Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

युक्रेनमा रुसले आक्रमण गर्नुअघि र पछिका तस्बिरहरू

खबरडबली संवाददाता

काठमाडौं । रुसी क्षेप्यास्त्र आक्रमणले युक्रेनका सहरहरू ध्वस्त पारेको छ।

यहाँ प्रस्तुत आक्रमणअघि र आक्रमणपछिका तस्बिरहरूले गत हप्ता रुसले गरेको आक्रमणपछि आवासीय क्षेत्रहरूमा भएको विनाश देखाउँछ।

युक्रेनको राजधानी किएभबाट केही दूरीमा रुसी सेना रहेको भए पनि राजधानी सहरमा थुप्रै घातक हवाई आक्रमण भएका छन्।

तल प्रस्तुत अपार्टमेन्टको एउटा भागमा गत शनिवार बिहानै रुसी क्षेप्यास्त्र प्रहार भएको थियो।

किएभ

किएभको २० किलोमिटर उत्तर पश्चिममा सानो सहर इर्पिन पर्छ र केही सातायता रुस र युक्रेनका सेनाहरू बीचको अग्रपङ्क्तिमा रहेको छ।

तोप र हवाई आक्रमणहरूले त्यस क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ।

एउटा आक्रमणले तल चित्रित आवासीय क्षेत्र लगभग पूर्ण रूपमा ध्वस्त बनाएको छ।

इर्पिन

युक्रेनको दोस्रो ठूलो सहर खार्किभ धेरै दिनदेखि रुसको तीव्र हवाई प्रहारको केन्द्रबिन्दु बनेको छ र त्यस सहरको केन्द्रलाई नराम्ररी क्षति पुगेको छ।

युक्रेनी अधिकारीहरूका अनुसार सहरका आवासीय र अन्य क्षेत्रहरूमा बुधवार "रातभरि अन्धाधुन्ध गोली प्रहार" गरिएको थियो।

यसबारे संयुक्त राष्ट्रका अधिकारीहरूले सम्भावित युद्ध अपराधको अनुसन्धान गरिरहेका छन्।

खार्किभ
खार्किभ

किएभबाट ६० किलोमिटर उत्तर पश्चिममा अवस्थित सहर बोरोद्यान्कामा पनि रुसी हवाई आक्रमणले धेरै आवासीय भवनहरू ध्वस्त पारेको छ।

बिहीवारको ड्रोनमार्फत कैद गरिएको दृश्यले कुन हदसम्म विनाश भयो भन्ने प्रस्ट्याउँछ।

त्यहाँका केही भवनहरूको अवशेष अझै जलिरहेको छ। सडकमा सवारीसाधनहरू छरिएका देखिन्छन्।

किएभबाट १२० किलोमिटर उत्तर पूर्वमा रहेको सहर चेर्निहिभले पछिल्ला दिनहरूमा उत्तरबाट आक्रमण गर्ने रुसी सेनाहरूको भारी प्रहारको सामना गरेको छ।

अधिकारीहरूले बिहीवार सहरका विद्यालय र एउटा अग्लो अपार्टमेन्ट भवनलगायतका आवासीय क्षेत्रमा भएका आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन्।

चेर्निहिभ
चेर्निहिभ

भूउपग्रहबाट खिचिएका तस्बिरहरूले चेर्निहिभको उत्तरमा अवस्थित रिभ्नोपिल्या नजिकैको गाउँको जमिनमा खाडलहरू देखाउँछन्।

रुसका सेनाद्वारा क्षेप्यास्त्र आक्रमणपछि जलिरहेको घरहरूबाट धुवाँ निस्किएको पनि देख्न सकिन्छ।

रिभ्नोपिल्या
 

बीबीसी 

 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending