Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

रुसी फौजद्वारा युक्रेनको दक्षिणी शहर खेअरसनमाथि कब्जा

युक्रेन एक्लैले लडाइँ जित्न सक्दैनः जेलेन्स्की, रुसको चेतावनी : किएभमा ‘लक्षित आक्रमण’ हुन्छ

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेका विवरणहरू आएका छन्।

साढे दुई लाख जनसङ्ख्या रहेको सो शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारलाई गुहारेका छन्।

त्यसैगरी घाइतेहरूको उद्धारमा सघाउन पनि उनले अपिल गरेका छन्।

बेलारुसले सैन्य उपस्थिति दोबर पार्ने

बेलारुसका राष्ट्रपतिले युक्रेनसँग जोडिएको आफ्नो दक्षिणी सीमामा सैन्य उपस्थिति दोबर पार्ने बताएका छन्।

सीमामा रहेका पाँचवटा रणनीतिक बटालियन आगामी दुई दिनमा दशसम्म पुग्ने राष्ट्रपति एलेक्सेन्डर लुकासेन्कोले घोषणा गरे।

"यी उच्च प्रशिक्षित जुनसुकै स्थानमा सहजै परिचालित हुनसक्ने समूह हुन् जो बेलारुसलाई उत्तेजित पार्ने र कुनै पनि किसिमको सैन्य कारबाही रोक्न तयार छन्," उनले आफ्नो देशको सुरक्षा परिषद्लाई भने।

स्थानीय परिषद्‌का एक सदस्यले आक्रमणमा परी दुई सयभन्दा बढी व्यक्ति मारिएको र तीमध्ये धेरै सर्वसाधारण रहेको बीबीसीलाई बताएका छन्।

युक्रेन एक्लैले लडाइँ जित्न सक्दैनः जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जारी लडाइँ आफ्नो देश एक्लैले जित्न नसक्ने बताएका छन्।

निकै कडा सुरक्षा व्यवस्था भएको एउटा भवनबाट पत्रकारहरूसँग कुरा गर्दै उनले उडान प्रतिबन्धित क्षेत्र घोषणा नगर्ने अडानबारे पुनर्विचार गर्न उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोलाई आग्रह समेत गरे।

रुसमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले असर देखाउन थाले पनि त्यो पर्याप्त नभएको जेलेन्स्कीले जिकिर गरे।

रुससँग थप वार्ताको सम्भावनाबारे चर्चा गर्दै उनले त्यसका लागि पहिला युक्रेनमाथि हमला रोकिनुपर्ने स्पष्ट पारे।

उनले भनेः “तपाईँहरूलाई थाहा छ आकाशमा लडाकु विमानहरू उडिरहँदा र बमबारी भइरहँदा वार्तामा बस्न सकिँदैन। हो हामी वार्ताको पक्षमा छौँ, तर त्यसका लागि कम्तीमा मानिसहरूमाथि भइरहेका बमबारी रोकिनैपर्छ।”

किएभमा ‘लक्षित आक्रमण’ गर्ने रुसको चेतावनी

रुसले युक्रेनमा आक्रमण गरेको छैटौँ दिन मङ्गलवार मस्कोले राजधानी किएभमा, उसकै शब्दमा,‘लक्षित हमला’ गर्ने चेतावनी दिएको छ।

किएभतर्फ रुसी बख्तरबन्द गाडीको लामो लस्कर अघि बढिरहेको विवरण आएका छन्।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मङ्गलवार भएका बमबारी र क्षेप्यास्त्र हमलालाई युक्रेनले युद्ध अपराधको संज्ञा दिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending