Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी : गृहमन्त्री खाँण

खबरडबली संवाददाता
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताएका छन्। काठमाडौँ महानगरपालिकाद्वारा आज यहाँ आयोजित २४औँ भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उहाँले तीनै तहका सहकारको समन्वय र सहकार्यले मात्रै जोखिम कम गर्न तथा उद्धार, राहत र पुनःस्थापनको काम प्रभावकारी बनाउन सकिने उल्लेख गरे।
 
गृहमन्त्री खाँणले यसपालीको भूकम्प सुरक्षा दिवस सोहीअनुसार कार्यक्रम तय गरी मनाउन थालिएको पनि जानकारी दिए । मुलुकका हरेक भौतिक पूर्वाधार भूकम्प प्रतिरोधी बनाउन जरुरी रहेको औँल्याउँदै उनले भने, “सरकारी तथा निजी आवास भूकम्प थेग्नसक्ने गरी बनाउनुपर्छ, त्यसका लागि नागरिकमा आवश्यक ज्ञान र सचेतना पु¥याउनु जरुरी छ ।”विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ९ओमिक्रोन० को सङ्क्रमण फैलिरहेको सन्दर्भ जोड्दै मन्त्री खाँणले अहिले कोभिडको विपद्बाट नागरिकको जीउज्यान जोगाउनु महत्वपूर्ण भएको बताए । 
 
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अवलम्बन गरी जोखिम न्यूनीकरणमा लाग्नसमेत राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई आग्रह गर्दै उनले यसप्रति सचेत हुन नागरिकमा समेत अनुरोध गरे। गृहमन्त्री खाँणले जोखिमका बीच आम नागरिकको सुरक्षामा खटिने सबै राष्ट्रसेवक कर्मचारीको प्रशंसा पनि गरे। “कोभिड–१९ सङ्क्रमणले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायत हरेक क्षेत्रलाई प्रभावित पारेको छ”, उनले थपे, “अहिले कोरोना रोकथाम गरी नागरिकलाई बचाउनुपर्ने अवस्था रहेको छ, हामी सबै संवेदनशील हुनुपर्छ ।” 
 
गृहमन्त्री खाँणको ध्यानाकर्षण गराउँदै उनले भने, “वसन्तपुर, असनलगायत ठाउँका संरचना अझै टेकाको भरमा छन्, सामान्य पानी पर्दा पनि कतिबेला के हुने हो थाहा हुन्न, समन्यय नहुँदा पुनःनिर्माण हुन सकिरहेको छैन, हामीलाई बनाउन दिनुस्भन्दा दिइएको छैन, यसतर्फ सोच्नु जरुरी छ ।” महानगर प्रमुख शाक्यले पुनःनिर्माणका लागि महानगरसँग बजेट रहेकाले जिम्मेवारी दिए महानगरले नै गर्ने पनि बतांए । उनस्थानबीच समन्वय नहुँदा ती संरचना निर्माण हुन नसकेको हो । 
 
समारोहमा गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक क्रमशः शैलेश थापा क्षेत्री र शैलेन्द्र खनाललगायतको सहभागिता थियो । सोही क्रममा भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा निर्मित स्तम्भमा गृहमन्त्रीलगायत अतिथिबाट पुष्पहार अर्पण गरी स्मृतिसभासमेत आयोजना गरिएको थियो । त्यसअवसरमा विपद्का बेला नागरिकको जीउज्यानको सुरक्षामा खटिने महानगरका तीन कर्मचारीलाई पुरस्कृतसमेत गरिएको थियो । कार्यक्रमपछि गृहमन्त्री खाँणले जुद्ध बारुण यन्त्र कार्यालय निरीक्षण गरेका थिए । सो क्रममा यहाँको भौतिक संरचना र भूकम्पपछि पुनःनिर्माण हुन नसकेको अवस्थाबारे महानगरप्रमुख शाक्यले गृहमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending