Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

संरचनागत विकासमा फड्को मार्दै चन्द्रागिरि नगरपालिका

खबरडबली संवाददाता

काठमाडौँ । स्थानीय सरकार सञ्चालनमा राजनीतिक दलका प्रतिनिधिबीचमा सहकार्य, सहमति र एकता भएमा स्थानीय विकासमा फड्को मार्न सकिँदोरहेछ भन्ने उदाहरण चन्द्रागिरि नगरपालिकाले प्रस्तुत गरिरहेको छ । ‘स्थानीय सरकार’ गठनपश्चात पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धनलगायतका संरचनागत विकासका क्षेत्रमा नगरपालिकाले उल्लेख्य सफलता हासिल गरेको छ ।

विशेषगरी नगरप्रमुख घनश्याम गिरीले नगरका १५ वटै वडाको समान विकासका लागि निर्वाह गरेको समन्वकारी भूमिका र नेतृत्वलाई नगरवासीले उच्च प्रशंसा गरेका छन् । पूर्वाधार विकासका लागि योजना छनोट, बजेट विनियोजन तथा कार्यान्वनमा उनले प्रदर्शन गर्नुभएको निष्पक्षता र अग्रसरताले नगरवासीको मन जित्न सफल भएका छन्  । नगरप्रमुख गिरीले भने, “नगरवासीका आवश्यकताका आधारमा नीति तथा योजना बनाई यसलाई कार्यपालिकाबाट सहमतिमै अनुमोदन गराइ कार्यान्वयन गरिरहेका छौँ ।” शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, खेलकुद, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा नगरपालिकाले महत्वपूर्ण योजना सम्पन्न गरेको र केही योजना सम्पन्न हुने चरणमा पुगेको जनाइएको छ । 

नगरपालिकाभित्रका २४ सामुदायिक विद्यालयमध्ये २२ विद्यालय भूकम्प प्रतिरोधि आधुनिक सुविधासम्पन्न भवन बनेका छन् । करिब तीन दशक अध्यापन पेशामा व्यतित गर्नुभएका नगरप्रमुख गिरीका अनुसार ती विद्यालयमा आवश्यकतानुसार सिसीटिभी, कम्प्युटर तथा सूचना प्रविधि प्रयोगशाला र पुस्तकालयसमेत छन् । उनले भने, “शिक्षक हुँदा आर्जन गरेका ज्ञान, सीप र दक्षतालाई नगरप्रमुख भइसकेपछि अधिकतम् उपयोग गरेँ । यसले समृद्ध गरिपालिका बनाउन सहयोग पुर्‍याइरहेको छ ।  ‘हाम्रो चन्द्रागिरि’ स्थानीय पाठ्यक्रम (आधारभूत तह कक्षा १–८) पठनपाठन सुरु भइसकेको छ । यसले नगरपालिकाको पहिचान, ऐतिहासिक वैभव, प्राकृतिक तथा सांस्कृतिक सम्पदा, पर्यटकीय सम्भावना, आर्थिक एवं पूर्वाधार विकासको अवस्था, स्थानीय सरकारलगायतका विषयमा जानकारी गराउन सहयोग पुर्‍याएको छ ।”

नगरपालिकाले नगरवासीको स्वास्थ्यको स्तर माथि उठाउन उच्च प्राथमिकता दिँदै थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण गर्न लागेको छ । यसका लागि जर्मन विकास बैंक (केएफडब्लु)ले रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्ने सम्झौतासमेत गरिसकेको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा १५ श्ययाका अस्पताल सञ्चालनमा आइसकेको छ । प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ । अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटुरोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएका व्यक्तिलाई नि:शुल्क सेवा प्रदान गरिराखेको जनाएको छ । कोरोना महामारीको सुरुआती दिनदेखि यसको असर हुन नदिन नगरपालिकाले विशेष कार्ययोजना बनाई काम गरेको थियो । 

उनले भने, “कोभिड–१९ विरुद्धको खोप नगरवासीलाई सहज उपलब्ध भइरहेको छ । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन भइसकेको छ । हरेक वडामा जनशक्ति, उपकरण तथा प्रयोगशालासहित स्वास्थ्यचौकी सञ्चालनमा छन् । यसका अतिरिक्त सामुदायिक अस्पताल निर्माणमा उच्च प्राथमिकता दिएका छौँ ।”

उज्यालो चन्द्रागिरि

नगरपालिकाले ‘एक घर एक धारा’ नीतिअनुरुप काम गरिरहेको नगरप्रमुख गिरीले जानकारी दिनुभयो । यसका लागि खानेपानीका मुहान तथा ढुङ्गेधारा संरक्षण गर्दै थप बोरिङ निर्माण जारी रहेको बताइएको छ । उज्यालो चन्द्रागिरि अभियानअन्तर्गत अधिकांश सडकमा बत्ती जडान गरिएका छन् । विशेषगरी कलङ्की–नागढुङ्गा राजमार्गमा सिसीटिभी क्यामेरा तथा सडकबत्ती जडानले सुरक्षित यातायातलाई सहयोग पुर्‍याएको छ । समुदायमा उत्कृष्ट काम गरेवापत नेपाल प्रहरीले नगरपालिकालाई पहिलो पुरस्कारसमेत प्रदान गरेको थियो ।

नगरप्रमुख गिरीले भने, “सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाइएको छ । ज्येष्ठ नागरिक दिवासेवा सञ्चालन तथा उनीहरुलाई विभिन्न स्थानको भ्रमण गराइएको छ । पूर्वाधार अपाङ्गतामैत्री बनाइएको छ ।”

नगरपालिकाले सडक पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको जनाएको छ । उसले कलङ्की–नागढुङ्गा–पिपलामोड राजमार्ग विस्तारमा समन्वय गरेको थियो । साथै वाडभञ्ज्याङ–मसिने, गुर्जुधारा–बलम्बु–सिर्जनाचोक, सिप्रदी–विष्णुदेवी, सतुगङ्ल–मातातीर्थ–बौथलीचोक, भकुण्डेचौर–ढाक्सी–मच्छेगाउँ–चुनदेवी, दूरसञ्चार–किसिपिडी–मातातीर्थलगायत तथा सबै वडाका भित्री बस्तीमा जाने शाखा सडक सम्पन्न भएका छन् । उनका अनुसार बाडभञ्ज्याङ–मसिने–सातघुम्ती सडक कालोपत्र, किट्नीभञ्ज्याङ–स्वीट्जरल्याण्ड उद्यान सडक स्तरोन्नति तथा प्रशासकीय भवनको हातामा उद्यान निर्माण जारी रहेको तथा नगरका अधिकांश पुराना बस्तीमा ढुङ्गा छाप्ने काम, पक्की, ढलान तथा ढलको व्यवस्था गरिएको जनाइएको छ ।

“चन्द्रागिरि चक्रपथ योजना क्रमागतरूपमा अगाडि बढेको छ । यसले नगरको समृद्धिमा सहयोग पुग्नेछ । बल्खुखोला करिडोर निर्माण सुरुआत भएको छ”, उनले भने, “नगरका किसिपिडी र बलम्बुलाई सम्पदा बस्ती घोषणा गरी संरक्षणका काम सुरुआत भएको छ । मच्छेगाउँमा ‘पिस प्यागोडा’ निर्माण भइरहको छ ।”

आफ्नै भवन

काठमाडौँ जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाका रूपमा रहेको सो नगरपालिकाले गुर्जुधारामा आफ्नै नयाँ प्रशासकीय भवन बनाएको छ । उपत्यकाको मौलिक, सांस्कृतिक एवं कलात्मक आँखीझ्याल शैलीमा नवनिर्मित छ तलाको सोही भवनबाट नगरपालिकाले आफ्नो दैनिक कार्यसम्पादन तथा सेवा प्रवाह गरिरहेको छ । नगरप्रमुख गिरीले आफ्नो चुनावी घोषणापत्रमा नगरपालिकासहित आफ्नै वडा कार्यालयका भवन नरहेका वडाको नयाँ प्रशासकीय भवन बनाउने प्रतिबद्धता जनाएका थिए । उनले भने, “नगरपालिकाका सेवा अब प्रविधिमैत्री हुनेछन् । जिपीएस र जिआइएसमार्फत नगरपालिकाको प्रोफाइल तयार गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ । नगरपालिका स्मार्टसिटीमा रुपान्तरण हुँदैछ ।”

नगरपालिकाले नगरवासीलाई स्वरोजगार बनाउन विभिन्न आयमूलक तालिम सञ्चालनलाई उच्च प्राथमिकतामा राख्दै क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिराखेको जनाएको छ । अर्कोतर्फ देशका उत्कृष्ट १०० पर्यटकीय गन्तव्यमा रहेको इन्द्रदह क्षेत्रको थप प्रवद्र्धन गर्न ‘हाइकिङ’ र ‘साइक्लिलिङ’ निर्माण सम्पन्न भएका छन् ।

नगरप्रमुख गिरीका अनुसार विपद् व्यवस्थापनका लागि दमकल खरिद गरी सञ्चालनको अन्तिम तयारी गरिएको छ । हाल नगरपालिकाको आफ्नै एम्बुलेन्स र वडा नं २ र ३ ले पनि एम्बुलेन्स सञ्चालन गरिराखेका छन् ।  उनले भने, “थानकोट, बलम्बुमा हाल साविको काम भइरहेको छ । बलम्बुका बस्तीमा लालपुर्जा वितरण जारी छ ।” नगरपालिकाले आन्तरिक सोतअन्तर्गत वार्षिकरूपमा रु ७० करोडभन्दा बढी रकम सङ्कलन गरी विकास पूर्वाधारमा खर्च गर्ने गर्दछ । नगरप्रमुख गिरीले भने, “मैले निर्वाचनका समयमा नगरवासीसमक्ष गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको छु । समृद्धिका यात्राका लागि आवश्यक पूर्वाधार तयार भएका छन् । राजनीतिक सहकार्य, सहमति र एकतामार्फत स्थानीय विकासमा फड्को मार्न सकिँदोरहेछ भन्ने उदाहरण नगरपालिकाले प्रस्तुत गर्न सफल भएको छ ।” विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उहाँले १३ हजार ३०९ मत प्राप्त गरी नगरप्रमुखमा विजयी भएका थिए ।  

काठमाडौँ जिल्लाका दक्षिणी पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर बनाइएको चन्द्रागिरि नगरपालिकाको पछिल्लो जनसङ्ख्या एक लाख ३६ हजार ९२८ छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies