Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अस्पतालबाटै घाइते दलित सभासद्को बयान :‘यो लोकतन्त्र होइन भन्दा डिएसपीले मुक्का हाने’

\"dalit_daman-3\"काठमाडौं । संविधानमा दलित अधिकारको सुनिश्चितताको माग गर्दै आयोजना गरिएको शान्तिपूर्ण आन्दोलनको क्रममा राजधानीको विजुलीबजारमा दर्जनौं दलित अगुवामाथि बर्बरपूर्ण दमन गरियो । प्रहरी दमनबाट अधिकांश दलित नेता तथा कार्यकर्ता, घाईते भए । प्रहरी दमनको शिकार बनेका एमाओवादी सभासद् तथा नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चाका अध्यक्ष दलजीत श्रीपाईली ‘प्रसान्त’ले खबरडबलीसँग सो घटनाबारे यसरी बयान दिएका छन् :: संविधानमा दलितको अधिकारको विषय अपहरण गरिएपछि हामी चरणबद्ध आन्दोलनमा थियौं । आन्दोलनकै कार्यक्रम अन्तर्गत मंगलबार शान्तिपुर्ण रुपमा चक्काजाम गर्ने कार्यक्रम थियो । सोही कार्यक्रमको तयारी गर्ने क्रममा विहान साढे ९ बजे नै बिजुलीबजार पुग्ने कुरा थियो । हामी नेतृत्व समयमै पुग्नुपर्ने थियो । म पुग्दा कोही पनि आउनु भएको रहेनछ । त्यो बीचमा  म सिंहदरबार गएर आएँ । करिब २०० जना साथीहरु जम्मा भइसक्नुभएको रहेछ । पुर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा र  म बीचमा आन्दोलनको विषयमा सल्लाहा भयो । त्यो बीचमा सबै अगुवा आउँदै हुनुहुन्थ्यो । ‘ढिलो नगरौं, जति सक्दो छिटो कार्यक्रम अगाडी बढाउनुपर्छ ।’ मैले मान बहादुर जीलाई भनें । प्रहरी नजिकै थिए  । बानेश्वर बृतका डिएसपी दाबहादुर कार्की सँगैं थिए । कार्कीले ‘यीनीहरुलाई यहिँ कर्यापकुरुप पार्नुपर्छ’ भन्दै दिएको आदेश मैले सुनेको थिएँ । त्यसपछि मलाई प्रहरी दमन हुन्छ भन्ने पक्कापक्कि भयो । यो बीचमा हामी अगाडी बढ्यौं ।  मानबहादुर जी र म बिजुली पुलबाट अगाडी बढ्दै थियौं । डिएसपी आफै आएर धकेल्न सुरु गर्यो । मैले भने ‘हामी सभासद् हौं । मर्यादाको ख्याल गर्नुहोला’ यत्तिकैमा मानबहादुरजीलाई प्रहरीले धकेल्न थाल्यो । ‘फर्किनुस् किन अगाडी बढ्नुहुन्छ रु’ यस्तै भन्दै उनीहरुले धकेल्न थाले ।  धकेलाधकेलबीच हामी थचक्कै बस्यौं । बसेको मौकामा प्रहरीले हाम्रो पेट माथि लात्ति बजार्न थाल्यो  । म र मानबहादुरलाई लात्तिले हान्न थालेपछि मानबहादुरजीले ‘तपाईंहरु के गर्दै हुनुहुन्छ, यो लोकतन्त्र होइन  रु’ भनेर प्रश्न गर्दा, उहाँकोे बंगारामा मुक्का हानियो । डिएसपी कार्कीले आफैले लात्तिले उहाँ माथि लात्तिले हान्यो । मलाई बचाउन साथीहरु आए  साथीहरु माथि जथाभावी हान्न थालियो  । एक प्रहरीले मेरो टाउका लाठी बजार्यो । ब्लक गर्दा हात फ्याक्चर भयो । किन दमन गरेको भनेर डिएसपीलाई प्रश्न गर्दै थिएँ म नजिकै रहेकी दलित अगुवा  कमला हिम्चुरीलाई पेटमा बुटले हानियो । उनी लडिन् । एक प्रहरी आएर उनको पेटमा बुटले टेक्यो । खुट्टामा पनि त्यस्तै गरियो  । अहिले उहाँको खुट्टा फ्याक्चर भएको छ । उहाँ जस्तै धेरै महिलामाथि अभद्र  व्यबहार भयो तर साथीहरु कुनै हालतमा झूकेनन् । करिब पौने घण्टाको प्रहरी दमनपछि हामीले घाईते शरिर लिएर कोण सभा गर्यौं । ‘सफलता पूर्वक सम्पन्न भयो भनेर भाषण गर्यौं । धेरै साथी लगायत म घाईते थिएँ ।  घाईते लिएर सिभिलमा आयौं । मेरो तिन वटा दाँत हल्लिएको छ । टाउकोमा गम्भिर चोट लागेको छ । शरिरभरि निलडाम छ । हामीलाई भेट्न एमाओवादी उपाध्यक्ष नाराण्णकाजी श्रेष्ठ अस्पतालमै आउनुभयो । जनजाति नेता पासाङ शेर्पा आएर १५ हजार सहयोग गरेर जानुभयो  । आजको आन्दोलनमा हामीले सशक्त प्रतिरोध गरेका छौं । शान्तिपूर्ण जुलुस माथि सरकारले आत्तिएर हमला गर्यो । यो घटनाले सत्ता पक्ष आत्तिएको भान हुन्छ । एक जना  मिन बहादुर विश्वकर्मालाई पक्राउ गरिएको छ । उहाँलाई यातना दिएको खबर पाएको छु । यसले झनै दलित आन्दोलन अब झनै सशक्त भएर जान्छ । सुदीप विश्वकर्मासँगको कुराकानीमा आधारित
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending