काठमाडाैं । अस्ट्रेलियाको रक्षा मन्त्रालयले चीनको नौसैनिक पानीजहाजले आफ्नो एउटा सैन्य विमानतर्फ 'सैन्य क्षमता'को लेजर प्रकाश देखाएको आरोप लगाएको छ।
चिनियाँ पानीजहाज उत्तर अस्ट्रेलिया नजिकै आराफुरा समुद्रमा अघि बढिरहेको बेला बिहीवार यो घटना भएको हो।
अस्ट्रेलियाको रक्षा मन्त्रालयले भनेको छ, ‘यस्तो गतिविधिले मानव जीवनमाथि जोखिम निम्त्याउने सम्भावना रहन्छ। हामी व्यावसायिक र असुरक्षित सैनिक व्यवहारको कडा निन्दा गर्छौँ।’
यस विषयमा चिनियाँ अधिकारीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन्। विभिन्न विवादहरूका कारण हालैका वर्षहरूमा दुई देशको सम्बन्धमा चिसोपन देखिएको छ।
युद्ध विमानमाथि निशाना
अस्ट्रेलियाका सञ्चारमाध्यमहरूले यसअघि पनि यस्तै खालका लेजर देखाइएका घटनाबारे समाचार प्रकाशित गरेका छन्।
त्यस्ता गतिविधिका पछाडि साना चिनियाँ पानीजहाजहरूको भूमिका रहेको गुप्तचर अधिकारीले आरोप लगाउँदै आएका छन्। अस्ट्रेलियाको विज्ञप्ति अनुसार निशाना बनाइएको विमान बोइङ पी-एटए पुसाइडन रहेको थियो।

अस्ट्रेलियाको रक्षा मन्त्रालयको विज्ञप्ति अनुसार निशाना बनाइएको विमान बोइङ पी-एटए पुसाइडन
समुद्री क्षेत्रको गस्ती गर्ने त्यस्ता विमानमा पनडुब्बीहरूलाई पहिचान गर्नसक्ने सेन्सर र हतियार प्रणाली समेत जोडिएको छ।
मन्त्रालयका अनुसार उक्त पानीजहाज आराफुरा समुद्रमा पूर्वतर्फ अघि बढिरहेका दुई वटा चिनियाँ नौसैनिक जहाजमध्ये एक थियो।
अस्ट्रेलिया र पपुवा न्यू गिनीबीचको टोरेस स्ट्रेट पार गरेपछि यो घटना भएको थियो।
‘यी गतिविधिले अस्ट्रेलियाको प्रतिरक्षा फौजका सदस्यको सुरक्षा र जीवनलाई जोखिम पुर्याउन सक्थ्यो’ मन्त्रालयले भनेको छ, ‘व्यावसायिक सैनिकहरूबाट हामीले अपेक्षा गर्ने व्यवहारसँग यो मेल खाँदैन।’
अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन हो र विगतमा दुवैले राम्रो सम्बन्ध कायम राखेका थिए। तर हालैका वर्षहरूमा कटुता देखिएको छ।
अस्ट्रेलियाले आफ्नो आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप बेइजिङमाथि लगाएको छ।
उसले अग्रणी चिनियाँ कम्पनी ह्वावेईलाई अस्ट्रेलियाका प्रविधि पूर्वाधार निर्माणमा प्रतिबन्ध लगाउनुका साथै सबैभन्दा पहिले चीनको वुहान सहरमा पहिचान भएको कोभिड-१९ को स्रोत खोज्न अनुसन्धान गर्नुपर्ने पक्षमा आफूलाई उभ्याएको छ।
महामारीको समयमा देखा परेका जातिवादी घटनालाई देखाउँदै बेइजिङले चाहिँ विद्यार्थी र पर्यटकहरूलाई अस्ट्रेलिया नजान चेतावनी दिएको छ।
अस्ट्रेलिया, यूके र अमेरिकाबीच नयाँ सुरक्षा गठबन्धन बनेपछि गएको सेप्टेम्बरमा चीनले त्यसले 'क्षेत्रीय शान्तिलाई गम्भीर रूपमा क्षति पुर्याउने…. र अस्त्र होडबाजीलाई तीव्र पार्ने' जोखिम रहेको बताएको थियो।
चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले त्यसबेला अस्ट्रेलिया 'चीनको शत्रुका परिणत भएको' टिप्पणी गरेको थियो। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - ०९:२७
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थालेका छन्। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले ना...
पौष २७ गते, २०८२ - ०९:१८
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्...
पौष २७ गते, २०८२ - ०९:१३
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुर...
पौष २७ गते, २०८२ - ०९:११
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...
पौष २७ गते, २०८२ - ०८:४६
काठमाडौं । आन्तरिक विवादकै बीच हुने कांग्रेस विशेष महाधिवेशनले पार्टी नेतृत्व चयन गरे आधिकारिकतासम्बन्धी थप विवाद उत्पन्न हुने देखिएको छ । पार्टी संस्...
पौष २७ गते, २०८२ - ०८:४२
काठमाडौं । कुलमान घिसिङले सहमतिभन्दा धेरै माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १२ दिनअघि भएको एकता सम्झौता भंग भएको छ । सहमतिविपरीत घिसि...
पौष २७ गते, २०८२ - ०८:३७
काठमाडौं । भदौ २३ र २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा उठेको भ्रष्टाचारविरोधी आवाजलाई सम्बोधन गर्न 'सुशासन मार्गचित्र' तय गर्न काम अघि बढा...
पौष २७ गते, २०८२ - ०८:३१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्...
पौष २७ गते, २०८२ - ०७:५१
काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउल...
पौष २७ गते, २०८२ - ०७:४७
बाँके । “मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो”, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृ...




प्रतिकृया लेख्नुहोस्: