Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

घरमा आफैंले गर्न सकिने रेविज रोगको उपचार (डाक्टरको सल्लाहसहित)

\"Kedarरेविज भाईरसबाट संक्रमित पशुहरुको टोकाईले मानिसमा सर्ने रोग मानिन्छ । यो रोग आजभन्दा ४ हजार  वर्ष पहिले देखि नै पहिचान गरिएको हो ।  यस रोग निदानको लागी उत्तर आधुनिक प्रविधिको विकास अनि यसको रोकथामको उचित उपायहरु हुँदा पनि रेविज ग्रसित पशुले टोकेको जन समुदायले बेलैमा उपचार पाएनन् या गराएनन् भने ती बिरामीमा यो रोग सधैं घातक हुने गर्दछ । अमेरिका, अष्ट्रेलिया, न्यजिल्याण्डजस्ता देशहरु यो रोगबाट मुक्त भएका छन् । कि त दुर्लभ रुपमा भेटिएको पाईन्छ । तर विश्वका केही मुलुकहरु जस्तै दक्षिण पूर्व एसिया, अफ्रिका, लेटिन अमेरिका मुलुकहरुमा भने त्यहाँका जन समुदायहरुमा सामान्य मानिन्छ । विश्व भरिमा प्रति वर्ष करिव ५५ हजार मानिसहरुको यस रोगबाट मृत्यु हुने गरेको विश्व स्वास्थ्य संघको तथ्यांक छ, जसमध्ये धरै जसो अफ्रिका, एसियाका मुलुकका जन समुदाय प्रभावित भएको पाईन्छ । प्रायःजसो मानिसमा देखिने रोविज रोगले ग्रसित कुकुरको टोकाईबाट हुने गर्दछ । तथापी यदाकदा जंगली मांसाहारी जनावर तथा चमेरेको टोकाईबाट पनि लाग्न सक्छ । प्रायःजसो सबै खाले जंगली तथा घर पालुवा जनावर यो रोगबाट ग्रसीत हुने गर्दछन् । तर, मुसा, लोखर्के, खरायोमा भने यो रोग विरलै पाइन्छ । जलचर माछा, घस्रने जीव सर्प तथा चराचुरुङगी, कुखुरामा भने यो रोग देखिंदैन । रेविज रोग लाग्नका लागी चाहिने पूर्वाधार कुनैपनि मानिस रेविज रोगबट ग्रसित हुन निम्न दुई पूर्वस्थीति हुनुपर्छ । कि त रेबिज ग्रसित पशुको सम्पर्क मा लसपस भएको हुनुपर्छ ।  अथवा, लसपस हुँदा त्यस्ता पशुले मानिसलाई टोकेर वा चिथोरेर उक्त पशुमा भएको संक्रमित र्याल सारेको हुनुपर्छ । रेविज ग्रस्त पशुको शरिरमा र्याल मस्तिष्क तथा स्नायुजन्य तन्तु यस रोगका भाइरसबाट बढि प्रदुषित भएका हुन्छन्  । यी तन्तुहरु टोकेर भाईरस सारेमा यो रोग लाग्ने गर्दछ । यसबाहेक भाईरस आँखा, मुख नाकमा टाँसिन पुगेमा पनि रोगको प्रभाव देखिन सक्छ । शरिरमा यसरी प्रवेश गरेको भाईरस मष्तिस्क पुगि शरिरका स्नायुजन्य तन्तुका माध्यमबाट शरिरका मुख्य अंगमा पुग्छन् अनि रोगमा लक्षण देखा पर्छन् । जनावरमा रेविज रोगका लक्षण रेविज रोग ग्रसित जनावरहरु बिरामी परेको जस्तो देखिनुका साथै रिसाहा, झोक्रिने, झम्टिने, जे पायो त्यहि टोक्ने स्वाभावका हुन सक्दछन् । पशुमा हुने यिनै बाह्य लक्षणका कारण यो रोगलाई सामान्य बोलचालको भाषामा बहुलाहा कुकुर भनिएको हो । यसबाहेक कुनै कुनै रोगबाट ग्रसित जनावर एकदमै मैत्री स्वभाव, लोसे, शान्त तथा दिग्भ्रमित भएको लक्षण देखिन सक्दछ । प्रायः रात्रीकालिन समयमा विचरण गर्ने जंगली जनावर दिउँसै बस्तिमा भौंतारिन थाल्यो भने जस्तै स्याल, फ्याउरो, चमेरो वा सामान्य अवस्थामा शान्त रहने जनावरले अनौठो व्यवहार देखाए वा अति नै मैत्री स्वभाव देखाएको पाईएमा त्यस्ता जनावरलाई रेविज रोग ग्रसित हुन सक्ने शंका गर्नुपर्छ । \"Rabies\"मानिसमा रेविज रोगका लक्षण मानिसको शरिरको रेविजको भाईरस प्रवेश गरेदेखि रोग देखा पर्न ३० देखी ६० दिन लाग्छ तर कम्तिमा १० दिनमै वा वर्षौं पछि पनि देखा पर्न सक्छ । प्रायः मानिसमा टोकेको ठाउँमा दुख्ने, झम्झमाउने, एक्कासी चिलाउनेजस्ता पहिलो लक्षण देखिन सक्छ । त्यसपछि ज्वरो आउनु, जाडो लाग्नु, थकित हुनु, शारिरका मांसपेशी दुख्नु र झर्कने जस्ता लक्षण बिरामीमा देखिन सक्छ । क्रमशः बिरामीमा दिग्भ्रमित हुने, बाझ्ने, बिना कारण काम्ने, बेसुर हुने लक्षण देखिन सक्छ । रेविजको पूर्ण तथा अन्तिम अवस्थामा भने स्वास फेर्न तथा खानेकूरा निल्न नसक्ने, मांशपशीहरुमा नियमित अनियमति रुपमा खुम्चने र कम्पन हुने र बिरामीले पानीसम्म निल्न गाह्रो हुन्छ । त्यस्ता बिरामीका नजिक पानी राख्दा तर्सने गर्दछ । त्यसै पनि यसलाई ‘हाईड्रोफोबिया’ पानीबाट तर्सने रोग पनि भन्ने गरिन्छ  भने बिरामीको अगाडी पानी देखाउँदा रेबिज एकिन गर्न सजिलो हुन्छ । त्यस्तै गरी हावा सुघाउँदा पनि डाराउने गर्दछ । त्यो अवस्थालाई एरोफोविया भनिन्छ । यो अवस्थामा पुगेको बिरामी प्रायः बाच्दैन । रेविज रोग सार्न सक्ने जनावरले टोकेको उपचार तपाईंलाई शंकालु पशुले टोके तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुहोला किनभने यसो भएमा चिकित्सकले कस्तो खालको पशुले टोकेको हो कस्तो ठाउँमा टोकेको हो ? पशुलाई खासगरी कुकुर, बिरालो, घर पालुवा वा फिरन्ते भुस्याहा, कस्तो हो तिनीहरुलाई नियमित खोप लगाएको वा नलगाएको सुचना संकलन गरी के कस्तो उपचार तथा खोप लगाउनु पर्ने हो सल्लाह दिन सक्नेछन् । तपाईंले सम्पर्क गरेको चिकित्सकसँग तत्काल सम्बन्धित औषधी नहुन सक्छ, त्यसैले बुद्धिमानी पूर्वक स्थानीय जनस्वास्थ्य, भेटेनरी जनस्वास्थ्य आदिमा अनिवार्यरुपमा पुग्नुपर्ने हुन्छ । त्यसबाहेक सम्भावित जिवाणुजन्य संक्रमणको उपचार तथा टिटानसको औषधी प्रयोग गर्न बिर्सनु हुँदैन । यसबाहेक टोकेको ठाउँको घाउ धुने, निसंक्रमण गर्नसमेत बिर्सनु हुँदैन । जे जस्ता पशुले टोकी घाउ बनाएको अवस्थामा रेविज विरुद्ध खोप लगाउनु पर्छ त्यो पशुले लक्षण देखाउला र उपचार गरुँला भनेर बस्नु हुँदैन । रेविज रोग निदान तपाईंलाई टोकेको रेविज सार्न सक्ने पशु हेरेर यही भन्न सकिंदैन । पशुलाई तुरुन्त मार्न हुँदैन कम्तीमा १० दिन निगरानीमा राख्नु पर्छ र १० दिन भित्र मरेमा रोग निदानको लागी प्रयोगशालामा पठाउनुपर्छ । उक्त पशुबाट निदान गर्न चाहिने तन्तु संकलन गरी चिकित्सकले परिक्षण गर्न सक्छन् । मानिसमा सुरुमा ज्वरो, मुटुको धड्कन दर, स्वास प्रस्वास दर  र रक्तचाप जाँच्नु पर्छ । यसबाहेक घाउको अवस्था हेरि रेविज विरुद्ध खोप लगाउनुपर्छ र पशुको बारेमा विवरण संकलन गर्नुपर्छ । यस अवधीमा तपाईंले बाध सम्बन्धि रोगका औषधी, औलो रोगका औषधी प्रयोग गर्ने गर्नु भएको नभएको तपाईंको पेशाकार्यको प्रकृती, अत्याधिक रेविज प्रभावित पर्यटन क्षेत्रमा भ्रमण गरे नगरेको आधारमा यसको प्रारम्भिक निदान गर्न सकिन्छ । आफैंले घरमा गर्न सकिने रेविज रोगको उपचार प्राथमिक उपचार तत्काल आफैंले गर्नुपर्छ जस्तै साबुन पानीले घाउ धुने अनि आयोडिन युक्त एण्टिसेफ्टिक टोकोको ठाउँमा लगाई सफा गर्ने जसले गर्दा रेविजको भाईरस शरिरमा प्रवेश गर्न नपाओस् । यदि टोक्ने जनावर घर पालुवा कुकुर, बिरालो रहेछ भने घर धनीको नाम ठेगाना फोन नं, सम्भव भएसम्म लिँदा राम्रो हुन्छ, जसले गर्दा चिकित्सकहरुलाई उपचार गर्न सजिलो पर्दछ । यदि जनावर फिरन्ते वा भुस्याहा र जंगली जनावर भए त्यस क्षेत्रमा कार्यरत गैर सरकारी संस्था, वन्यजन्तु कोष, चिडियाखाना नभए जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्नुहोस् । ती संस्थाले ती जनावरहरु नियन्त्रण गर्ने चाँजोपाजो मिलाउन  सक्छन् । आफैं वा वरिपरि झुम्मिएका समुदायहरुले त्यस्ता जनावर नियन्त्रण गर्ने प्रयास नगर्नु होला । यसो गरेमा अरु गम्भिर चोट पु¥याउन तथा बढी जनसमुदायलाई टोक्ने चिथोर्ने गर्न सक्छन् । स्वास्थ्य संस्थामा गरिने उपचार यदि साँच्चिकै रेविजग्रस्त जनावरले टोकेको अवस्थामा तीन चरणमा उपचार गर्न सकिन्छ । चिकित्सकले टोकेको जनावरलाई निगरानीमा राख्ने अवस्था भएमा तत्काल उपचारको लागि सल्लाह नदिन सक्छ  तर मनोवैज्ञानिक सल्लाह मात्र दिन सक्ने हुन्छ  र घाउको सफाई भाईरस मार्न सक्ने खालका एण्टिसेप्टिकको प्रयोग मात्र गर्ने हुन्छ । एक पटक मात्र लगाउनु पर्ने ह्युमेन रेविज ईम्युन ल्गोविन खोप लगाउँदा राम्रो हुन्छ । र खोप लगाउँदा कतिवटा कतिपटक कुन कुन समयमा कसरी लगाउने भन्ने सल्लाह पाउनु हुनेछ । रेविज रोग नियन्त्रण पशुमा यस रोगको न्युनिकरण नियन्त्रणको कार्यक्रम नियमित रुपमा गरिने हो भने यो रोग जन समुदायमा आफैं नियन्त्रण हुन्छ । जंगली फिरन्ते अनि भुस्याहा जनावरको सम्पर्क न्युन गर्न तिनीहरुलाई नियन्त्रणमा राख्ने वा मार्ने गर्नुपर्छ । घर पालुवा कुकुर, बिरालो जस्ता पशुमा यस रोगको विरुद्ध नियमित खोप लगाउनुको साथै यी पशुलाई जंगली जनावर, फिरन्ते तथा भुस्याहा कुकुरको सम्पर्कमा जान दिनुहुँदैन र तपाईंको टोल छिमेक, गाउँ, शहरमा यस्ता जनावरका बिगबिगी भए यिनीहरुलाई व्यवस्थापन गर्न सरकारी, गैरसरकारी संघसंस्था आदिलाई नियन्त्रणको लागी खबर गरी नियन्त्रण गर्न लगाउनु नै रेबिज रोग नियन्त्रणको मुख्य उपाय हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies