काठमाडौं । आकाश खसोस, धर्ती फाटोस्
घाम रोकियोस् चाहे जुन रोकियोस्
तर हाम्रो माया...कहिलै नफाटोस्...
गीतकार घनबहादुर थापाको शब्द रचनामा हालै सार्वजनिक गीत ‘तिमीलाई नै’का यी शब्दले अटुट प्रेमलाई चरितार्थ गरेको छ । प्रेमको खोजी र यसको प्राप्ति सहजै हुने कुरा होइन । संसारमा बनेका हरेक जोडी आत्मियता कै खोजीका क्रममा बाँधिएका हुन्छन् । यस गीतले पनि यस्तै प्रेमको परिभाषा बोल्छ ।
मन मिल्ने साथी भेटिएपछि उनीहरु त्यो साथ कहिल्यै टुटाउन चाहँदैनन् । समातिएको एक अर्काको हात आपसबाट कहिल्यै छुटाउन चाहँदैनन्,चाहे त्यो बेलामा जस्तोसुकै विपत्ति किन नआओस् । यही भाव गीतका शब्दले खोल्छ ।
कति घुमे खण्डहर, भेटिन्छ कि रारा भनी
कति जागे रात भर, आकाशका तारा गनी
यस्तो त्याग तपस्याले, तिम्रो आधार खोजेको छु
जुनी जुनी साथै बस्न तिमीलाई नै रोजेको छु
जीवनको त्याग र तपस्यापछि भेटिएको मान्छेलाई आफूबाट टाढा राख्न नसकिने तर्क पनि गीतमार्फत अभिव्यक्त गरिएको छ । पहिलो मायाको पहिलो अनुभव सङ्गाल्ने भाका फुराएको गीतमा कलिलो माया गाँसिदाका अप्ठेरा अनि रमाइला पल समेटिएको छ ।
गीतकार थापा आजभोलि समाजमा स्वार्थ बढेको बताउनुहुन्छ । स्वार्थी प्रेममा युगल जोडी गाँजिएका र पछि विच्छेदका घटना बढ्दो छ । यसलाई रोक्नुपर्ने अभिभारा हाम्रो काँधमा छ भन्ने सोच पलायो । त्यही सिलसिलामा गीत तयार पारिएको उनले सुनाए ।
“अनेकौं मोड छिचोलेर र कयौँ ठक्कर खाएर स्थापित प्रेमसम्बन्ध जोगाउन अहिले कठिन भइरहेको छ”, गीत लेखनको क्षण सम्झँदै थापाले सुनाए“ठूलो त्यागले जोडिएको सम्बन्ध नटुटोस्, हजारौंबाट छानेर भएको मिलन आकाश–धर्ती फाटे पनि फाट्नुहुन्न भन्ने कल्पना आयो, अनि शब्द ऊने ।”
प्रहरी निरीक्षक थापा कविता, कथालगायत साहित्य लेखनमा समेत रुचि राख्छन् । थापाले यसपाली कलाकार (गीतकार) का रुपमा समेत आफ्नो परिचय फैलाए ।
‘तिमीलाई नै’मा गायक किरण भुजेल र गायिका मेलिना मैनालीको युगल स्वर छ । केही अघि ‘इनाक्षी इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ । त्यसमा दीपकराज विश्वकर्माको सङगीत तथा निर्देशन रहेको छ । भिडियोमा गायक/गायिका स्वयंको अभिनय छ । केशवराज भट्टको कोरियोग्राफी, डिन्सन शाहको सम्पादन, अनिता ग्वाछाको शृङ्गार र अमन बडूको छायाङ्कनमा भिडियो तयार गरिएको हो ।
काठमाडौँको धार्मिक क्षेत्र साँखु क्षेत्रका प्राकृतिक दृश्य भिडियोमा समावेश छ । युवायुवतीको प्रेम र दम्पतीले वैवाहिक सम्बन्ध दीगो राख्ने कामना गरिएको गीतले समाजमा सकारात्मक सन्देश छरेको छ ।
निर्देशक दिपकराज विश्वकर्मा फिल्मी शैलीमा म्युजिक भिडियो बनाएको बताउछन् । यसका शब्द रचना, सङगीत, स्वर र रमणीय क्षेत्रका दृश्यले दर्शकलाई तान्ने प्रयास गरेको छ । छोटो समयमा गीतले एक लाख ५४ हजार भ्युज पाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: