नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले तोरी उत्पादनमा आफ्नो ‘साख’ जोगाउन सकेको छैन । केही दशक अगाडिसम्म जिल्लामा उत्पादन भएको तोरी काठमाडौँ, पोखरालगायत देशका विभिन्न सहरमा निर्यात हुने गरेको भए पनि पछिल्ला वर्षमा तोरीको उत्पादन घट्दो क्रममा छ ।
जिल्लामा उत्पादन भएको तोरीले यहाँको मागसमेत धान्न नसक्ने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्ला वर्षमा जिल्लामा तोरीको उत्पादन निरन्तररूपमा घट्दै गएको केन्द्रका कृषि अर्थविज्ञ वर्षा न्यौपानेले बताए।
न्यौपानेका अनुसार जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा एक हजार २८० मेट्रिक टन तोरी उत्पादन भएको थियो । सो आवमा जिल्लाको एक हजार २०० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो ।
त्यसैगरी आव २०७७/७८ मा जिल्लामा एक हजार २०५ मेट्रिक टन तोरी उत्पादन भएको थियो । सो आवमा करिब एक हजार १२० हेक्टर क्षेत्रफलमा तोरीखेती लगाइएको थियो । चालु आवमा भने करिब एक हजार २०० मेट्रिक टन तोरी उत्पादन हुने अनुमान गरिएको छ ।
यस वर्ष नवलपुरको करिब एक हजार १८० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिए पनि उत्पादन घट्ने अनुमान गरिएको न्यौपानेको भनाइ छ ।
‘यस वर्ष करिब १.०५ मेट्रिक टन प्रतिहेक्टरका दरले तोरी उत्पादन हुने अनुमान गरिएको छ’ उनले भने।
कावासोती, मध्यविन्दु, गैँडाकोटलगायतका क्षेत्रमा तोरी खेती हुँदै आएको छ । पहाडी क्षेत्रमा तोरी खासै उत्पादन हुँदैन । नवलपुरका किसानले उत्पादन गरेको तोरीले जिल्लाको माग धान्न नसक्ने न्यौपाने बताउँछन्।
विगत वर्षमा तोरीको उत्पादन पर्याप्त हुने गरेको भए पनि पछिल्लो समयमा घट्दै गएको न्यौपानेले बताए। कृषकले तोरीखेतीबाट भन्दा अन्य नगदे बालीबाट मनग्य आम्दानी लिन थालेपछि तोरीखेतीतर्फ आकर्षण घट्दो क्रममा छ।
केही वर्ष अघिसम्म कोल्हुवा, अग्यौली, ढोकीलगायतका फाँटमा यो समयमा तोरी फुलेर पहेँलै हुने गरेको भए पनि अहिले आधा क्षेत्रफलमा पनि तोरी नदेखिएको मध्यविन्दु–३ का जुगतराम थनेतले बताए। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: