Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

नेप्से परिसूचक उच्च अङ्क १०१ ले बढ्यो, पाँच कम्पनीको शेयरमा सर्किट

खबरडबली संवाददाता
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १०१.०७ अङ्कले बढेर दुई हजार ६६७.९७ मा पुगेको हो । 
 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बजार ३.९४ प्रतिशत बराबरको वृद्धि भएको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.३७ अङ्कले उकालो लागेर ५०९.९० मा पुगेको छ ।  
 
नेप्सेमा उच्च अङ्कको वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्यमात्रामा वृद्धि भएन । कूल २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता शेयर रु चार अर्ब ८७ करोड सात लाख १५ हजार ३८७ मूल्यमा खरिद बिक्री भए ।
 
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ ५४.७१, व्यापार ११३, होटल तथा पर्यटन १५८.६९, विकास बैंक २१०.५६, जलविद्युत् ७५.६५, वित्त १०७.०१, निर्जीवन बीमा ५६७.८७, उत्पादन ३०८.०६, अन्य ८६.६२, लघुवित्त १६३.७८, जीवन बीमा ९२२.१६, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.८१ अङ्कले उकालो लागेको छ ।
 
आजको कारोबारपछि बजार पुँजीकरण रु ३७ खर्ब ८० अर्ब ७७ करोड १२ लाख ९२ हजार ८६९ बराबर पुगेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३४ करोड ३६ लाख ५० हजार ९५४ बराबरको कारोबार भयो ।
 
यस्तै अपि पावर कम्पनी रु ३० करोड १७ लाख ३० हजार ५७०, आइसिएफसी फाइनान्स कम्पनी रु २१ करोड ३१ लाख १३ हजार ८७२, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड ६१ लाख ९५ हजार ५८३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु  १९ करोड ४६ लाख ७२ हजार ६९३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।
 
पाँच कम्पनीको शेयरमा सर्किट
 
नेप्सेका अनुसार विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा एशियन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । 
 
यस्तै इमर्जिङ नेपाल र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । ती कम्पनीको शेयर मूल्यमा समेत सकारात्मक सर्किट लाग्यो ।
 
उता मेगा म्युचुअल फण्ड एक २.९३, प्राइम बैंकको ऋणपत्र १.९९, कुमारी इक्विटी फण्ड १.५९, नबिल ऋणपत्र १.४९ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.०७ प्रतिशतले गुमाए । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies