Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

दि राइजिङ लिडर्स युवा क्लबको प्रथम वार्षिक साधारण सभा सम्पन्न

खबरडबली संवाददाता

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोक जिल्लालाई कार्यक्षेत्रको रुपमा ससामावेश गरी दर्ता भएको दि राइजिङ लिडर्स युवा क्लबले आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  यस क्लबले विगत एक वर्ष देखि स्थानीय तह  जुगल/बलेफी गाँउपालिका, सिम्ले–ढाँडे बजार क्षेत्रमा विभिन्न प्रशंसा योग्य कामहरु गर्दै आइरहेको छ ।  सिम्ले–ढाँडे बजारलाई ध्वनी प्रदुषन बाट जोगाउनको लागि हर्न निषेधित क्षेत्र घोषना, रातीको समयलाई मध्ये नजर गर्दै स्थानीय हाइड्रो सँगको समन्यमा बजारी क्षेत्रका पोलहरुमा बत्ति जडान, फोहोर जम्मा गर्नको लागि डस्टबीनको व्यवस्था,  बेला–बेलामा गाँउ तथा स्थानीय नदी सरसफाइ कार्यक्रम जस्ता विभिन्न कामहरु यस क्लबले गर्दै आइरहेको छ ।  

यस क्लबको प्रमुख उदेश्य भनेको नै स्थानीय स्तरमा विभिन्न सामाजिक कार्य गर्ने र समाज उत्थानका लागि  पहल गर्ने क्लबका अध्यक्ष प्रबिन श्रेष्ठले जनाए । 

कार्यक्रममा विशेष अतिथीका रुपमा सिन्धुपाल्चोक, जुगल गाँउपालीकाको अध्यक्ष होमनारायण श्रेष्ठ, युवा अधिवक्ता बिराज थापा र राष्टिय फुटबल टिमका खेलाडी गौतम श्रेष्ठ रहेका थिए । साथै कार्यक्रममा स्थानीय वासिन्दाहरुको ठुलो सहभागीता रहेको थियो । 

कार्यक्रममा क्लबलाई हाल सम्म आर्थिक तथा अन्य रुपले सहयोग गर्ने व्यक्तिहरुलाई क्लबद्वारा सम्मान स्वरुप प्रमाण पत्र वितरण गरिएको थियो । साथै अध्ययनको लागि प्रोत्सहन स्वरुप देउसी भैलौ कार्यक्रममा नृत्य प्रस्तुत गरि योगदान पुर्याउने  करिब २५ जना  विधार्थीहरुलाई प्रति व्यक्ति ६ वटा कपी र एक व्याकेट कलम वितरण गरिएको थियो । 

कार्यक्रममा अध्यक्ष होमनारायण श्रेष्ठले क्लबले गरेको काम सम्मान योग्य रहेको बताएका थिए । उनले  आगामी दिनहरुमा क्लबले गर्ने कार्यहरुमा आवश्यक परे आफुले पनि सहयोग गर्ने जनाएका थिए । 

कार्यक्रममा युवा अभिवक्ता बिराज थापाले युवाले चाहे जे पनि हुने भन्दै, क्लबका युवाहरुले गरेको काम प्रति आफुले कदर गर्न चाहेको बताए । अथाहा सम्भावनाका बावजुत पनि त्यसलाई सहि ढङ्गले सदुपयोग गर्न नसक्दा सिन्धुपाल्चोक पछि परेके कुरा उनले बताए । अग्रजहरुको ज्ञान र युवाको जोसलाई समेटेर लान सके परिवर्तन हुन धेरै समय नलाग्ने कुरा थापाले जनाए । साथै आगामी दिनमा क्लबका युवाहरुलाई आवश्यक परे आफुले सकेको सहयोग गर्ने उनले बताए ।

राष्टिय फुटबल टिमका खेलाडी गौतम श्रेष्ठले माथील्लो तहबाट केहि सहयोग मिल्ने हो भने यो ठाउँबाट आफु जस्ता खेलाडीहरु धेरैै जन्मिने बताए । साथै आफ्नै गाँउठाउँका कार्यक्रममा आफुलाई निमन्त्रण गरेकोमा खुसी लागेको भन्दै उनले क्लबलाई धन्यबाद ज्ञापन गरे । 

क्लबका अध्यक्ष प्रविन श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गरेका थिए । समाज परिवर्तनको लागि जति सुकै कठिनाई सामना गर्नु परे पनि क्लबबाट आफुहरुले सकेको काम निरन्तर जारी राख्ने कुरा उनले  बताए । साथै आगामी दिनहरुमा क्लबबाट गर्ने कार्यमा स्थानीय तथा वडाबाट  अझै सहयोग मिल्ने अपेक्षा रहेको कुरा उनले बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: