Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

मेस्नर भन्छन् वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन : अन्तर्वार्ता

रासस

काठमाडौँ । सन् १९४४ मा इटालीमा जन्मनुभएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा हुनुहुन्छ । विश्वका आठ हजार मिटर ९२६ हजार फीट० माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसक्नुभएका उहाँ नेपाली कला, संस्कृति र पर्यटनलाई अति माया गर्ने व्यक्तित्व हुनुहुन्छ । सतहत्तर वर्षीय मेस्नर अहिले पनि नेपालको पर्वतीय पदयात्रामा गहिरो अभिरुचि राख्नुहुन्छ । नेपाललाई अति मन पराउने उहाँले अहिलेसम्म ५० पटक यहाँको भ्रमण गरिसक्नुभएको छ ।

सन् १९७० देखि हिमाल आरोहण गर्न शुुरु गर्नुभएका उहाँले पहिलो पटक सगरमाथाको एकल तथा विनाअक्सिजन पिटर हाबेलरसँग मिलेर अर्को आरोहण गर्नुभएको थियो । उहाँले सन् १९७० र १९७८ मा मा नङ्गा पर्वत ९८,१२५ मि०, १९७२ मा मनास्लु ९८,१६३ मि०, १९७५ र  १९८४ मा गाशेरब्रम प्रथम ९८,०८० मि०, १९७८ र १९८० मा सगरमाथा ९८,८४८ मि०, १९७९ मा के टु ९८,६११ मि० र  १९८१ म शिशपाङ्मा ९८,०२७ मि० को सफल आरोहण गर्नुभएको थियो । यस्तै १९८२ र १९८४ मा कञ्चनजङ्घा ९८,५८६ मि०, १९८४ मा गाशेरब्रम दोस्रो ९८,०३४ मि० र ब्रोड पीक ९८,०५१ मि०, १९८३ मा चो ओयु ९८,१८८ मि०, १९८५ मा अन्नपूर्ण ९८,०९१ मि ०, धौलागिरि ९८,१६७ मि० तथा १९८६ मा मकालु ९८,४८५ मि० र  ल्होत्से ९८,५१६ मि० को आरोहण गर्नुभएको थियो । अन्टार्कटिका र ग्रीनल्याण्ड पार गर्ने पहिलो नागरिक उहाँले गोबी मरुभूमि पनि एक्लै पार गर्नुभएको थियो । उहाँका आरोहण र अन्वेषणका क्रममा आफ्ना अनुभवबारेका ८० भन्दा बढी पुस्तक प्रकाशित छन् । श्रीमती डायने छुमाछेरसँग सन् २०२२ को नयाँ वर्ष मनाउने क्रममा नेपाल आउनुभएका उहाँ केही दिन नाम्चे बसेर काठमाडौँ फर्किनुभएको थियो । ठमेलस्थित काठमाडौँ गेष्ट हाउसमा बस्नुभएका उहाँसँग आजै स्वदेश फर्किनुअघि राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता कृष्ण अधिकारीले गरेको सङ्क्षिप्त कुराकानी स्

रासस स् तपाईँलाई के कुराले नेपालको भ्रमण गर्न प्रेरित गर्छ ?

मेस्नर : जतिबेला नेपालका हिमाल आरोहण गर्ने लक्ष्य लिएर म नेपाल आएँ, त्यसबेलादेखि नै मलाई यहाँको प्राकृतिक सौन्दर्यसँगै नेपालीको व्यवहारले लोभ्यायो । पहिलोपटक सन् १९७८ मा सगरमाथाको आरोहण गरेपछि नेपालका अन्य हिमाल पनि आरोहण गर्ने चाहना ममा बढेर आयो । यहाँका हिमाल आरोहण गरेपछि नेपाली जनतालाई पनि बुझ्न पछि आएँ । नेपाललाई पर्यटन प्रवद्र्धन गराउन पाएकामा म आभारी छु । मेरो आरोहण सफलताको श्रेय नेपाललाई नै दिन चाहन्छु । नेपाली कला, संस्कृतिबाट म निकै प्रभावित छु । यहाँको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यबाट म निकै प्रभावित भएको छु । नेपाल त स्वर्गको टुक्रा नै हो, यहाँका बासिन्दा, हिमाल र प्राकृतिक सौन्दर्यको जति वर्णन गरे पनि सकिँदैन । नेपालीहरूको सरल व्यवहार र  हँसिलो अनुहारलाई बिर्सन सक्दिन ।  त्यही मोहले मलाई बर्सेनि नेपाल भ्रमण गराउन प्रेरित गर्ने गरेको छ । वर्षमा कम्तीमा एकपटक नेपाल नआई मेरो मनै मान्दैन ।

रासस: तपाईँ नेपालका हिमाल आरोहण गर्दा र अहिलेका अवस्थामा के फरक देख्नुहुन्छ ?

मेस्नर: ५० वर्षअघि मैले नेपालका विभिन्न हिमशृङ्खलाको आरोहण गर्दा र अहिलेका अवस्थामा धेरै परिवर्तन भएको मैले महसुस गरेको छु । त्यतिबेला हिमालका बारेमा आरोहीहरूलाई कुनै जानकारी थिएन । कुन हिमालको अवस्थिति कस्तो छ, कुन समयमा कुन रुटबाट कसरी आरोहण गर्ने भन्ने ज्ञान थिएन, के कस्ता सामग्री लैजानुपर्ने हो र कुन रुट प्रयोग गर्ने भन्ने जानकारी नभएको अवस्थामा आरोहण गर्नु निकै चुनौतीपूर्ण थियो । हामी आरोहीका साथ जाने शेर्पाहरूमा पनि आरोहणको अनुभव थिएन  तर अहिले आरोहणका बारेमा पर्याप्त जानकारी र सूचना पाउन सकिन्छ, शेर्पाहरूबाट पूर्ण सहयोग हुन्छ । 

रासस: नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव देखिन थालेकै हो ?

मेस्नर: हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका अत्यन्त न्यून रहे पनि त्यसबाट सिर्जित जलवायु परिवर्तनको असरबाट बढी नै प्रभावित बनेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालको हिमालय क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ । अमादब्लम, मनास्लुलगायत हिमालयहरूमा पहिलेको तुलनामा निकै कम हिउँ पर्ने गरेको छ । हिजो वर्षैभरि हिउँले ढाक्ने चुचुराहरू पनि अहिले काला पहाड बनेका छन् । बिस्तारै हिमाली क्षेत्रको वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्न जाँदा हिमताल फुट्ने, हिमनदी पग्लिने र हिमालहरूमा हिउँ पर्ने क्रममा निकै ह्रास आएकाले हिमालय क्षेत्रको पर्यावरणमा निकै फेरबदल भएको छ । जलवायु परिवर्तनले मनसुनको ढाँचा र वायु प्रणालीले हिमालय आरोहणलाई थप जोखिम बनाएको छ । केही वर्षयता हिमाली भेगमा हिमपहिरो, हिमआँधीजस्ता विपद्हरूको क्रम बढ्दो छ । 

रासस: यस्ता घटना न्यूनीकरण गर्न के कुरामा ध्यान दिनुपर्ला ?

मेस्नर: औद्योगीकीकरण, सवारी साधनको व्यापक प्रयोग, खनिज इन्धन र उपभोक्तावादका कारण सम्पूर्ण जलवायु प्रणाली सन्तुलनमा नरहेका कारण यस्ता चुनौती बढेका हुन् । हिमाली क्षेत्रमा देखिएको जलवायु परिवर्तनका प्रभावका विषयमा नेपालले अन्तरराष्ट्रिय मञ्चहरूमा आवाज उठाउनाका साथै आन्त्रिक रूपमा पनि केही कामहरू गर्नुपर्ने हुन्छ । व्यवस्थित शहरीकरण, स्वच्छ ऊर्जाको प्रयोग र जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ । 

रासस: नेपालमा पर्वतीय पर्यटनको सम्भावना कत्तिको देख्नुहुन्छ ?

मेस्नर: नेपालमा पर्वतीय पर्यटनको प्रचूर सम्भावना रहेकाले यसको विकासका लागि रणनीतिक योजनासहितका कार्यक्रम तय हुनुपर्ने देखिन्छ । नेपाल ‘नेचर’, ‘कल्चर’ र ‘एडभेन्चर’ले भरिपूर्ण रहेकाले योजनाबद्ध र दिगो तवरबाट विकासमा ध्यान दिन सकेमा नेपालले पर्यटनबाट धेरै फाइदा लिन सक्छ । देशको ८० प्रतिशतभन्दा बढी भाग पहाड र उच्च हिमाली भेगले ढाकेको, यहीँ विश्वका आठ हजार मिटर माथिका १४ उच्च हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित अधिकांश रहेको र विश्वको सबैभन्दा लामो पर्वतमाला हिमालयको मुख्य भाग पनि रहेकाले पर्वतीय पर्यटनका लागि नेपाल विश्वकै अद्वितीय गन्तव्यका रूपमा परिचित छ । देशको समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक छ । 

रासस: नेपालको पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गराउन तपार्इँको ठूलो योगदान  छ । आगामी दिनमा यसलाई अझ विस्तार गर्न यहाँले केही सोच्नुभएको छ कि ?

मेस्नर: नेपालका आठ हजार मिटरभन्दा बढी उचाइका हिमालहरू आरोहण गर्दाका अनुभव र उहाँको पर्वतीय पर्यटनका बारेमा झण्डै ८० भन्दा बढी पुस्तक तथा जर्नलमा मेरा लेखहरू प्रकाशन भएका छन् । मैले निर्माण गरेका थुप्रै वृत्तचित्रले अन्तरराष्ट्रिय जगत्मा नेपाललाई चिनाउन मद्दत पुगेको नै छ । नेपालको सद्भावना दूतका रुपमा मैले आफ्नो जन्म देश इटालीलगायत युरोपका अन्य देश र विश्वका धेरै देशमा नेपालको पर्यटन र हिमालका बारेमा प्रवचन दिँदै आएको छु । मैले इटालीकै विभिन्न शहरमा नेपाली कला, संस्कृति झल्किने सङ्ग्रहालय निर्माण गरेको छु । अहिले म सोलुखुम्बुको नाम्चेमा कला सङ्ग्रहालय निर्माण गर्न लागिपरेको छु । विश्वकै उच्च स्थानमा रहने सङ्ग्रहालय आगामी वर्ष उद्घाटन गर्ने तयारी भएको छ । नेपालको पर्यटनसँग मेरो गहिरो सम्बन्ध रहेकाले आजीवन अन्तरराष्ट्रिय जगत्मा नेपाली कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्ने नै मेरो सोचाइ छ । 

रासस: नेपाली पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकार, पर्यटन व्यवसायी र नागरिकका तर्फबाट गरिनुपर्ने केही मूलभूत सुझावहरू छन् कि ?

मेस्नर: पर्यटकहरू औसत नभई विशिष्ट अनुभव लिनका लागि नेपाल घुम्न आएका हुन्छन् ।  पर्यटकलाई मन पर्ने ढङ्गबाट यहाँका ऐतिहासिक धरोहर, सांस्कृतिक–परम्परा, प्राकृतिक सौन्दर्य, आतिथ्य–सत्कार, साहसिक गतिविधि र खेल एवं नौला ठाउँ अवलोकनका अवसरहरू व्यवस्थित गर्न सक्नुपर्छ । नेपालका हिमशिखरहरू आरोहण गर्न आउने अधिकांश आरोहीहरू काठमाडौँ उत्रिएलगत्तै हिमालका आधार शिविरतर्फ लाग्ने र त्यहाँबाट काठमाडाँै हुँदै सिधै स्वदेश फर्किने गरेकाले तिनलाई यहाँको पदयात्रासँगै कला, संस्कृति र विविधताका बारेमा पनि अवगत गराउन सकिएमा नेपालको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग पुग्ने छ । पछिल्लो समय विश्वका विकसित देशका नागरिकजस्तै नेपालीमा पनि मोबाइल फोनको बढ्दो प्रयोगले गर्दा विदेशी पाहुनासँग खुलेर कुरा गर्ने, अभिवादन गर्नेजस्ता  क्रियाकलाप क्रमश: घट्दै गएको देख्दा मलाई चिन्ता लागेको छ । यसबीचमा पर्यटकीय पूर्वाधारका क्षेत्रमा धेरै कामहरू भएका छन् तर पनि अझै धेरै ठाउँमा सुरक्षित र व्यवस्थित हवाइ उडान, पदयात्रा निर्माण, होटलको सुविधा, कला संस्कृतिको जगेर्ना र जैविक विविधताको संरक्षणमा ध्यान दिनुपर्ने देखिन्छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy