Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

अस्पतालबाटै घाइते दलित सभासद्को बयान :‘यो लोकतन्त्र होइन भन्दा डिएसपीले मुक्का हाने’

\"dalit_daman-3\"काठमाडौं । संविधानमा दलित अधिकारको सुनिश्चितताको माग गर्दै आयोजना गरिएको शान्तिपूर्ण आन्दोलनको क्रममा राजधानीको विजुलीबजारमा दर्जनौं दलित अगुवामाथि बर्बरपूर्ण दमन गरियो । प्रहरी दमनबाट अधिकांश दलित नेता तथा कार्यकर्ता, घाईते भए । प्रहरी दमनको शिकार बनेका एमाओवादी सभासद् तथा नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चाका अध्यक्ष दलजीत श्रीपाईली ‘प्रसान्त’ले खबरडबलीसँग सो घटनाबारे यसरी बयान दिएका छन् :: संविधानमा दलितको अधिकारको विषय अपहरण गरिएपछि हामी चरणबद्ध आन्दोलनमा थियौं । आन्दोलनकै कार्यक्रम अन्तर्गत मंगलबार शान्तिपुर्ण रुपमा चक्काजाम गर्ने कार्यक्रम थियो । सोही कार्यक्रमको तयारी गर्ने क्रममा विहान साढे ९ बजे नै बिजुलीबजार पुग्ने कुरा थियो । हामी नेतृत्व समयमै पुग्नुपर्ने थियो । म पुग्दा कोही पनि आउनु भएको रहेनछ । त्यो बीचमा  म सिंहदरबार गएर आएँ । करिब २०० जना साथीहरु जम्मा भइसक्नुभएको रहेछ । पुर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा र  म बीचमा आन्दोलनको विषयमा सल्लाहा भयो । त्यो बीचमा सबै अगुवा आउँदै हुनुहुन्थ्यो । ‘ढिलो नगरौं, जति सक्दो छिटो कार्यक्रम अगाडी बढाउनुपर्छ ।’ मैले मान बहादुर जीलाई भनें । प्रहरी नजिकै थिए  । बानेश्वर बृतका डिएसपी दाबहादुर कार्की सँगैं थिए । कार्कीले ‘यीनीहरुलाई यहिँ कर्यापकुरुप पार्नुपर्छ’ भन्दै दिएको आदेश मैले सुनेको थिएँ । त्यसपछि मलाई प्रहरी दमन हुन्छ भन्ने पक्कापक्कि भयो । यो बीचमा हामी अगाडी बढ्यौं ।  मानबहादुर जी र म बिजुली पुलबाट अगाडी बढ्दै थियौं । डिएसपी आफै आएर धकेल्न सुरु गर्यो । मैले भने ‘हामी सभासद् हौं । मर्यादाको ख्याल गर्नुहोला’ यत्तिकैमा मानबहादुरजीलाई प्रहरीले धकेल्न थाल्यो । ‘फर्किनुस् किन अगाडी बढ्नुहुन्छ रु’ यस्तै भन्दै उनीहरुले धकेल्न थाले ।  धकेलाधकेलबीच हामी थचक्कै बस्यौं । बसेको मौकामा प्रहरीले हाम्रो पेट माथि लात्ति बजार्न थाल्यो  । म र मानबहादुरलाई लात्तिले हान्न थालेपछि मानबहादुरजीले ‘तपाईंहरु के गर्दै हुनुहुन्छ, यो लोकतन्त्र होइन  रु’ भनेर प्रश्न गर्दा, उहाँकोे बंगारामा मुक्का हानियो । डिएसपी कार्कीले आफैले लात्तिले उहाँ माथि लात्तिले हान्यो । मलाई बचाउन साथीहरु आए  साथीहरु माथि जथाभावी हान्न थालियो  । एक प्रहरीले मेरो टाउका लाठी बजार्यो । ब्लक गर्दा हात फ्याक्चर भयो । किन दमन गरेको भनेर डिएसपीलाई प्रश्न गर्दै थिएँ म नजिकै रहेकी दलित अगुवा  कमला हिम्चुरीलाई पेटमा बुटले हानियो । उनी लडिन् । एक प्रहरी आएर उनको पेटमा बुटले टेक्यो । खुट्टामा पनि त्यस्तै गरियो  । अहिले उहाँको खुट्टा फ्याक्चर भएको छ । उहाँ जस्तै धेरै महिलामाथि अभद्र  व्यबहार भयो तर साथीहरु कुनै हालतमा झूकेनन् । करिब पौने घण्टाको प्रहरी दमनपछि हामीले घाईते शरिर लिएर कोण सभा गर्यौं । ‘सफलता पूर्वक सम्पन्न भयो भनेर भाषण गर्यौं । धेरै साथी लगायत म घाईते थिएँ ।  घाईते लिएर सिभिलमा आयौं । मेरो तिन वटा दाँत हल्लिएको छ । टाउकोमा गम्भिर चोट लागेको छ । शरिरभरि निलडाम छ । हामीलाई भेट्न एमाओवादी उपाध्यक्ष नाराण्णकाजी श्रेष्ठ अस्पतालमै आउनुभयो । जनजाति नेता पासाङ शेर्पा आएर १५ हजार सहयोग गरेर जानुभयो  । आजको आन्दोलनमा हामीले सशक्त प्रतिरोध गरेका छौं । शान्तिपूर्ण जुलुस माथि सरकारले आत्तिएर हमला गर्यो । यो घटनाले सत्ता पक्ष आत्तिएको भान हुन्छ । एक जना  मिन बहादुर विश्वकर्मालाई पक्राउ गरिएको छ । उहाँलाई यातना दिएको खबर पाएको छु । यसले झनै दलित आन्दोलन अब झनै सशक्त भएर जान्छ । सुदीप विश्वकर्मासँगको कुराकानीमा आधारित
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending