Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

‘पूर्वाग्रहका कारण विश्वविद्यालयलाई अनुमति दिएनन्’ : अध्यक्ष बिजुक्छेँ

खबरडबली संवाददाता
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पूर्वाग्रही सोचकै कारण भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने स्वीकृति नपाएको बताएका छन्।
 
भक्तपुर नगरपालिकाले वडा नं ७ हनुमानघाटस्थित छिपा ताँको पूर्वतिर निर्माण गरिएको मौलिक शैलीको खोह्र दीप ध्वाखा र छिपा ताँको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । विगत १० वर्ष अगाडिदेखि भौतिक संरचना र अरु सबै प्रावधान पूरा गरेर स्वीकृति माग गर्दा पनि सत्तामा रहेका दलहरूले पूर्वाग्रह राखेर ख्वप विश्वविद्यालय सञ्चालनको अनुमति नदिएको उनले बताए  । 
 
बिजुक्छेँले जनताको सहयोगबाट निर्मित खोह्र दीप ध्वाखा मौलिक, कलात्मक र निकै आकर्षक भएकोे चर्चा गर्दै सम्पदा संरक्षणमा भक्तपुरका जनताको अपनत्व र समर्पणभावको उच्च प्रशंसा गरे  । छिपा ताँसँगै रहेको उपचार पोखरीलाई पुनर्जीवन दिनुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले आफ्ना विकास निर्माणका सम्पूर्ण गतिविधि गुणस्तरीय ढङ्गले उपभोक्ता समितिमार्फत गरिरहेकामा उपभोक्ता समिति खारेज गर्ने सरकारको निर्णय निर्माण व्यवसायी पोस्ने र जनताको भावनाविपरीत भएको आरोप लगाए  । 
 
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणको भौतिक संरचना बलियो हुने, स्थानीय जनताको अपनत्व रहने, स्थानीय जनताले स्वयंसेवी रूपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय निर्माण हुने बताए  ।
 
स्थानीय सीप, प्रविधि र परम्परागत निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएका पाँचतले मन्दिर, भैरवनाथ मन्दिरलगायतका सम्पदा ठूल्ठूला भूकम्पबाट पनि जोगिएको भन्दै उनले अहिले भएका निर्माण पनि वर्षौँवर्ष टिक्ने गरी गुणस्तरीय निर्माणमा नगरपालिकाले जोड दिँदै आइरहेको बताए  ।
 
कार्यक्रममा नपाका उपप्रमुख रजनी जोशी, वडा नं ७ का वडाध्यक्ष उकेश कवाँले भूकम्पबाट क्षतिग्रस्त १२० वटा सम्पदामध्ये भक्तपुर नगरपालिकाले ११५ भन्दा बढी पुन:निर्माण तथा जीर्णोद्धार सम्पन्न गरिसकेको अवगत गराउँदै भक्तपुर नगरपालिकाले गरिरहेका हरेक गतिविधि देशभरका जनताले नियालिरहेकोमा अझ जिम्मेवार भएर काम गर्न हौसला मिलेको बताए  ।
 
खोह्र दीप ध्वाखा निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रत्नलाल साँधले ध्वाखाको दायाँ बायाँ सहायकद्घार र बीचमा मुख्य रहेको खोद्रा दीप ध्वाखा निर्माणका लागि रु ४९ लाख ९५ हजार ९७४ भन्दा बढी आर्थिक सहयोग सङ्कलन भए पनि रु ४८ लाख ६९ हजार ८६५ मा निर्माण सम्पन्न गरेको बताए  । 
 
त्यस्तै छिपा ताँ निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष लक्ष्मी रञ्जितले पुलको लगत अनुमान रु एक करोड ९८ लाख ४१ हजार २६६ रहे पनि कूल खर्च रु एक करोड ७७ लाख आठ हजार ७३० मा निर्माण सम्पन्न भएको बताए  । कार्यक्रमका सभापति एवं खोह्र दीप ध्वाखा निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णगोविन्द खाइजु, छिपा ताँ निर्माण उपभोक्ता समितिका अध्यक्ष रामेश्वर प्रजापति र सचिव कृष्णगोविन्द लाखाले ध्वाखा निर्माणमा १८० वटाभन्दा बढी गुठियारबाट आर्थिक सहयोग भएको र ध्वाखा निर्माणका क्रममा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending