Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

हुस्सु नफाटेपछि तरकारी खेती गर्ने किसान हैरान

खबरडबली संवाददाता

महोत्तरी ।  लामो समयदेखिको बाक्लो हुस्सु र तुुसारोले तरकारीका बाली बोटमै पहँेलिएपछि यहाँका तरकारी उत्पादक किसान हैरान भएका छन् । लाग्दो पुसदेखि नै कहिलेकाहीँ आक्कलझुक्कल घाम देखिए पनि यहाँ सधैँजसो लाग्ने बाक्लो हुस्सु र रातैपिच्छे पर्ने तुसारोले हरियो तरकारीका बेला (लहरा), चिचिला र फल सुकाउनसँगै रोग बढाएपछि किसानको चिन्ता बढाएको हो ।

“खेतबारीमा आलु, गोभी, भाण्टा, टमाटर, परवल, सिमी, करेला र बोडीसहितका तरकारीका बिरुवा बाक्लो हस्सुसँगैको तुसारोले गलायो”, बर्दिवास नगरपालिका–९ पशुपनिगरका तरकारी किसान महेन्द्रसिंह कुशवाहाले करिब एक महिनाको चिसोले कक्रिएका कोभीका बोट देखाउँदै भने, “हेर्नोस् न उत्पादन लिने ठिक्क बेलामा बढेको चिसोले बोट बढ्नै सकेन ।” करिब पछिल्लो महिना दिनको अवधिमा माघेसङ्क्रान्तिको दिनबाहेक अन्य दिन राम्ररी घाम लागेको देख्न नपाइएको कुशवाहाले बताए  ।

लगातारको बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारोले लटरम्म फलेका टमाटरका फल बोटमै कुहिएर झरेका किसानको भनाइ छ । त्यसैगरी रायोको साग, सिमी, बोडी, बन्दा कोभी र पूmलगोभीमा लाइकिरा लागेर बोट, लहरा नै कक्र्याइदिएपछि यसपालि हिउँदे तरकारीबाट उत्पादन लिने आस मरेको सो बस्तीकै अर्का किसान दिलीप महतोले बताए ।

बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारोले गलाएको तरकारीका बोट जति उपचार गरे पनि ठिक नभएको किसानको गुनासो छ । “भरसक्दो त उपचार गरियो”, बलवा नगरपालिकाको धमौरा भगवतीपुरका तरकारी किसान रेजा कवारीले गलित स्वरमा भने, “तरकारी खेती त गयो।।।गयो, उपचार गर्दा गरिएको खर्चको ऋणमा समेत परियो ।”

हिउँदे तरकारीका बोटले लामो समयसम्म घामको ताप नपाउँदा उपचार नलागेको कृषि प्राविधिकको भनाइ छ । “दुई/चार दिनको अघिपछि घाम देखिएको भए उपचार लाग्ने थियो, मौसमले साथ नदिएपछि औषधिले मात्र के गर्नु ?” नेपाल सरकारको कृषि सेवाकै सहसचिवबाट सेवा निवृत्त हुनुभएका कृषि विज्ञ भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेलले बताए, “यसपालि त २५ दिनसम्म लगातार बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारो पर्ने क्रम रोकिएन, त्यसैले उपचारका लागि गरिएको प्रयत्न त्यति फलदायी भएन ।”

यस वर्ष सुरुदेखि नै तरकारी खेतीका लागि प्रतिकूलता व्यहोर्दै आइएको किसान बताउँछन् । “बर्खे तरकारी त्यतिखेरको लामो झरी र भेलले गलायो”, भङ्गाहा–४ रामनगरका तरकारी उत्पादक किसान चन्देश्वरराय दनुवारले दिक्दारिँदै भने, “बर्खे तरकारी भेलमा पर्‍यो, अहिले हिउँदे तरकारी चिसोले सक्यो, अब जहान परिवारको प्रतिपाल कसरी गर्ने होला ?” अब त मौसम सुध्रे पनि हिउँदे तरकारीको उत्पादन लिने समय खस्कँदै गएको दनुवारले बताए ।

बर्दिवास नगरपालिकाका किसाननगर, पशुपतिनगर, बिजलपुरा, भङ्गाहा नगरपालिकाका रामनगर, राजपुर र हतिसर्वा तथा बलवा नगरपालिकाका धमौरा र बनौटा, गौशाला नगरपालिकाका बेलगाछी, लक्ष्मीनियाँ र भरतपुर बस्ती एवं मटिहानी नगरपालिका क्षेत्र तरकारी बालीका पकेट क्षेत्र मानिन्छन् । यी बस्तीमा करिब पाँच हजार हेक्टरमा तरकारी खेती लगाइने गरेको कृषि ज्ञान केन्द्र कार्यालय जलेश्वरको आँकडा छ । प्राकृतिक प्रकोपको निदान र खेतबारीमा सिँचाइको प्रबन्ध नहुँदा कहिल्यै ठिक समयमा बाली लगाउन, रोगको निदान एवं उपचार गर्न नसक्दा अपेक्षित उत्पादन लिन नसकिएको तरकारी किसानकले दु:खेसो सुनाउँछन् ।

आपूmहरूको यो मर्का सरकार र सम्बद्ध निकायले बुझिदिनुपर्ने किसानको माग छ । कहिल्यै समयमा बीउबिजन र मल नपाउने, सिँचाइको प्रबन्ध नहुनु, रोगव्याधि र प्राकृतिक प्रकोप निदानको पूर्वतयारी तथा विज्ञको अवलोकन नहुँदा आपूmहरूको खेती ‘दैवकै भर’ हुने गरेको किसान बताउँछन् । जिल्लामा पकेट क्षेत्र र अन्य भेगसहित १० हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महोत्तरीको कृषि प्रसार शाखाले जनाएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies