Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

तीनवटा कानुनको अध्ययन प्रतिवेदन पेश

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई तीनवटा ऐनका अध्ययन प्रतिवेदन बुझाइएको छ ।

समितिको आजको बैठकमा सभापति रामनारायण बिडारीलाई नेपाल कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यले अनिवार्य तथा नि:शुल्क शिक्षासम्बन्धी ऐन २०७५, मूल्य अभिवृद्धि कर २०५२ र नेपाल राष्ट्र बैंक ऐन २०५८ को अध्ययन प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सो अवसरमा सभापति बिडारीले जनसरोकारका अत्यन्त महत्वपूर्ण ऐन अध्ययन गरी समयसीमाभित्रै जिम्मेवारी सम्पन्न गरेकामा समाजका पदाधिकारी र विषयविज्ञलाई धन्यवाद ज्ञापन गरे  ।

प्रतिवेदनमा सरकारले बनाउनुपर्ने प्रत्यायोजित विधायन बनाएको छ  वा छैन, बनाइएको भए समयमा भयो कि भएन, संविधान वा ऐनको उद्देश्य तथा तोकेका विषय परे वा परेनन् भन्ने विषयमा केन्द्रित रहेर अध्ययन गरिएको उल्लेख छ । प्रतिवेदन प्रस्तुत गर्दै समाजका अध्यक्ष शाक्यले व्यापक छलफल र गहन अध्ययनबिना हतारमा बनाइएका ऐनमै अनेक कमी–कमजोरी र त्रुटि रहेको पाइएको बताए  ।

समितिले यसअघि ११ वटा ऐन अध्ययन परीक्षणका लागि समाजलाई जिम्मेवारी दिएकामा हालसम्म नौवटाको अध्ययन प्रतिवेदन बुझाइसकेको छ । बैठकमा समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले प्रत्यायोजित विधायनको अधिन र मनसायभित्र रही राज्यका निकायबाट नियम, निर्देशिका, कार्यविधि, विनियम, आदेश बनाइएको छ वा छैन तथा प्रयोग अभ्यास कस्तो छ भन्ने पक्षमा गहिरो अध्ययन गरी प्रतिवेदन तयार गरिएको जानकारी दिए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy