Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

पच्चीस सहकारी संस्था खारेज

\"cooperative\"इलाम । डिभिजन सहकारी कार्यालय, इलामले निस्क्रिय रहेका, लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने तीन जिल्लाका २५ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

कार्यालयले इलामका १८ वटा, पाँचथरका पाँच र ताप्लेजुङका दुई वटा सहकारी संस्था खारेज गरेको हो । खारेजीमा पर्ने सहकारी संस्थामा कृषि, बहुद्देश्यीय, बचत तथा ऋण, विद्युत्, दुग्ध उत्पादक संस्था रहेका छन् । विगत दुई आर्थिक वर्षदेखि आर्थिक कारोबारको विवरण तथा साधारणसभाको प्रतिवेदन नियमितरुपमा रजिस्टारको कार्यालयमा पेस नगरेको, लेखा परीक्षण पेस नगरिएको, कार्यालय सञ्चालन नगरिएकाले सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालयकी सहकारी निरीक्षक प्रमिला पौडेल (भण्डारी) ले बताए । सहकारी संस्थालाई बारम्बार मौका दिए पनि कार्यालयमा कागजात पेस नगरेकाले खारेज गर्नुपरेको उनको भनाइ छ । सहकारी ऐन २०४८ मा प्रत्येक सहकारी सङ्घसंस्थाले गरेको कारोबारको विवरण तथा अन्य विवरण तोकिएको समयभित्रमा रजिस्टारसमक्ष पेस गर्नुपर्ने प्रावधान छ । यस्तै सहकारी ऐनको दफा ३४ बमोजिम डिभिजन सहकारी कार्यालयमा विवरण पेस गर्नुपर्ने हुन्छ । डिभिजन सहकारी कार्यालयले स्थानीय पत्रपत्रिकामा ३५ दिने सार्वजनिक सूचनामार्फत ९५ वटा सहकारी संस्थालाई सम्पर्क गर्न अनुरोध गरेको थियो । यस सूचनाको अलवा १५ दिने थप म्याद दिँदासमेत सहकारी सम्पर्कमा नआएका हुन् । कार्यालयले दिएको म्यादभित्र इलामका १०, पाँचथरका ३४ र ताप्लेजुङका २६ वटा सहकारी संस्थाले सम्पर्क गरी आफ्नो विवरण पेस गरेको तथा कतिपय सहकारी संस्थाले भने सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्न रु एक लाख अनुदान लगेको कारण त्यस्ता सहकारीलाई खारेज नगरिएको डिभिजन कार्यालयका प्रमुख सहकारी अधिकृत दुर्गाप्रसाद न्यौपानेले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending