Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

कोरोना नियन्त्रणमा तेरो पार्टी, मेरो पार्टी नभनी एकजुट हुनुपर्छ : प्रधानमन्त्री देउवा

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । 

प्रमुख प्रतिपक्ष नेकपा एमालेले शनिबार कोभिड नियन्त्रणका विषयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले सबै मिलेर कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई परास्त गर्नुपर्ने बताएको हो । “कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एकजुट हुनुपर्छ”, उनले भने, “सबैको सहकार्य र एकताबाट नै कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।”

प्रधानमन्त्री देउवाले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै सङ्क्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको उललेख गर्दै आफूले सरकारको नेतृत्व गरेपछि कोभिड–१९ विरुद्धको खोप लगाउने सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको र  खोप लगाउन योग्य नागरिक सबैलाई पूर्ण मात्राको खोप लगाउने गरी सरकार अघि बढेको बताए। 

प्रधानमन्त्री देउवालाई नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागले बुझाएको ध्यानाकर्षण पत्रमा जनस्वास्थ्यको मापदण्डलाई लागू गर्न व्यापक जनचेतना र प्रचार अभियान सञ्चालन गर्न, खोपकेन्द्रको सङ्ख्या वृद्धि गरी सबै उमेर समूहका नागरिकलाई तत्काल खोप उपलब्ध गराउन, राज्यका निकाय एवम् कूटनीतिक क्षेत्रको सक्रियता बढाउन, खोपको आपूर्ति तथा प्रयोगका प्रबन्ध मिलाउन र पर्याप्त भण्डार केन्द्र स्थापना गर्न सरकारसँग आग्रह गरिएको उल्लेख छ । 

तीनै तहका सरकारको समन्वयमा कोभिड–१९ विपत् व्यवस्थापन कार्य सञ्चालन गरी सीमा क्षेत्रमा जाँच र होल्डिङ सेन्टरको व्यवस्थापन गरी सञ्चालन गर्न, थप स्वास्थ्य जनशक्ति परिचालन गरी उनीहरूलाई प्रोत्साहन प्याकेजको व्यवस्था गर्न, स्थानीय तह र स्थानीय स्वास्थ्य इकाइसम्म स्रोतसाधन र जनशक्ति पर्याप्तमात्रामा उपलब्ध गराउनसमेत एमालेले सरकारसँग आग्रह गरेको छ । यसैगरी ध्यानाकर्षण पत्रमा  कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि राज्यको सबै संयन्त्र तथा राजनीतिक दललाई समन्वयात्मक रुपमा परिचालन गर्र्न, सरकारी तथा निजी अस्पताल र मेडिकल कलेजलाई पनि समन्वयात्मक रुपमा परिचालन गर्न, पालिकास्तरमा जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा टे«सिङ, परीक्षण, उपचार र खोपका लागि घुम्ती टोली परिचालन गर्न सरकारसँग आग्रह गरिएको छ । 

यस्तै आवश्यकताअनुसार पुनःस्थापना केन्द्र सञ्चालन गर्न, औषधि, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको सहज आपूर्ति र भण्डारणको व्यवस्था गर्न, अस्पतालको स्तर वृद्धि गरी थप सेवा सञ्चालन गर्न, बुस्टर डोजको व्यवस्था तत्काल मिलाउन, राज्यका विभिन्न निकाय, स्वदेशी तथा विदेशी विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग समन्वय र साझेदारीमा कोभिड–१९ सम्बन्धी अनुसन्धानात्मक कार्यक्रम अघि बढाउनसमेत एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । 

यस्तै कोभिड–१९ बाट मृत्यु भएकाको आश्रित परिवार (गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्ग र अशक्त) लाई पुनःस्थापनाको व्यवस्था गर्न, स्थानीय तहलाई विशेष जिम्मेवार बनाई साधन स्रोत र जनशक्ति उपलब्ध गराउन तथा दीर्घरोग, अत्यावश्यक स्वास्थ्य तथा नियमित स्वास्थ्य सेवा सञ्चालनमा राख्न पनि एमालले सरकारसँग आग्रह गरेको छ । एमालेले कोभिड–१९ का कारण विभिन्न क्षेत्रमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न विशेष आर्थिक योजना कार्यान्वयन गर्न, वैकल्पिक रोजगारीको प्रबन्ध मिलाउन, विदेशमा कार्यरत नेपालीको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित मुलुकसँग पहलकदमी लिनसमेत सरकारसँग आग्रह गरेको छ । 

स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई, स्थायी कमिटी सदस्य खगराज अधिकारी, नेता कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई लगायतको प्रतिनिधिमण्डलको टोलीले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सरकार ११ कमजोरीसमेत औल्याइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विकास प्राधिकरणका तत्कालीन आयुक्त र शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त डा। भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत याम कुमार कार्कीविरुद्...

पीएम कप क्रिकेटको उपाधि आर्मीले उचाल्यो, सुदूरपश्चिम पाँच विकेटले पराजित

वीरगञ्ज। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित...

प्रतिनिधिसभाका समितिका सभापतिले लिए शपथ

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति तथा दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन...

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेको छन्। शिक्...

गुण्डागर्दीविरुद्ध प्रहरीको कडा अभियान, १ हजार बढी व्यक्तिको प्रोफाइल तयार

काठमाडौं । पछिल्लो समय गुण्डागर्दी नियन्त्रणका लागि आक्रामक अभियान सञ्चालन गरेको प्रहरीले संलग्न व्यक्तिहरूको विस्तृत प्रोफाइल तयार पार्न थालेको छ। जि...

श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ । मन्त्र...

ट्रेड युनियन खारेज घोषणा कार्यान्वयन भएन, कर्मचारी संगठनहरू सरकारसँग मागसहित उपस्थित

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने घ...

संसदका समितिहरू पूर्ण: १२ वटै संसदीय समितिमा सभापति चयन

काठमाडौं । संघीय संसद्अन्तर्गतका १२ वटै संसदीय समितिहरूले सभापति चयन गरेसँगै पूर्णता पाएका छन्। शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियाबाट १० वटा समितिमा ...

स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा दिने

काठमाडौँ। स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस...

सङ्घीय निर्देशनविपरीत तनहुँमा पठनपाठन सुरु

तनहुँ। सङ्घीय सरकारले आगामी शैक्षिक सत्रका लागि तय गरेको समयतालिकालाई चुनौती दिँदै तनहुँका स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending