Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

पश्चिमाञ्चलकै ठूलो शिवलिङ्ग ओझेलमा

१९ साउन, बागलुङ । पश्चिमाञ्चल क्षेत्रकै सबैभन्दा ठूलो शिवलिङ्ग रहेको त्रिपुरेश्वर महादेवको मन्दिर ओझेलमा परेको छ । जिल्लाको बिहूँ गाविसमा रहेको परमानन्द सन्न्यास आश्रम रामकोट नामले समेत परिचित शिव मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । मन्दिरमा भारतको नमर्दा नदीबाट ल्याइएको शिवलिङ्ग राखिएको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको उक्त मन्दिरमा पाँच क्विन्टल तौल बराबरको शिवलिङ्ग रहेको आश्रमका स्वामी दुर्गानन्द सरस्वतीले जानकारी दिए । सदिऔँ वर्ष अगाडिदेखि अस्तित्वमा रहेको सो मन्दिरको केही वर्ष अगाडि पुनःनिर्माण गरिएको थियो । स्वामी दुर्गानन्दका अनुसार केही वर्ष अगाडिमात्रै महायज्ञको आयोजना गरी प्यागोडा शैलीमा त्रिपुरेश्वर महादेव परमानन्द सन्न्यास आश्रम रामकोटको निर्माण गरिएको हो । मन्दिरमा श्रावण महिना शिवरात्रि, अक्षयतृतीया तथा हरेक वर्षको जेठ ११ गते विशेष पूजाआजा तथा मेला लाग्दछ । बिहुँकोट गाविसको पहिचान जोडिएको मन्दिरमा बिहुँ गाविससँगै लेखानी, तङ्ग्राम, रेशलगायतका भक्तजन पूजाआजाका लागि आउने गर्दछन् । मध्य पहाडी लोकमार्गबाट ५०० मिटरको दूरीमा घना जङ्गलको बीचमा रहेको मन्दिर समितिको बेवास्ता, स्थानीय तहका नेता कार्यकर्ता तथा जनप्रतिनिधिको उपेक्षाको कारण मन्दिर ओझेलमा परेको मन्दिर व्यवस्थापन समितिका सदस्य रघुपति शर्माले बताए । उत्खननका क्रममा भेटिएका ऐतिहासिक वस्तु बसाहा, करुवा, कलश जलधारा, ताउलालगायतका वस्तुले मन्दिरको इतिहास लामो भएको हुनसक्ने अनुमान छ । मन्दिर परिसरबाटै दजर्नभन्दा बढी हिमशृङ्खला अवलोकन गर्न सकिने सो मन्दिर पर्यटकीय दृष्टिकोणबाट पनि आकर्षक क्षेत्रका रुपमा रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending