बलेवा । उमेरले ६० कटेका खगेश्वर सुवेदी दम्पत्तिलाई बारीभरि लटरम्म फलेको सुन्तला स्याहार्न भ्याइनभ्याइ छ । बिक्रीका लागि तयार भएको सुन्तलामा औसा किरा लाग्ने त्रासले सुवेदी दम्पत्ति बगानमा हुन्छन् । जैमिनी नगरपालिका–५ सर्कुवामा रहेको सुन्तला बगान सुवेदी परिवारको मुख्य आयस्रोत हो । झरेको सुन्तला गाड्ने, ओइलिएको पात झार्ने र बिरुवामा रोग लागे नलागेको हेर्ने उनीहरुको दैनिकी हो । गतवर्ष रु चार लाखमा बिक्री भएको उनको बगानका लागि यसवर्ष पनि पोखराका व्यापारीले बैना लगाएका छन् ।
बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तला खरिदका लागि आएका व्यापारीसँग मोलमोलाई गर्न भ्याइनभ्याइ छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फूल नलाग्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ । सिगानाको सुन्तला खरिद गर्न व्यापारीलाई पनि उत्तिकै हतार छ ।
व्यापारी बगानमै पुगेर मोलमोलाइ गर्न थालेका छन् । पोखरा, चितवनदेखि बागलुङ र म्याग्दीसम्मका व्यापारी सुन्तला खरिद गर्न आउन थालेको सिगानाका किसान अनन्त खड्काले बताए । “व्यापारी आएका छन्, तर बिक्री सुरु गरेका छैनौँ, पुसको पहिलो साताबाट बिक्री गर्नुपर्ला”, खड्काले भने । गत वर्षभन्दा यसवर्ष सुन्तलाको मूल्य बढ्ने आशामा किसान छन् । जैमिनीका खगेश्वर र सिगानाका अनन्त दुवैले गत वर्षभन्दा यसवर्ष बगान नै खरिद गर्ने व्यापारीलाई रु एक लाख मूल्य बढाएर दिने सोँच बताएका छन् ।
सर्कुवामा सुवेदी परिवारको मात्रै ठूलो बगान छ । अरु आसपासका किसानले फुटकर बिक्री गर्छन् भने सिगानामा साना–ठूला गरी ७० बगान छन् । बजारसम्म पुर्याउँदा दोब्बर फाइदा लिन सकिने भएकाले व्यापारी यहाँको सुन्तलाप्रति आकर्षित हुने सुवेदी बताउनुहुन्छ । गतवर्ष बगानमै ठेक्का लिँदा प्रतिकिलो रु ४० देखि ५० सम्ममा सुन्तला बिक्री भएको थियो । यस वर्ष मूल्य बढेर रु ६० देखि ७० पुग्ने आशा किसानमा छ ।
“एक हजार मिटर तल लगाइएको सुन्तलामा रोग लागेको खबर पाएका छौँ, उत्पादन कम हुने भएकाले देशभरिको बजारमा हाम्रो सुन्तलाको मूल्य स्वभाविक बढ्छ”, खड्काले जना, “गतवर्ष अन्तिम समयमा हामीले रु १००मा एक किलो बिक्री गरेका थियौँ, यसवर्ष सुन्तला राम्रो फले पनि अधिक वर्षाले किरापर्ने र झर्ने समस्या झेल्नुपर्यो ।” डोके व्यापारीले बगानबाट प्रतिकिलो रु ५० मा उठाएको सुन्तला बजारमा रु १०० का दरले बिक्री गर्दै आएका छन् । सुन्तला बिक्रीबाट गतवर्ष झण्डै रु एक करोड सिगानामा भित्रिएको थियो ।
“बगानबाटै व्यवसायीले सुन्तला उठाउँदा टिप्ने, स्तरीकरण गर्ने र बिक्रीका लागि ढुवानी गर्ने झण्झट कम हुन्छ”, खड्काले भन्नुभयो । रोग किराको प्रकोप जिल्लाभर नै रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुन्तला र कागती जातका फलफूलमा देखिएको रोग नियन्त्रणका लागि शिविर नै सञ्चालन गरेर सुविधा दिइएको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए। उत्पादन लिने बेलामा देखिने समस्या तत्काल समाधान गर्दा किसानले ठूलो क्षति व्यहोर्नुनपर्ने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: