Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

नागरिकता विहीनको गुनासो पहिचान खोज्न ठूलै सङ्घर्ष

खबरडबली संवाददाता

जनकपुर । नेपालमा जन्मिए लगत्तै जन्मदत्र्ता र १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने व्यवस्था छ । तर सप्तरीको बोदे बसाईन नगरपालिका–७ बगबिराका ६५ वर्षीय जिवछ सदा र ५५ वर्षीय देवनारायण सदाले अझै नागरिकता पाउन सक्नुभएको छैन् । 

हरेक नेपालीले सहज रुपमा पाउनुपर्ने नागरिकता प्रमाणपत्रका लागि जनप्रतिनिधि, कर्मचारीदेखि ठूला नेतासम्मलाई गुहार गरेपनि अझै नागरिकता पाउन नसकेको सदाको गुनासो छ । सदाद्वयले नागरिकता नपाउँदा उनीहरुको सिङ्गो परिवार अहिले आफ्नो पहिचान खोज्न ठूलै सङ्घर्ष गरिरहेका छन् । ‘‘नेपालमै जन्मिए, यही हुर्किए तर अहिलेसम्म आफू नेपाली भएको कुनै पहिचान नै पाउन सकिन”, जिवछले भने, ‘‘घरको मूल व्यक्ति मेरै नागरिकता नभएपछि आफ्नो सिङ्गो परिवारनै पहिचान विहीन बनेको छ ।”

उनको नागरिकता नबन्दा उनको श्रीमती ६० वर्षीया अमिरकादेवी सदा, उनको जेठो छोरा ३५ वर्षीय जीतेन्द्र सदा, बुहारी २८ वर्षीया सरस्वती सदा, जेठी छोरी २५ वर्षीय मनिष सदा र कान्छी छोरी १८ वर्षीया अनिषाले नागरिकता बनाउन पाएका छैनन् । आफ्नो नागरिकता नबनेकै कारण दुई वर्षीया नातिनी बिसु सदा र एक वर्षीय नाति सुभाष सदाको जन्मदर्तासमेत नबनेको जिवछको दु:खेसो छ । 

नेपाली भएको प्रमुख पहिचाननै नागरिकता नपाएका ती परिवारका सदस्य अहिलेसम्म राज्यबाट पाउनुपर्ने सबै सेवा सुविधाबाट वञ्चित भएको दु:खसो पोखेका छन् । जन्मेपछि कानुनी रुपमा राज्यको नागरिकको फेहरिस्तमा नाम जोडिनुपर्छ तर  बुबा बिलट सदाको नागरिकता नहँुदा अहिले उनको पूरै परिवार नै पहिचानको सङ्कटमा परेका छन् । “बुबाको नागरिकता नहुँदा मेरो जन्मदत्र्ता बन्न सकेन्”, जिवछले भने, ‘‘अहिले मेरो नागरिकता नहँुदा श्रीमती र छोराछोरी नाति नातिनीसम्मको पहिचान बन्न नसकेको हो ।” 

जन्मदत्र्ता नबन्दा छोराछोरी पनि विद्यालयमा पढ्न पाएनन्, अहिले नाति नातिनीको अवस्था पनि यस्तै बनेको उनको कथन छ । आर्थिक विपन्नताका कारण केही समय रोजगारीका लागि भारतको पञ्जाबमा काम गरेर फर्केका सदा अब बूढेसकाल लागेकाले स्वदेशमै मेहनत गर्न चाहे पनि नेपाली भएको कुनै पहिचान नहँुदा समस्या भइरहेको उनको भनाइ छ । ‘‘गाउँमा नागरिकता टोली आएको बेला कमाउन पञ्जावमा थिएँ”, उनले भने, “त्यति बेला छरछिमेकको नागरिकता भयो, हामी छुटिहाल्यौं ।” त्यसयता तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म नागरिकताको सिफारिसका लागि धाउँदै आए तर सकिएन् ।” 

नागरिकताको सिफारिसको लागि जन्मदर्ता खोज्छन्, तर आफ्नो जन्मदत्र्ता छैन् भन्दै उनले नेपालमा जन्मिए, तर नेपाली भएको कुनै प्रमाण नहुँदा आफ्नो जीवन नै व्यर्थ भएको महसुस भइरहेको बताए । श्रीमान्को नागरिकता नबन्दै ससुरा बिलट र सासू सुनरबतीको मृत्यु भएपछि आफूहरु झन समस्यामा फसेको जिवछ सदाकी श्रीमती अमिरकाको कथन छ । ‘‘नागरिकता नहँुदा राज्यको मात्रै होइन समाज तथा समुदायबाट पनि अलग हुनुपरेको छ,” अमिरकादेवीले भनिन्, “नागरिकताकै अभावमा गाउँस्तरमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउनसमेत सकिरहेकी छैन् ।” नागरिकता नहँुदा सामाजिक सुरक्षाभत्ताबाटसमेत वञ्चित रहेको उनको भनाइ छ । 

यस्तै देवनारायण सदाको नागरिकता नबन्दा उहाँको १० जनाको परिवार पनि पहिचानको सङ्कटमा परेका छन् । नागरिकताका लागि ठूलै कसरत गरेपनि अझै सफलता नमिल्दा आफूसँगै आफ्नी ५० वर्षीया श्रीमती सुशीला, ३५ वर्षीय जेठो छोरा प्रभु सदा, २८ वर्षीया जेठी बुहारी ज्योति, कान्छो छोरा खजन सदा र २० वर्षीया कान्छी बुहारी सम्झनादेवीको पनि नागरिकता बन्न नसकेको देवनारायणको भनाइ छ । 

छोरा र बुहारीको नागरिकता  नबनेकाले सात वर्षीय नाति देव, तीन वर्षीय प्रेम र ६ महिनाका कृष्णाको जन्मदत्र्ता नबेको उनको भनाइ छ । ‘‘जहाँ गइयो, जे कामका लागि गइयो त्यहाँ पहिला नागरिकता नै माग्छन्”, देवनारायणले भने, ‘‘तर सानैमा बुबाको मृत्यु भएकाले अहिलेसम्म नागरिकता बन्न सकेन् ।”

नागरिकताका लागि पञ्चायतकालदेखि अहिलेसम्म सबै निकायमा धाएँ तर नागरिकता बन्नै सकेन्, उहाँको दु:खेसो छ । बगबिराका जिवछ र देवनारायण मात्र होइन्, बोदे बसाईन नगरपालिकाको विभिन्न वडाका दलित बस्तीमा नागरिकताको समस्या अझै भयाबह रहेको एक तथ्याङ्कलेसमेत देखाएको छ । वडामा जन्मदत्र्ता, विवाह दत्र्ता र नागरिकताको ठूलो समस्या पाइएपछि व्यक्तिगत घटना दत्र्तासँगै नागरिकता र जन्मदत्र्ता बनाउने अभियान सुरु गर्न लागिएको छ । 

द फ्रिड्म फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले ती वडाका दलित बस्तीका हरवाचरवा परिवारलाई लक्षित व्यक्तिगत घटना दत्र्तासँगै नागरिकता र जन्मदत्र्ता बनाउने अभियान सञ्चालन गर्न लागिएको छ । दलित बस्तीमा नागरिकता र जन्मदत्र्ताको समस्या देखिएपनि अभियान नै चलाउन लागेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले बताए  । 

अधिकांश दलित बालबालिका जन्मदर्ताकै कारण पढ्न नसकेको पाइएको कार्यक्रम संयोजक चौधरीको भनाइ छ ।
जनचेतनाको आभावमा नागरिकता र जन्मदत्र्ताको महत्व नबुझेर पूर्वजहरुले समयमै जन्मदत्र्ता, विवाह दर्ता, मृत्युदर्ता बनाउन होस नपुर्‍याउँदा अहिलेको सन्ततिले  दु:ख पाइरहेको बोदे बसाईन नगरपालिका– ७ का वडाध्यक्ष बिजली कापैरको भनाइ छ । 

प्रमाण जुटाउन नसक्दा जन्मदर्ता र नागरिकताको सिफारिस गर्न कठिनाइ भइरहेको सुनाउँदै वडाध्यक्ष कापैरले ती परिवारको नागरिकता समस्या समाधानका लागि आवश्यक पहल भइरहेको बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies