काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोनाबाट ८ जना मृत्यु भएको छ । मन्त्रालयका अनुसार ८ हजार ६९६ जनामा नमुना परीक्षण भएको थियो ।
कोरोनाबाट विगत २४ घण्टामा २ हजार ३१९ जना निको भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी २ लाख १६ हजार ११ड जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
यस्तै हालसम्म कोरोनाबाट कुल ११ हजार ९०० जनाको मृत्यु भएको छ । हाल देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिकृया लेख्नुहोस्: