काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताएका छन् ।
उनले द्वन्द्वपीडितलाई न्याय दिन सरकार तयार रहेको बताए । “सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन जरुरी छ, हामी न्याय दिन तयार छौँ”, प्रधानमन्त्री देउवाले भने, “पीडितका परिवारलाई न्याय दिनेछाँै, त्यसका लागि के गर्न सकिन्छ त्यो गर्नेछौँ ।”
उनले मानवअधिकारसम्बन्धीे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्ने कार्यमा सरकार लागिपरेको र मानव बेचबिखनलगायतका गम्भीर प्रकृतिका अपराधका दोषीलाई कारबाही गर्ने काम भइरहेको बताए । प्रधानमन्त्री देउवाले आयोगले स्थापनाकालदेखि नै मानवअधिकारको संरक्षण र संवद्र्धन गर्ने कार्य गर्दै आएको र नेपाल सरकारले आयोगलाई आवश्यक पर्ने बजेट लगायतका सहयोग गर्ने गरेको बताए ।
आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको सम्मान, संरक्षण, संवद्र्धन र परिपूर्ति राज्यको कुनै एक निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले त्यसका लागि सरकार, संवैधानिक आयोग, नागरिक समाज सबैको सहकार्यबाट मात्र सम्भव हुने बताए ।
उनले दिगो विकासको लक्ष्य सन् २०१५/०३० ले सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्न सकिने छ भने ।
कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जिताराम लामा र राष्ट्रिय मानवअधिकार महाभेलाका संयोजक रोशना खड्काले मानवअधिकारको रक्षाका लागि सरकार र सरोकारवाला निकाय सबैको उत्तिकै भूमिका र योगदान जरुरी भएको धारणा राखे ।
‘असमानता हटाऔँ, मानवअधिकारको सम्मान गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वभरि आज मानवअधिकार दिवस मनाइँदैछ । मानवअधिकार दिवस प्रत्येक वर्ष डिसेम्बर १० मा मनाउने गरिन्छ । मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाई आधार मानेर यो दिवस हरेक वर्ष यसैदिन मनाउने गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०७९ - १६:००
ट्युनिस । लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुदाँ ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्...
जेष्ठ ११ गते, २०७९ - १५:५३
गण्डकी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन...
जेष्ठ ११ गते, २०७९ - १५:०९
गलकोट । नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दासमेत बागलुङमा पाठ्यपुस्त प्रर्याप्तरुपमा भित्रिएका छैनन् । गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि ...
जेष्ठ ११ गते, २०७९ - १४:४५
नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म दुई हजार १२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार कर...
जेष्ठ ११ गते, २०७९ - १४:३१
बनियानी । डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख बिरुवा वितरण गर्ने भएको छ ।फलफूल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागि...
जेष्ठ ११ गते, २०७९ - १४:०९
सोल । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले पूर्वतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । उसले आफ्नो पूर्वी जलक्षेत्रमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दक्...
जेष्ठ ११ गते, २०७९ - १३:५३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडामा गणना कार्य जारी छ । यसरी मत परिणाम सार्वजनिक हुनेमा वडा न...
जेष्ठ ११ गते, २०७९ - १३:३६
काठमाडौं । पेट्रोलियम पदार्थमाको मूल्यवृद्धिको विरोधमा आयल निगमको कार्यालय घेराउ गरेका छन् । विभिन्न १५ विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा ...
जेष्ठ ११ गते, २०७९ - १३:१४
उभाल्डे । अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ । यहाँको प्राथमिक विद्यालयमा आज बिहान भएको आक्रमणमा १८ जना बालबालिकासहित २१ जन...
जेष्ठ ११ गते, २०७९ - १२:४७
काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार...
प्रतिकृया लेख्नुहोस्: