काठमाडौँ । ‘चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७८’ को उपाधि चनपा वडा नं १५ ले चुमेको छ । नगरपालिकाको सर्वाधिक राशिको सो प्रतिप्रतियोगितामा उसले वडा नं १४ लाई एक गोलका विरुद्ध तीन गोल गर्दै रु ८० हजारसहित ट्रफी र पदक चुुमेको छ भने वडा १४ दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात पारेको छ ।
चनपा–९ स्थित मच्छेगाउँमा नवनिर्मित मत्स फुटसल एरिनामा शनिबार साँझ सम्पन्न सो प्रतिस्पर्धात्मक खेलमा वडा नं १५ का तर्फबाट खेलाडी समीर कार्की, दिनेशसिंह खड्का, अविरल रिजाल, रञ्जन श्रेष्ठ, राहित थापा, सञ्जय कपर, अभय खड्का, सुजित रावत, प्रज्वल कार्की र सुशन घिमिरे मैदानमा उत्रिएका थिए । यसैगरी दोस्रो स्थान प्राप्त गरेको वडा नं १४ का तर्फबाट डेनियल श्रेष्ठ, विजय थापा क्षेत्री, सहिल राना, राजीव श्रेष्ठ, दिलकुमार महर्जन, अजित महर्जन, रयन महर्जन, सुरज महर्जन, सुमीप कार्की र सन्दीप रानामगरले भाग लिएका थिए ।
पश्चिम संयुक्त क्लबको संयोजन तथा चनपाद्वारा आयोजित सो प्रतियोगितामा नगरका १५ वडाका १८ टिमले भाग लिएका थिए भने खेल अन्तर्राष्ट्रिय नियमानुसार खेलाइएको थियो । यसैगरी प्रथम चन्द्रागिरि वडा जनप्रतिनिधि/कर्मचारी कप फुटसल प्रतियोगिताको उपाधि चनपा वडा नं ५ ले हात पारेको छ । सो वडाका तर्फबाट रविन महर्जन, कान्छाभाइ महर्जन, हरिश महर्जन, रिकेश श्रेष्ठ र पुष्कर पोखरेलले प्रतियोगितामा भाग लिएका थिए भने दोस्रो स्थान प्राप्त गरेको वडा नं १४ का तर्फबाट विसु कार्की, श्रीथापा, मीनबहादुर श्रेष्ठ, हेमन्त महर्जन र दीपक श्रेष्ठको सहभागिता थियो ।
ती दुवै प्रतियोगिताको प्रथम र द्वितीय हुने टिमलाई चनपाका प्रमुख घनश्याम गिरी, वडा नं ५ का वडाध्यक्ष कान्छाभाइ महर्जन तथा क्लबका अध्यक्ष रामनारायण घिमिरेले संयुक्तरूपमा नगदसहित ट्रफी र पदक प्रदान गरे । सोही अवसरमा उनीहरुले उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई नगद रु पाँच/पाँच हजारसहित ट्रफी र पदक प्रदान गरे । प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि वडा नं १५ ले प्राप्त गरेको थियो । उत्कृष्ट गोलकर्ता सोही टिमका अबिरल रिजाल र उत्कृष्ट गोलपिकर सोही वडाका सुशन घिमिरेले प्राप्त गरेका थिए ।
सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाले खेल क्षेत्रको विकासमा प्राथमिकता दिँदै आएको जानकारी दिँदै आगामी दिनमा युवापुस्ताले नै खेलकुदमार्फत नगरपालिका र सिङ्गो राष्ट्रलाई नै चिनाउने बताए । उनले भने, “नगरको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यका क्षेत्रमा धेरै काम भएका छन् ।”
क्लबका अध्यक्ष घिमिरेले नगर क्षेत्रमा क्लबले विभिन्न खेलकुद प्रतियोगिताको संयोजन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा नगरपालिकाले खेल गतिविधिमा क्लबलाई साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले भने, “आगामी दिनमा खेल क्षेत्रमा सरकारले लगानी बढाउन जरुरी छ । खेल क्षेत्रको विकास र विस्तारले मात्र युवाको सशक्तीकरण हुन्छ ।” क्लबका सल्लाहकार भुवन गिरीले पश्चिम क्षेत्रमा खेलकुद विकास र प्रवद्र्धन गर्न क्लबले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए ।
प्रतियोगिताका संयोजक क्लबका उपाध्यक्ष साजन महर्जनले विभिन्न सङ्घ तथा संस्थाहरूको साथ र सहयोगले प्रतियोगिता सम्पन्न भएको बताए । सोही अवसरमा क्लबको दशाँै वार्षिकोत्सवका अवसरमा ‘केक’ काटिएको थियो । शुक्रबार बागमती प्रदेशसभा सदस्य रमा आलेमगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य देवेन्द्र प्रधान तथा क्लबका अध्यक्ष घिमिरेले प्रतियोगिताको संयुक्तरूपमा शुभारम्भ गरेक थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: