरूपमा कपिलवस्तु, रूपन्देही र नवलपरासी तथा देशैभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक साँस्कृतिक सम्पदाको उत्खनन्, संरक्षण तथा सम्वद्र्धन गर्न अग्रसर हुनुपर्नेमा उनको जोड छ । 

राष्ट्रपति भण्डारीले लुम्बिनी क्षेत्रमा जमिनमुनि दबिएका कतिपय पुरातात्विक साँस्कृतिक महत्वका वस्तु अझैसम्म फेला परिरहेकाले तिनको थप अन्वेषणमा सम्बद्ध निकायले ध्यान पुर्‍याउनुपर्ने बताइन । राष्ट्रपति भण्डारीले भनिन्, “विश्वसम्पदामा सूचीकृत लुम्बिनीका मूर्त तथा अमूर्त सम्पदा विश्वकै अमूल्य निधि भएकाले लुम्बिनी विकासको गुरुयोजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायकोसमेत साथ लिन सकिन्छ भन्ने मलाइ लाग्दछ ।”

समारोहमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बुद्धका शिक्षालाई व्यवहारमा उर्तानुपर्नेमा जोड दिइन् । उनले बुद्ध शिक्षाले शान्ति र समानतालाई जोड दिएको जनाउँदै विश्वविद्यालयले सैद्धान्तिक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताइन ।

विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बुद्ध जन्मस्थललाई केन्द्रमा राखेर बौद्ध शिक्षालाई अनुसन्धानमा आधारित बनाउनेतर्फ विश्वविद्यालयले ध्यान दिनुपर्ने बताइन । 

उनले बुद्धका उपदेश र शिक्षालाई समेटेर गुणस्तरीय शिक्षा प्रदान गरी बुद्ध दर्शनसम्बन्धी प्रबै प्रकारका ज्ञान हासिल गर्न सकिने शैक्षिक अनुसन्धानको केन्द्रका रुपमा विश्वविद्यालयलाई स्थापित गर्नुपर्ने बताइन । उनले विभिन्न भाषामा प्रकाशित पुस्तक तथा लेखलाई नेपालीसहित विभिन्न भाषामा प्रकाशित गरेर बौद्ध दर्शनको विस्तार र विकास गर्नुपर्नेमा जोड दिइन । 

मन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गरी शिक्षालाई सीप र संस्कारसँग जोडेर आध्यात्मिक समृद्धि हासिल गर्नतर्फ लाग्नुपर्ने बताइन् । उनले बौद्ध दर्शन, साहित्य कला जस्ता बुहआयामिक विषयमलाई समेटेर शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरिन् । नेपाल विश्व व्यापार सङ्गठनमा आबद्ध भएकाले विदेशी विद्यार्थीसँग प्रतिष्पर्धा गर्नसक्ने गरी विद्यार्थीको क्षमता विकास गर्नुपर्ने उनको भनाइ थियो । 

थेरवाद, महायान र बज्रायान तिनै क्षेत्रलाई समेटेर बौद्ध शिक्षालाई शिक्षा प्रणालीका हरेक तहमा लैजानुपर्ने र पाठ्यक्रममा समेत समेट्नुपर्ने उनले बताइन । समारोहमा पूर्वमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी आकर्षक गन्तव्यकारुपमा विकास हुँदै गइरहेको बताइन् । 

उनले लुम्बिनी गुरुयोजनाको कार्यान्वयन प्रभावकारी ढङ्गले हुनसके लुम्बिनी संसारकै लागि आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकासित हुने उल्लेख गरिन ् । उनले बुद्ध जन्मस्थलसँगै यससँग जोडिएका स्थलकोसमेत बृहत् लुम्बिनी गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्नसके देशको अर्थतन्त्रमा यसले ठूलो योगदान गर्ने विश्वास व्यक्त गरिन् ।

यसअघि लुम्बिनीको गुरुयोजना कार्यान्वयनका लागि आफू अर्थमन्त्री रहेका बेला रु सात अर्ब ३३ करोड बजेट विनियोजन गरिएको जनाउँदै यो रकमको सही सदुपयोग होस् भन्नका लागि सबैको ध्यान जान आवश्यक रहेकामा जोड दिइन ।

पूर्वअर्थमन्त्री पौडेलले रुपन्देहीको ९२ बिघा जग्गा अधिग्रहण गरी विश्वविद्यालयका संरचना विस्तार गर्ने काम भइरहेको र अन्य क्षेत्रमा पनि विश्वविद्यालयका संरचना निर्माण गरी शैक्षिक गतिविधि सञ्चालन गरिएको पूर्ववर्ती सरकारले लिएको योजना पूरा गर्ने कामलाई निरन्तरता दिएर अघि बढ्न जरुरी रहेको बताइन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप ५०० बिघा जग्गा अधिग्रहणसँगै सबै पूर्वाधारका लागि डीपीआरको काम सकिएको जनाउँदै एशियाली विकास बैँक ऋण सम्झौताका लागि तयार रहेकाले विमानस्थलको उद्घाटन हुँदा दोस्रो चरणको काम सुरु गर्ने गरी काम अघि बढाउनुपर्ने बताइन् । 

विश्वविद्यालय अनुसन्धान आयोगका अध्यक्ष भीम सुवेदीले बौद्ध धर्म, संस्कृति र कलालाई उन्नयन गर्ने काममा विश्वविद्यालयको सक्रियता प्रशंसनीय रहेको बताइन् । विश्वविद्यालयका अनुसन्धान केन्द्र निर्देशक डा गीतु गिरीले बौद्ध साहित्य, भाषा, शिक्षा तथा संस्कृतिको अध्ययन र अनुसन्धानका लागि अनुसन्धान केन्द्र खोलिएको जनाउँदै सोहीअनुसार काम अघि बढाइएको बताइन् ।

विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले सबैको साथ र सहयोगले विश्वविद्यालयको शैक्षिक विकासले गति लिएको बताइन । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy