Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

ह्विलचेयरसहित सिंहदरबार पुगेका अपाङ्गता भएका व्यक्तिले जब शीर्ष नेतालाई घेरे...

\"disable\"काठमाडौं । राष्ट्रिय अपाङ्ग महासंघले सिंहदरबारमा बिहिबार जारी चार शीर्ष दलका नेताहरुलाई संविधानमा आफ्नो अधिकार सुनिश्चितता गर्नको लागि ज्ञापन पत्र बुझाएका छन् । संविधानमा राजनीतिक अग्राधिकार, समानुपातिक समावेशी अधिकार ग्यारेन्टी गर्नुपर्ने बताउँदै महासंघले केन्द्रीय तहसम्मको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने लगायतका मागहरु राखेका थिए । वैठक जारी भइरहेको बेलामा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई महासंघले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री सुशील कोइरालाले अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चितता गर्नका लागि छलफल भइरहेका  बताएका छन् । ओलीले भने अपाङ्गताको अधिकार संविधानमा समेट्न प्रयास गरिने बताउँदै भने, ‘संविधान कसको लागि हो ? जनताकै लागि हो । तपाईंको सुझाव पनि आगामी बन्ने संविधानमा समेट्ने प्रयास गरिरहेका छौं । ’ यसका साथै एमाओवादी अध्यक्ष प्रचण्डले यस विषयमा छलफल भइरहेको महासंघलाई जानकारी गराए । उनले भने, ‘हिजो मात्रै पनि अपाङ्गता भएका व्यक्तिको अधिकार कसरी सुनिश्चितता गर्ने भन्ने विषयमा छलफल गरेका थियौं । तपाईंहरुको अधिकार सुनिश्चित गर्छौं ।’ यस्तै फोरम लोकतान्त्रिकका अध्यक्षले महासंघले संविधान निर्माणको अन्तिम अवस्थामा आएर ज्ञापन पत्र बुझाएर राम्रो गरको बताउँदै भने, ‘तपाईंको अभिकार सुनिश्चित हुनुपर्छ र गर्छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending