श्रावण २१ गते, २०७२ बिहिवार 6th August, 2015 Thu१४:३८:०८ मा प्रकाशित
काठमाडौँ । बङ्गलादेशमा सञ्चालन हुने सोह्र वर्षमुनि (यु–१६) उमेर समूहको तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीको विहीबार बिदाइ गरियो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको बिदाइ कार्यक्रममा सङ्घका अध्यक्ष एवम सभासद् गणेश थापाले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
यही साउन २४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न छ राष्ट्रले भाग लिने भएका छन् । उक्त प्रतियोगितामा सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरेकोमा नेपाल समूह ‘बी’मा परेको छ ।
समूह ‘बी’मा नेपालसहित अफगानिस्तान र माल्दिभ्स छन् । त्यस्तै, समूह ‘ए’ मा भारत, श्रीलङ्का र बङ्गलादेश छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् । प्रत्येक समूहको शीर्ष दुई÷दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।
सन् २०११ मा काठमाडौँमा नै भएको पहिलो साफ च्याम्पियनसिपमा नेपाल तेस्रो भएको थियो । त्यस्तै, सन् २०१३ मा भएको दोस्रो साफ च्याम्पियनसिपमा नेपालले भारतसँग पराजित हुँदै दोस्रो स्थान हासिल गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा यही साउन २५ गते माल्दिभ्सको सामना गर्नेछ ।
नेपाली टोलीमा गोलरक्षक अर्पण कार्की, आकाश रानाभाट, सन्देश गुरुङ छन् । त्यस्तै, डिफेन्डरमा रोमन लिम्बू, लक्ष्मण परियार, राजन गुरुङ, पवन कार्की, अनोस मगर, सुमन अर्याल र आशिष केसी छन् ।
मिडफिल्डरमा अभिषेक रिजाल, दिवस उरउ, कप्तान मनिस कार्की, सेसेहाङ आङ्दम्वे, अनिल महर्जन, विकास आले छन् भने फरवार्डमा राजिव लोप्चन, रेजिन सुब्बा, दिनेश हेनजन, प्रिजन तामाङ, राजेश परियार र क्षितिजराज जिटी छन् ।
त्यस्तै, मुख्य प्रशिक्षकमा उपेन्द्रमान सिंह छन् भने सहायक प्रशिक्षक राजेश मानन्धर छन् । टोली आज नै त्यसतर्फ प्रस्थान गर्दैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: