Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

पीडित पक्षका छ बुँदे मागको सम्बोधन गर्दै छानबिन समिति गठन

रासस

सर्लाही । ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी रहेको भए पनि अचानक पीडित पक्षले सहमति बेगर शव बुझ्न आनाकानी गरेपछि छानबिन समिति गठन गरिएको हो ।

ईश्वरपुर नगरपालिका–७ मा पाँच दिनअघि मोटरसाइकल अचानक प्रहरीको भ्यानसँग ठोक्किँदा स्थानीयवासी रामकुमार महतोको ज्यान गएको थियो । सोमबारदेखि अस्पतालमा रहेको शव पीडित पक्षले नुबुझ्दा सर्लाहीको सो क्षेत्रमा निषेधाज्ञा पनि आज साँझसम्म थप गरिएको छ भने उक्त दुर्घटनाको विषयमा निष्पक्ष छानबिन गर्न प्रदेश नं २ दङ्गा नियन्त्रण प्रहरी गण ढल्केबर धनुषाका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । 

उनका अनुसार बुधबार लालबन्दीमा भएको सहमतिअनुसार बिहीबार मृतकका परिवार शव बुझ्न मलङ्गवा पुगे पनि शव नबुझी फर्किएका छन् । गठित छानबिन समितिमा प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवाल, प्रहरी कार्यालय जनकपुर धनुषाका प्रहरी निरीक्षक गोविन्दलाल कर्ण, सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक प्रेमकुमार साह र सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुर धनुषामा कार्यरत प्रहरी हवल्दार प्रमोदकुमार साह सदस्य रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए ।

छानबिन समितिलाई सो दुर्घटनाको सम्बन्धमा सत्यतथ्य बुझेर अविलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy