Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको उम्मेदवार चयन गर्नुपर्छ: नेता सिंह

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छान्नुपर्ने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा आफ्नाभन्दा पनि राम्रा व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताए । “विगतमा पार्टी नेतृत्वले राम्राभन्दा पनि आफ्ना व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीलाई स्थानीय निर्वाचनमा असर पर्‍यो”, उनले भने ।

पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्नुपर्ने बताए । “कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घरघर जाउँ, कांग्रेस जिताउ देशव्यापी अभियान सञ्चालन गरेको छ, योग्य व्यक्तिलाई हेरेर पार्टीले स्थानीय तहको निर्वाचनमा टिकट दिनुपर्छ”, उनले भने । स्थानीयवासीसँग भिजेको व्यक्तिलाई टिकट दिँदा निर्वाचन सजिलै जित्न सकिने उनको भनाइ थियो । महासङ्घका नवनिर्वाचित अध्यक्ष रवि सिंहले आफूले निर्माण व्यवसायीको हकहितका लागि काम गर्ने र निर्माण क्षेत्रमा रहेका विकृति, विसङ्गतिको अन्त्य गर्ने बताए । कांग्रेस नेतृत्वको सरकार बनेपछि निर्माण व्यवसायीले राहत महसुस गरेको उनको भनाइ थियो । उनले कोरोनाका कारण अस्तव्यस्त बनेको मुलुकको निर्माण क्षेत्रलाई सही बाटोमा ल्याउन निर्माण व्यवसायीले आगामी दिनमा काम गर्ने बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: