Ntc
Khabar Dabali २० जेष्ठ २०८० शनिबार | 3rd June, 2023 Sat

प्रयोगमा आइरहेका खोपहरु ओमिक्रोन भेरियन्टका लागि कति प्रभावकारी छ ?

‘ओमिक्रोन भेरियन्ट’ कति घातक छ ?

डा. शेरबहादुर पुन

काठमाडौँ ।  झन्डै एक वर्ष अगाडि भारत तथा नेपालमा विध्वंस मच्चाएको र हाल विश्वव्यापी फैलिएको ‘डेल्टा भेरियन्ट’पछि हाल यो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वव्यापी चासोको विषय बनेको छ । कोरोनामा उत्परिवर्तन स्वाभाविक, प्राकृतिक र अनुमानित पनि मानिन्छ । 

दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको बी ११ ५२९ नाम दिएको यो नयाँ भाइरस २४ नोभेम्बरमा पहिलो पटक विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) मा रिपोर्ट गरिएको थियो ।

डब्ल्यूएचओमा व्यापक छलफलपछि २६ नोभेम्बेरमा यो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ भनेर नामकरण गरिएको हो । यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएको छ ।

तीव्र गतिमा फैलनु, फरक लक्षण देखिनु, घातकता बढ्नु, जनस्वास्थका मापदण्ड प्रभावहीन हुनु, हाल उपलब्ध निधान गर्ने प्रविधि, खोप तथा उपचारमा समस्या देखिनु आदि मध्येमा एक वा सो भन्दा बढी लक्षण देखिएमा यो भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिने गरिन्छ ।

डब्ल्यूएचओका अनुसार प्रारम्भिक नतिजा अनुसार ओमिक्रोन भेरियन्टले अरु ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएका भाइरसहरु भन्दा पुन: संक्रमण गर्न सक्ने क्षमता बढी देखाएको भनिएको छ ।

दक्षिण अफ्रीकाको धेरै प्रान्तहरुमा यो भेरियन्ट तीव्र गतिमा फैलिएको छ भने, कोरोनाको ‘एस जिन’ हाल प्रयोगमा आइरहेको रिएजेन्ट पिसिआर प्रविधिले पत्ता लगाउन नसक्ने भनिएको छ।

अन्तराष्ट्रिय समाचारहरुमा जनाइएअनुसार युवाहरुलाई यसले अस्पताल भर्ना गराइरहेको भनिएको छ ।

दक्षिण अफ्रिकाका प्रान्तहरुमा तीव्र गतिमा ‘ओमिक्रोन भेरियन्ट’ फैलिएको भनिएको छ । तर, सो देशमा ३५ प्रतिशतले मात्र खापको पूर्ण खोप लगाएको भनिएको छ ।

तसर्थ लक्षित जनसख्यालाई खोप लगाएको भए तीव्र गतिमा फैलने वा अस्पताल भर्ना गराउन ‘ओमिक्रोन भेरियन्ट’ सक्षम हुन्थ्यो वा हुँदैन थियो भन्ने अहिले थाहा हुन सकेको छैन ।

त्यसैले लक्षित जनसंख्यामा दुई मात्रा पूर्ण खोप लगाइसकेका देशमा ‘ओमिक्रोन भेरियन्ट’ ले कसरी प्रभाव पर्छ भन्ने नतिजा महत्वपूर्ण हुनेछ । यसको ‘स्पाईक प्रोटिन’ मा व्यापक उत्परिवर्तन भएकोले यो तीव्र गतिमा फैलिएर संक्रामक हुने भनिएको छ ।

तर, कति संक्रामक हुन्छ भन्ने यकिन भैसकेको भने छैन। हाम्रा लागि महत्वपूर्ण अर्को जानकारी भनेको ‘ओमिक्रोन भेरियन्ट’ कति घातक छ वा रहने छ भन्ने हो । तर, हाल यसको घातकताको बारेमा पनि हामी अनविज्ञ नै छौं ।

अर्को कुरा, सबैभन्दा महत्वपूर्ण जान्नु पर्ने भनेको हाल प्रयोगमा आइरहेका खोपहरु यो भाइरसविरुद्ध कति प्रभावकारी छ, रहने छ भन्ने हो ।

हाल खोप उत्पादक कम्पनीहरुले प्रभावकारिताको बारेमा युद्धस्तरमा अनुसन्धान अगाडि बढाइरहेका छन् । अहिले नै खोपको प्रभावकारिताको बारेमा पनि थाहा भइसकेको छैन ।

अन्तमा, ‘ओमिक्रोन भेरियन्ट’ बारेमा धेरै जानकरी थाहा पाउन बाँकी नै छ । तर पनि यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि अझ ‘स्पाईक प्रोटिन’ समेतमा हुँदा वैज्ञानिकहरुले विगतमा देखिएका ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत पर्ने भाइरसहरु भन्दा बढी जोखिम हुन सक्ने अनुमान गरेका छन्।

फलस्वरूप, विभिन्न देशहरुले अन्तरदेशीय यातायातमा कडाई गरेका छन्। नेपालले पनि अन्तराष्ट्रिय विमानस्थलमा ओर्लने यात्रुहरुमा विशेष निगरानी राख्ने भनिसकेको छ।

हाल नेपालमा पनि जिन सिक्वेन्सिंक गर्ने प्रविधि स्थापना भैसकेको अवस्थामा हवाई यात्रुमा कोरोना भाइरस देखिए त्यसको विष्लेषण गर्ने र जोखिमको लेखाजोखा गर्दै नियन्त्रणको योजना बनाउन सके ‘ओमिक्रोन भेरियन्ट’ फैलनबाट रोक्न सकिने छ । तर, फेरि पनि ‘ओमिक्रोन भेरियन्ट’ बारेमा हामीसँग हाल पर्याप्त जानकारी छैन अथवा पाउने क्रम जारी छ ।

(९डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्०

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँको गोगंबुबाट दुई जना पाकेटमार पक्राउ

काठमाडौँ । सार्वजनिक यातायातमा पाकेटमारी गरेर भाग्दै गरेको अवस्थामा काठमाडौँको गोगंबुबाट दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ प...

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सु...

प्रधानमन्त्री प्रचण्डले गरे इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

इन्दोर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रका अवलोकन गरेका छन् ...

रास्वपाकी सांसद सोविताले सुटुक्क विवाह गरेर पुगिन जापान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले विवाह गरेकी छिन् । उनले केहीदिन अघि विवाह गरेर जापान गएको बुझिएको छ ।   उनले...

एमाले सचिवालय बैठकः १३ जना केन्द्रीय सदस्य थप्ने निणर्य

काठमाडौं । नेकपा(एमाले)को सचिवालय बैठकले १३ जना केन्द्रीय सदस्य थपेको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठक १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय ...

नक्कली भुटानी शरणार्थी प्रकरणः सबैजनाको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै जनाको बयान सकिएको छ । शुक्रबार तीन जनाको बयान लिएसँगै सबैको बयान सकिएको जिल्ला सरकारी ...

म्यान्मारका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग

काठमाडौं । म्यान्मारका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ । मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम आज प्रद...

अफगानिस्तानमा सहयोग सघन बनाएर सौम्य शक्ति विस्तार गर्दै भारत

काठमाडौं । दुई दशक लामो द्वन्द्वले तहसनहस भएको अफगानिस्तानमा भारतले आफ्नो सौम्य शक्ति ९सफ्ट पावर०लाई बढाउँदै गएको छ । इरानमार्फत काबुललाई उल्लेख्यमात्...

‘वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण आवश्यक छ’

काठमाडौं ।  पौरखी नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सम्बन्धित मुलुकमा पुगेपछि पनि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको जनाएको छ ।  उक्त संस...

बिआरआई अन्तर्गतका केही आयोजना अनुदानमा निर्माण गरिदिन चीनसँग प्रस्ताव गरेका छौँः अग्नि सापकोटा

काठमाडौं ।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देशका रुपमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) ...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page