Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

महामन्त्री शर्माले भेटे जनआन्दोलनका घाइते कायस्थलाई

खबरडबली संवाददाता
काभ्रेपालाञ्चोक । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले जनआन्दोलनका घाइते मुकेश कायष्थसँग भेटघाट गरेका छन्  । दोस्रो जनआन्दोलन २०६२/६३ मा गम्भीर घाइते भएका कायष्थलाई महामन्त्री शर्माले काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–८ स्थित उहाँकै घरमा भेटघाट गरेका हुन् । 
 
‘अर्धचेत’ अवस्थामा रहेका कायष्थलाई भेट गर्दै शर्माले जनआन्दोलनका घाइते र शहीदको भावनाको कदर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । लोकतन्त्र प्राप्तिका लागि जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय कायष्थ बनेपाको तीनदोबाटोमा बाँया कञ्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका थिए  । त्यस दिनयता उहाँको होस् अझै खुल्न सकेको छैन । उनको बाँया हातसमेत राम्रोसँग चल्दैन । 
 
“जिम्मेवारी सुरु गर्दा जिउँदो शहीद मुकेश र उहाँको परिवारकै सामु शपथ खान्छु”, भेटका क्रममा महामन्त्री शर्माले भने। उनके योगदानका कारण आजको दिन आएको शर्माको भनाइ थियो ।  “व्यवस्था ठीक छ, अवस्था बदल्ने हो”, उनले थपे, “अवस्था बदल्यौँ भने मुकेश कायष्थ फेरि अरु कसैले बन्नु पर्दैन ।” देशको राजनीति सही बाटो हिँडे घाइते तथा शहीदको सपना पूरा हुने महामन्त्री शर्माको भनाइ थियो ।  
 
अर्धचेत अवस्थाका ३१ वर्षीय कायष्थ १६ वर्षदेखि श्ययामा सुतिरहेका छन् । उनी तीन वर्षदेखि दुब्लाउँदै गएका छन्  छ भने पहिले जस्तो हाँस्न र बोल्न छाडेका छन्। “पीरमाथि पीर थपिएको छ, छोरा ठीक होला भन्ने आशा अझै मरेको छैन”, कायष्थकी आमा मिराले शर्मासँग भेटका क्रममा भनिन् ।  
 
लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकामा हाल पेटमा पाइपद्वारा खानेकुरा दिइएको छ । “मुकेशले मुखबाट नखाएको तीन वर्ष भइसक्यो”, उनका  बाबु कृष्णमानले भने । मुकेश परिवारको एक्लो छोरो हुनुहुन्छ । आन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलमा कक्षा आठमा पढ्थ्ये । मुकेशको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ कि भन्ने आशामा छ कायष्थ परिवार । हाल मेडिसिटी अस्पतालका चिकित्सक गोपाल रमणले मुकेशको स्वास्थ्य जाँच गर्दे आएका छन् । टाउकामा जम्ने पानी निस्कने पाइप समयसमयमा बन्द हुँदा समस्या भइरहेको चिकित्सकलाई उद्धृत गर्दै आमा मिराले भनिन्  । 
 
आन्दोलनका घाइते र शहीदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायष्थ दम्पत्तिको छ । कृष्णमानले भने, “आन्दोलनका घाइते र शहीदलाई सरकारले कहिल्यै भुल्नुहुन्न ।” मुकेशको नाममा बनेपामा पुन:स्थापना केन्द्र स्थापना गर्नुपर्ने उनीहरुको चाहना छ । महामन्त्री शर्माले प्रतिष्ठानका लागि के गर्न सकिन्छ भेटका क्रममा सकेको गर्ने प्रतिबद्धता जनाए  । 
 
तत्कालीन सरकारले मुकेशको उपचारका लागि रु १६ लाख सहयोग तथा बैंकको रु सात लाख ऋण मिनाहा गरिदिएको थियो । सरकारद्वारा जीवन–निर्वाह भत्तास्वरुप मासिक रु १६ हजार उपलब्ध हुँदै आएको छ भने एक स्वास्थ्यकर्मीलाई हेरचाहका लागि खटाइएको छ । मुकेशको नाममा बनेपामा प्रतिष्ठान पनि स्थापना गरिएको छ । प्रतिष्ठाले मुकेशका नाममा पुन:स्थापना केन्द्रका लागि प्रक्रिया थालिने जनाएको छ ।  
 
दोस्रो जनआन्दोलनमा काभे्रपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनका क्रममा नालाका भिमसेन दाहालले पोखरामा, पनौतीका सगुन ताम्राकारले कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवरले बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामाले जोरपाटीमा ज्यान गुमाएका थिए । उक्त आन्दोलनमा जिल्लाका ४० जना घाइते भएका थिए । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies