Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

बढ्न थाल्यो पर्यटकीय क्षेत्रमा चहलपहल

खबरडबली संवाददाता

म्याग्दी ।  अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । 

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बन्द रहेको पर्यटकीय क्षेत्र खुला भएसँगै नेपाल घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । विदेशी पर्यटक आउने क्रम बढेसँगै पर्यटकीय क्षेत्र पनि चलायमान हुन थालेका छन् । पर्यटकको सङ्ख्या बढेपछि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सङ्कटमा परेका होटेल तथा पर्यटन व्यावसायीमा आशा पलाएको छ । 

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमसँगै विसं २०७७ चैत महिनादेखि घोडेपानी पुनहिल क्षेत्र सुनसान भएको थियो । अघिल्ला दुई वटा वसन्त र शरद ऋतुको याम कोरोना भाइरस सङ्क्रमणले सुनसान बनाएको थियो । घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजाले दुई वर्षपछि विदेशी पर्यटक आउन थालेका बताए । “वसन्त ऋतुको सुरुवातसँगै घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको चहलपहल बढेको छ”, उनले भने “केही दिनयता दैनिक १५ जनाको हाराहारीमा विदेशी र ५० जनाको हाराहारीमा आन्तरिक पर्यटक यहाँ आएका छन् ।” पर्यटक आगमन बढ्न थालेकोमा खुसी लागेको उनको भनाइ छ ।

अध्यक्ष गर्बुजाका अनुसार वसन्त ऋतुको समयलाई पर्यटक आउने मौसमको रूपमा लिइन्छ । यो समयमा यहाँको पर्यटकीय क्षेत्रहरूमा भिड लाग्ने गर्छ । व्यवसायीले पनि राम्रो आम्दानी गर्छन् । तर, कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेसँगै विगत दुई वर्षदेखि होटेल तथा पर्यटन व्यवसाय धरापमा परेको छ । यस वर्षदेखि भने पर्यटकको सङ्ख्या बढ्दै जाने र होटेल तथा पर्यटन व्यवसायमा थप सहजता आउने अनुमान गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण थला परेको व्यवसायमा बिस्तारै चहलपहल बढ्न थालेको उनले भने ।

“पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ”, उनले भने, “लामो समय बन्द रहेको होटेल तथा पर्यटन व्यवसायले लय समात्दै छ । फागुन लागेसँगै विदेशी पाहुनाको सङ्ख्या बढेको छ ।” उनले विदेशीको सङ्ख्या अझै बढ्ने बताए । उनका अनुसार हाल आइरहेका विदेशी पर्यटकको सङ्ख्या र विगतका वर्षमा आउने विदेशीको सङ्ख्या भन्दा निकै कम हो ।” कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएकाले होटेल व्यवसायीहरू पर्यटकको सङ्ख्या बढ्ने आशामा छन् । समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जङ्गल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् ।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुद्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा अवस्थित छ । घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ । चैत–वैशाख महिनामा यहाँका वरपरका पाखामा फूलेका लालीगुराँसको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत १६ वटा हिमालको अवलोकन गर्न सकिन्छ । 

यस क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ । घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले आफू पर्यटकको पर्खाइमा रहेको बताए । स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको व्यवस्था मिलाएको उनले बताए ।  उपसमितिको बैठकले घोडेपानीमा रहेका २७ वटा होटललाई सुविधा र पूर्वाधारको आधारमा दुई समूहमा वर्गीकरण गरेको छ । ११ होटललाई (क) र १६ लाई ९ख० समूहमा वर्गिकरण गरेर फरक–फरक दररेट बनाइएको हो ।  

एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु ९५० देखि एक हजार ६०० को प्याकेज बनाएका हुन् । यसअघि सबै होटलहरुले प्रतिव्यक्ति एक रात बास बसेको, बेलुकाको खाना र बिहानको खाजाको रु एक हजार ५०० शुल्क लिने गरेका थिए । घोडेपानीका होटलमा दैनिक एक हजारभन्दा बढी बास बस्न सक्छन् । फागुन २८ गतेको बैठकले गरेको होटल वर्गीकरण र शुल्कको नयाँ दररेट २०७८ चैत १ गतेदेखि लागू हुने उपसिमतिका अध्यक्ष पुनले बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies