Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

रजनीकान्तको 'कुली' मा केमियो भूमिकामा आमिर खान

खबरडबली संवाददाता

काठमाडौँ । दक्षिण भारतीय फिल्म निर्देशक लोकेश कनागराजले सुपरस्टार रजनीकान्त अभिनीत बहुप्रतिक्षित एक्सन ड्रामा 'कुली' मा बलिउड सुपरस्टार आमिर खानको विशेष भूमिका हुने भएको छ ।

यो फिल्म हाल निर्माणाधीन छ र यस वर्षको अन्त्यतिर ठूलो पर्दामा आउने तयारीमा छ । 'कुली' मा आमिर खानको केमियो भूमिका हुने बताइएको छ ।

यसैबीच, आज अभिनेता आमिर खानको ६०औं जन्मदिनमा शुक्रबार , निर्देशक लोकेश कनागराजले अभिनेतासँगको आफ्नो तस्बिर साझा गर्दै जन्मदिनको शुभकामना दिएका छन् । रोचक कुरा के छ भने, लोकेश कनागराज पनि शुक्रबारनै आफ्नो ३९औं जन्मदिन मनाएका छन् । यद्यपि फिल्म निर्माताले आमिरको उपस्थितिको प्रत्यक्ष पुष्टि गरेनन्, तर उनले आफ्नो पोस्टमा आधिकारिक बनाउन संकेत दिएका छन् ।

लोकेशले इन्स्टाग्राममा सेयर गरिएको पोस्टमा भनेका छन्, ‘आमिर खान सर, तपाईंलाई जन्मदिनको शुभकामना। हामीसँग भएको सुन्दर कुराकानीको लागि म धेरै आभारी छु। तपाईंको गहिरो सोच र कथा कथनप्रतिको लगावले मलाई सधैं प्रेरित गरेको छ । आगामी वर्षहरूमा पर्दामा अझ धेरै जादू सिर्जना गर्न उत्सुक छु र यो विशेष दिन तपाईंसँग साझा गर्न पाउँदा उत्साहित छु, सर ।

'कुली' भारतीय चलचित्रहरू मध्ये एक हो । जबकि 'कुली' एक एक्सन थ्रिलर फिल्म हो भनिन्छ, जसको लेखन र निर्देशन लोकेश कनागराजले गरेका हुन् । सन पिक्चर्सद्वारा निर्मित यस फिल्ममा रजनीकान्तसँगै नागार्जुन, उपेन्द्र, सौबिन शाहीर, सत्यराज, श्रुति हसन, रेबा मोनिका जोन, जुनियर एमजीआर र मोनिशा ब्लेसी मुख्य भूमिकामा छन्।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending