Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

स्वास्थ्यचौकीका उपकरण प्रयोगविहीन

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन् । सुदूरपश्चिम सरकारले उपलब्ध गराएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा प्रयोगविहीन भएका हुन् । “लाखौं मूल्यका अल्ट्रासाउण्ड, इसिजी, एक्सरेलगायतका उपकरण सञ्चालन गर्नका लागि तालिमप्राप्त जनशक्ति चाहिन्छ”, स्वास्थ्यचौकी प्रमुख दुर्गादत्त भट्टले भने, “जनशक्ति नहँुदा महिनौँदेखि उपकरण कोठामै थन्किएका छन् ।”

कोभिड–१९ सङ्क्रमणका बेला नगरपालिकाले नियुक्त गरेका चिकित्सकले केही दिन उपकरण सञ्चालनमा ल्याएका थिए । नगरपालिकाको करार सम्झौता सकिएपछि चिकित्सक  फिर्ता भएसँगै उपकरण स्वास्थ्यचौकीको कोठमा थन्क्याइएका छन् । “चिकित्सकले केही उपकरणमात्रै आंशिकरूपमा सञ्चालन गरेका थिए”, उनले भने, “केही उपकरण दक्ष जनशिक्तकै अभावमा सञ्चालन हुनसकेका छैनन् ।”

दुर्गमका ग्रामीण क्षेत्रका बासिन्दालाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि उपलब्ध गराएका उपकरण प्रयोगमा नआउँदा सेवाग्राहीले महङ्गो शु:ल्क तिर्दै निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा क्लिनिकबाट सेवा लिनुपरेको छ । “उपकरण थन्क्याएर राख्दा बिग्रने सम्भावनासमेत उत्तिकै छ”, उनले भने, “एक्सरे मेसिन त सञ्चालनमा नआउँदै खिया लाग्न सुरु भइसकेको छ ।”

स्वास्थ्यचौकीलाई उपलब्ध गराएका मध्ये अल्ट्रा साउण्ड मेसिनको मूल्यमात्रै रु २६ लाख बढी छ । यसैगरी एक्सरे र इसिजी मेसिनसमेत रु २० लाखभन्दा बढी मूल्यका छन् । लाखौँ रकम खर्च गरेर उपलब्ध गराइएका मेसिन सञ्चालनमा ल्याउन नसक्नु नगरपालिकाको कमजोरी भएको स्थानीय समाजसेवी करनबहादुर ऐरले बताए । “जनतालाई सर्वसुलभ र सहजरूपमा सेवा उपलब्ध गराउनुपर्नेमा उल्टै सास्ती दिने कार्य गरेको छ”, उनले भने, “तत्काल स्वास्थ्यचौकीमा रहेका उपकरण सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गरी सञ्चालनमा ल्याउन नगरपालिकाले काम अगाडि बढाउनुपर्छ ।”

नगरप्रमुख दिलबहादुर ऐरले स्वास्थ्यचौकीमा रहेका उपकरण सञ्चालनका लागि दक्ष जनशक्तिको व्यवस्थापन गर्नका लागि कटिबद्ध रहेको जानकारी दिए । “केही दिनभित्रै उपकरण सञ्चालनका लागि जनशक्तिको व्यवस्थान गरिन्छ”, उनले भने, “त्यसका लागि सम्बन्धित शाखाका प्रमुखसँग छलफल गरी समस्या समाधान गर्छौँ ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies