काठमाडाैं । अस्ट्रेलियाको रक्षा मन्त्रालयले चीनको नौसैनिक पानीजहाजले आफ्नो एउटा सैन्य विमानतर्फ 'सैन्य क्षमता'को लेजर प्रकाश देखाएको आरोप लगाएको छ।
चिनियाँ पानीजहाज उत्तर अस्ट्रेलिया नजिकै आराफुरा समुद्रमा अघि बढिरहेको बेला बिहीवार यो घटना भएको हो।
अस्ट्रेलियाको रक्षा मन्त्रालयले भनेको छ, ‘यस्तो गतिविधिले मानव जीवनमाथि जोखिम निम्त्याउने सम्भावना रहन्छ। हामी व्यावसायिक र असुरक्षित सैनिक व्यवहारको कडा निन्दा गर्छौँ।’
यस विषयमा चिनियाँ अधिकारीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन्। विभिन्न विवादहरूका कारण हालैका वर्षहरूमा दुई देशको सम्बन्धमा चिसोपन देखिएको छ।
युद्ध विमानमाथि निशाना
अस्ट्रेलियाका सञ्चारमाध्यमहरूले यसअघि पनि यस्तै खालका लेजर देखाइएका घटनाबारे समाचार प्रकाशित गरेका छन्।
त्यस्ता गतिविधिका पछाडि साना चिनियाँ पानीजहाजहरूको भूमिका रहेको गुप्तचर अधिकारीले आरोप लगाउँदै आएका छन्। अस्ट्रेलियाको विज्ञप्ति अनुसार निशाना बनाइएको विमान बोइङ पी-एटए पुसाइडन रहेको थियो।

अस्ट्रेलियाको रक्षा मन्त्रालयको विज्ञप्ति अनुसार निशाना बनाइएको विमान बोइङ पी-एटए पुसाइडन
समुद्री क्षेत्रको गस्ती गर्ने त्यस्ता विमानमा पनडुब्बीहरूलाई पहिचान गर्नसक्ने सेन्सर र हतियार प्रणाली समेत जोडिएको छ।
मन्त्रालयका अनुसार उक्त पानीजहाज आराफुरा समुद्रमा पूर्वतर्फ अघि बढिरहेका दुई वटा चिनियाँ नौसैनिक जहाजमध्ये एक थियो।
अस्ट्रेलिया र पपुवा न्यू गिनीबीचको टोरेस स्ट्रेट पार गरेपछि यो घटना भएको थियो।
‘यी गतिविधिले अस्ट्रेलियाको प्रतिरक्षा फौजका सदस्यको सुरक्षा र जीवनलाई जोखिम पुर्याउन सक्थ्यो’ मन्त्रालयले भनेको छ, ‘व्यावसायिक सैनिकहरूबाट हामीले अपेक्षा गर्ने व्यवहारसँग यो मेल खाँदैन।’
अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन हो र विगतमा दुवैले राम्रो सम्बन्ध कायम राखेका थिए। तर हालैका वर्षहरूमा कटुता देखिएको छ।
अस्ट्रेलियाले आफ्नो आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप बेइजिङमाथि लगाएको छ।
उसले अग्रणी चिनियाँ कम्पनी ह्वावेईलाई अस्ट्रेलियाका प्रविधि पूर्वाधार निर्माणमा प्रतिबन्ध लगाउनुका साथै सबैभन्दा पहिले चीनको वुहान सहरमा पहिचान भएको कोभिड-१९ को स्रोत खोज्न अनुसन्धान गर्नुपर्ने पक्षमा आफूलाई उभ्याएको छ।
महामारीको समयमा देखा परेका जातिवादी घटनालाई देखाउँदै बेइजिङले चाहिँ विद्यार्थी र पर्यटकहरूलाई अस्ट्रेलिया नजान चेतावनी दिएको छ।
अस्ट्रेलिया, यूके र अमेरिकाबीच नयाँ सुरक्षा गठबन्धन बनेपछि गएको सेप्टेम्बरमा चीनले त्यसले 'क्षेत्रीय शान्तिलाई गम्भीर रूपमा क्षति पुर्याउने…. र अस्त्र होडबाजीलाई तीव्र पार्ने' जोखिम रहेको बताएको थियो।
चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले त्यसबेला अस्ट्रेलिया 'चीनको शत्रुका परिणत भएको' टिप्पणी गरेको थियो। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: