नयाँ दिल्ली । बेलायत र भारतले ब्रेक्जिटपछिको व्यापार सम्झौताका लागि बिहीबारदेखि वाताए गर्न थालेका छन् । लन्डनले स्कट ह्विस्कीमा कर कटौती गर्न र एसियाली ठूला औद्योगिक सेवा तथा प्राविधिक क्षेत्रमा बढी पहुँचको खोजी गरेको बताइएको छ ।
व्यापारिक अवरोधहरू कम गर्ने विषयमा नयाँ दिल्लीलाई व्यापारिक अवरोध कम गर्न बेलायतले आग्रह गरेको छ भने बदलामा भारतले आफ्ना नागरिकका लागि बेलायती भिषा प्राप्त गर्न सजिलो र सस्तो बनाउन चाहन्छ ।
भारतीय वाणिज्य मन्त्री पियुष गोयल र बेलायती व्यापार सचिव एन्ने–मारी ट्रेभेलियनले दिल्लीमा औपचारिक रूपमा वार्ता सुरु गरेपछिको संयुक्त वक्तव्यले सन् २०३० सम्ममा द्विपक्षीय व्यापारको मात्रा दोब्बर पार्ने लक्ष्यलाई दोहोर्याएको छ ।
गोयलले संवाददाताहरूसँग भने, ‘दुवै पक्ष सुरुमा आपसी लाभ भएका र कम असहमति भएका क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने कुरामा सहमत भएका छौं र त्यसका लागि हामीले आगामी केही महिनाको एकदमै स्पष्ट खाका तय गरेका छौं ।’
दुई अर्थतन्त्रबीच यति धेरै पूरकता छ कि हामीले सहजै प्रारम्भिक चरणमा एकदमै पर्याप्त सम्झौता गर्न सक्नुपर्छ भन्नेमा हामी विश्वस्त छौं । मेरो विचारमा हामी लगभग एक वर्षको अवधिमा यो वार्ता समाप्त गर्न प्रतिबद्ध छौं’ उनले भने।
‘स्कट ह्विस्की डिस्टिलरीदेखि वित्तीय सेवा र अत्याधुनिक नवीकरणीय प्रविधिसम्म बेलायतमा विश्वस्तरीय व्यवसाय र विशेषज्ञता छ, जुन हामी गर्व गर्न सक्छौं’ प्रधानमन्त्री बोरिस जोन्सनले व्यापार वार्ताका बिषयबारे भने।
उनले भने, ‘विश्व मंचमा हाम्रो स्थानलाई सुदृढ पार्न र घरैमा रोजगार र विकास प्रदान गर्न हामी ‘इन्डो–प्यासिफिक’सँगको बढ्दो अर्थव्यवस्थामा प्रस्तावित अवसरहरूको सदुपयोग गर्दैछौं । जनवरी २०२० मा इयूबाट समूह सदस्यबाट बाहिरिएपछि युरोपेली संघसँग घट्दो व्यापारिक मात्राको क्षतिपूर्ति गर्ने प्रयास गर्दा बेलाइतले जापान, न्युजिल्याण्ड र अस्ट्रेलियासँग व्यापारिक सम्झौता गरिसकेको छ ।’
तथापि, बेलाइत र भारतबीचको सम्झौतामा व्यापारको कुल मात्रा थोरै छ र यो यूरोपीय संघसँग लण्डनको कुल व्यापारको तीन प्रतिशत बराबर रहेको ब्लूमबर्ग न्युजले उल्लेख गरेको छ ।
भारतीय नागरिकका लागि बेलायतको भिसा प्रक्रियाका जटीलतालाई कम गर्न नयाँ दिल्लीको दवाव पनि आप्रवासन कटौती गर्न उत्सुक ब्रेक्जिट समर्थकहरुप्रति समस्या त हुने हैन भन्ने चिन्ता उनीहरूको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - ०८:२०
गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...
फाल्गुन २८ गते, २०८२ - ०८:१५
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...
फाल्गुन २८ गते, २०८२ - ०८:१०
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हा...
फाल्गुन २८ गते, २०८२ - ०८:०९
काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झ...
फाल्गुन २८ गते, २०८२ - ०७:४६
काठमाडौं । चुनावमा सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल...
फाल्गुन २८ गते, २०८२ - ०७:४२
काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स ...
फाल्गुन २८ गते, २०८२ - ०७:३७
काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आ...
फाल्गुन २८ गते, २०८२ - ०७:३३
काठमाडौं । सरकारले मध्यपूर्वमा झन्डै डेढ सातादेखि जारी तनावका कारण नेपालमा मूल्यवृद्धि हुन सक्ने भन्दै खाना पकाउने ग्यासलगायतको कालोबजारी रोक्न अनुगमन...
फाल्गुन २८ गते, २०८२ - ०७:२९
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे ...
फाल्गुन २८ गते, २०८२ - ०७:२६
कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा न...



प्रतिकृया लेख्नुहोस्: