Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

५ वर्षमा सम्पन्न भएन गल्छी–मैलुङ सडक

खबरडबली संवाददाता

काठमाडौँ । पाँच वर्ष पहिले निर्माण सुरु भएको गल्छी–मैलुङ सडक अझै सम्पन्न भइसकेको छैन । 

कूल ४६ किमी लम्बाइको सडकमा अहिलेसम्म ७० प्रतिशत प्रगति पुगेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी सडक योजनाले जनाएको छ । जग्गा प्राप्तिको विवाद, अदालती प्रक्रिया, रुख कटानमा लामो प्रक्रियाका कारण निर्माणमा लामो समय लागेको योजनाका सूचना अधिकारी सन्तराम पाण्डेयले बताए । उनका अनुसार कुनै खण्डमा थोरै काम बाँकी हुँदा रोकिएको छ भने कतै सुरु नै हुन सकेको छैन । उनले भने,  “धेरै खालका अवरोधले गर्दा सरासर काम हुन पाइरहेको छैन ।”

आव २०७२/७३ मा सडक निर्माण सुरु भएकामा सो ठेक्का अझै पूरा नभएको हो । सो सडकको सुरु विन्दु (गल्छी) बाट ४६ किमी (मैलुङ) सम्म एउटै कम्पनी कोभ्यास/टुण्डी/रसुवा जेभीले निर्माण गरिरहेको छ । गल्छी–मैलुङ सडकमा अहिलेसम्म २१ किमी खण्डमा कालोपत्र सम्पन्न भइसकेको छ । नेपाल सरकारको लगानीमा  १२ मिटर चौडा सडक निर्माण गरिरहेको सूचना अधिकारी पाण्डेयले बताए । दुई/दुई मिटर सोल्जरसहित ‘डेडिकेडेज डबल लेन’ सडक निर्माण अघि बढाइएको छ । यो खण्डमा धेरै ठाउँमा अहिलेसम्म पहिलो तहको कालोपत्र भइसकेको छ । दुई तहको कालोपत्रमा पहिलो तहमा छ सेन्टिमिटर र अर्का तहमा चार सेन्टिमिटर हुन्छ । अहिलेसम्म २७ किमी पहिलो तहको कालोपत्र भइसकेको छ । बेस र सबबेसको काम ३० किमीमा भइसकेको छ । उनले भने, “सडकमा नाली, पर्खाललगायको काम सकिएको छ ।” 

सो सडकमा जग्गा प्राप्तिको समस्या धेरै भएकाले नै २०७२/७३ को ठेक्का अझै सम्पन्न हुन नसकेको योजनाले जनाएको छ । अझै पनि आठ किमीमा सर्वोच्च अदालतको अन्तरिम आदेशका कारणले काम गर्न नसकिएको सूचना अधिकारी पाण्डेयले बताए । यो खण्ड नुवाकोट जिल्लाको पिपलटारदेखि ढुङ्गेसम्म पर्छ । निर्माण व्यवसायीले त्यो खण्डमा काम नै सुरु गर्न नसकेको उनले बताए  । उनले भने, “मुद्दा परेको साढे दुई वर्ष भयो तर अझै फैसला आइसकेको छैन ।” 

यसअघि ढुङ्गेबाट बेत्रावती खण्डमा पनि जग्गा विवादका कारण निर्माण रोकिएको थियो । जग्गाधनीले गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदा निर्माण रोकिएको थियो । एक वर्ष पहिलेबाट त्यसमा निर्माण जारी छ । रसुवा जिल्लामा पनि ५०० मिटर सडकमा अन्तिम आदेशका कारण निर्माण अघि बढ्न सकेको छैन । 

मैलुङ–स्याफ्रुबेसी खण्डमा भने आधा समय सकिँदासम्म भौतिक प्रगति २५ प्रतिशत छ । जम्मा १९ किमी लम्बाइको सडक निर्माणका लागि विसं २०७७ साउनमा ठेक्का सम्झौता भएको थियो । ३० महिना अवधि दिइएकामा अहिलेसम्म आधा समय सकिएको सूचना अधिकारी पाण्डेयले बताए । अहिलेसम्म १२ किमी सडकमा ग्राभेल भएकाले त्यसमा पर्खाललगायतको संरचनाको काम भइरहेको छ । उनले बताए, “अरू सडक पूर्वाधार निर्माण र ग्राभेल भइरहे पनि अहिलेसम्म कालोपत्रे सुरु भइसकेको छैन ।” 

योजनाको दोस्रो खण्डका रुपमा रहेको मैलु–स्याफ्रुबेसी सडकमा भने दोस्रो खण्डको निर्माण सुस्त छ । कडा चट्टान कटान गर्नुपर्ने, रुख कटान गर्नुपर्ने, जलविद्युत्सँग समन्वय गरेर काम गर्नुपर्ने हुँदा निर्माणले अपेक्षा गरेअनुसार गति लिन नसकेको सूचना अधिकारी पाण्डले बताए  । अरू विभिन्न कठिनाइसँगै विभिन्न खण्डमा एक पछि अर्कोमा मुद्दाका कारण निर्माण अघि बढ्न नसकेको उनको भनाइ छ । 

जग्गा नै उपलब्ध नभएकाले उपलब्ध चौडाइमा भएको निर्माण उपलब्धिमूलक भएको योजनाले जनाएको छ  ।  पिपलटारबाट ढुङ्गेसम्म अहिले निर्माण अघि बढेको छ । ढुङ्गेबाट बेत्रावतीसम्म पहिले निर्माण भइरहेकामा अहिले अदालतको आदेशले रोकिएको छ । ढुङ्गेबाट बेत्रावतीसम्म झन्डै ९० प्रतिशत निर्माण सकिएको छ । उहाँले भन्नुभयो, “थोरै काम बाँकी भए पनि अदालतको आदेश नआउँदासम्म त्यसै रोकिन्छ ।”

गल्छीबाट विदुरसम्म सडक कालोपत्र भइसकेको छ । सो खण्डमा पुलको काम थोरै मात्रै थोरै बाँकी रहेको योजनाले जनाएको छ । त्यसभन्दा अघि पाँच किमी सडक निर्माण बाँकी छ । योजनाअन्तर्गत पर्ने ३२ पुलमध्ये आठ पुल सम्पन्न भइसकेको छन् । अहिले आठ पुलको निर्माण भइरहेको र १६ पुल निर्माणका लागि ठेक्कामा जान बाँकी रहेको छ । 

योजना २०८० असारसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अदालतमा रहेका खण्डको अन्तिम निर्णय चाँडो आउँदा तोकिएको समयमा निर्माण सकिने भए पनि मुद्दा लम्बिँदा नसकिने सूचना अधिकारी पाण्डेयले बताए । उनका अनुसार अदालतको निर्णय आएपछि मुआब्जा वितरण गरेर निर्माण अघि बढाउन सकिने उनले बताए । सडकमा रहेका घरटहराको क्षतिपूर्ति दिएर मात्रै निर्माण अघि बढ्नसक्ने उनले बताए । वर्षेनी थोरै रकम मात्रै मुआब्जाका लागि छुट्टाउँदा निर्माण अघि बढाउन नसकिने उनले बताए । गत वर्षहरुमा पनि बजेट अभावले केही ढिलाइ भएको थियो । उनले बताए, “स्थानीयवासीको जग्गाको लालपुर्जा हामीसँग छ तर मुआब्जा बाँड्न सकिएको छैन ।” 

जग्गा प्राप्तिको समस्या सबैभन्दा बढी गल्छी–मैलुङ खण्डमा छ । मैलुङ–स्याफ्रुबेसीको दोस्रो खण्डमा जग्गा प्राप्तिको समस्या त्यति धेरै छैन । चिनियाँ पक्षले काम गर्ने सहमति भएको स्याप्रुबेसी–रसुवागढी खण्डमा भने टिमेरेमा मात्रै समस्या छ । विसं २०७२ मा भारतले गरेको नाकाबन्दीको समाधानका रुपमा गल्छीबाट मैलुङ–स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्मको सडक निर्माणलाई अघि बढाइने योजना बनाइएको छ । विसं २०७२ मङ्सिर १७ गते मन्त्रिपरिषद्को बैठकले यो सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो । दुई देशबीचको छोटो दूरीको व्यापारिक मार्गका रुपमा स्थापित गर्ने सरकारको योजना थियो । सरकारले सडक ऐन, २०३१ को दफा ३ को खण्ड ‘ख’ अनुसार यसलाई ‘फिडर रोड’ तोकेर केन्द्रबाट १५/१५ मिटर गरी ३० मिटर कायम गरिएको थियो । 

योजनाले खासगरी धादिङ, नुवाकोट र रसुवा गरी तीन जिल्लालाई जोड्छ । चितवनको भण्डारालाई सुरु बिन्दु मान्दा भने चार जिल्ला पर्छन् । भण्डाराबाट गल्छीसम्मको सडक भने डिभिजन सडक कार्यालयले हेरेका छन् । 

सरकारले यसलाई उत्तर–दक्षिण राजमार्गका रुपमा सूचीकृत नगरे पनि भण्डाराबाट रसुवागढीसम्मको सडकले भारतको सीमा हुँदै चीनको सीमासम्म पुग्नेछ । स्याफ्रुबेंसीबाट रसुवागढीसम्मको सडकको लम्बाइ १७ किमी छ । गल्छीबाट नै रसुवागढीसम्मको सडक ८२ किमी छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy