Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

मुलुकको दीगो शान्ति तथा सुशासनका लागि सूचनाको हक जरुरी छ: सञ्चारमन्त्री कार्की

खबरडबली संवाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दीगो शान्ति, सुशासन र विकासका लागि सूचनाको हक जरुरी भएको बताएका छन्  ।

राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको ‘सूचनाको हकमा महिला सहभागिता: चुनौती र अवसर’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले आ–आफ्नो ठाउँबाट सूचनाको हक कार्यान्वयन गर्न आग्रहसमेत गरे  । “मुलुकलाई दीगो शान्ति, सुशासन र विकासका लागि चाहिएको छ”, मन्त्री कार्कीले भने, “त्यसका लागि आ–आफ्नो ठाउँबाट योगदान जरुरी छ, सूचनाको हक अधिकार पनि हो र अपरिहार्य छ ।”

उनले राज्य र नागरिकलाई सुसूचित गरेर बलियो बनाउन सूचनाको हक आवश्यक भएको र लोकतन्त्र आइसकेपछि महिलाका उत्थानको कार्यक्रम पनि अघि बढिरहेको बताए  । 

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सूचना हुने व्यक्ति सबैभन्दा बढी शक्तिशाली हुने भएकाले सूचनाको हकमा महिलाले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले राज्यका सूचना सबैले थाहा पाउनका लागि  राजनीतिक दलको ठूलो भूमिका रहेको र स्थानीय तहका जनप्रतिनिधिको त्यसमा अझ ठूलो योगदान हुने बताए  ।
     
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ्ले सूचनाको हकमा महिलाको सहभागिता वृद्धि गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरेको बताए  । राज्यका हरेक कामकारबाहीलाई पारर्दर्शी बनाउन सूचनाको हकको प्रयोग गर्न सबैलाई आग्रह गर्दै उनले गतवर्ष जम्मा १७ महिलाले मात्र सूचनाको हकको प्रयोग गर्न आयोगमा उजूरी हालेको जानकारी दिए  ।

गोष्ठीमा आयोगका आयुक्त कमला ओलीले सूचनाको हकमा महिलाको सहभागी : चुनौती र अवसर विषयमा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा युएन उमनका कार्यक्रम प्रमुख सन्तोष आचार्य र सञ्चारिक समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले टिप्पणी गरेका  थिए ।

पत्रकार बस्नेतले २०६४ सालमा आयोगको गठनका लागि बनाइएको मस्यौदा समितिमा आफूले पनि काम गर्ने मौका पाउँदा आयोगमा एकजना महिला जरुरी भएको कुरा स्पष्ट राखेको जानकारी गराउँदै धेरै महिलालाई कानुनका बारेमा जानकारी नहुँदा सूचना माग्न अप्ठ्यारो मान्ने गरेको बताए  । कार्यक्रममा सहभागीले राज्यका प्रत्येक सूचना सबैले थाहा पाउनुपर्छ भन्ने सूचनाको हकसम्बन्धी कार्यक्रम देशभर सञ्चान गर्नुपर्ने र त्यसका लागि अरु सरोकारवाला निकायसँग सहकार्य गर्न जरुरी रहेको सुझाव दिएका थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending