Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

दूध र दहीका फाइदा सँगै अनेकौँ बेफाइदा पनि

खबरडबली संवाददाता

काठमाडौँ । हाम्रो समाजमा दुधका बारेमा धेरै गलत धारणा पाइन्छन् । हाडजोर्नीका लागि क्याल्सियमको आपूर्ति गर्न प्रशस्त मात्रामा दुध खाने धेरै छन् । प्राचिनकालदेखि नै दैनिक दुध खाने चलन भएको हामी सबैलाई थाहा भएकै कुरा हो । पोषणको दृष्टिकोणले हेर्ने हो भने दुधलाई एउटा पोषिलो खानाको रुपमा मान्न सकिन्छ ।

यसले पर्याप्त क्यालोरी प्रदान गर्छ, जसले हामीलाई शक्ति प्रदान गर्छ । बालबालिकाको शारीरिक विकासका लागि प्रोटिन नभई नहुने कुरा हो । दूध प्रोटिनको धेरै राम्रो स्रोतको रुपमा मानिन्छ । बिरामीहरुलाई पनि पर्याप्त प्रोटिन र इनर्जी चाहिने भएकाले दुध खानु अत्यन्तै उपयोगी हुन्छ त्यसैले ईनर्जी र प्रोटिनको आवश्यकता भएमा दैनिक दुध खान मिल्छ ।

दुधका यी फाइदा यसको एउटा पक्षमात्रै हो । दुधका अनेक बेफाइदा पनि छन् । विशेष गरी चिल्लो नझिकिएको दुधमा कोलेस्ट्रोल पर्याप्त मात्रामा हुन्छ । गाईको दुध भन्दा भैंसीको दुधमा झन बढी कोलेस्ट्रोल र क्यालोरी हुन्छ ।

एउटा स्वस्थ पुरुष वा महिलालाई थप क्यालोरी र कोलेस्ट्रोल दुवैको आवश्यकता हुँदैन । दुधको प्रयोग गरेमा कोलेस्ट्रोल बढ्ने र अनावश्यक क्यालोरीले मोटोपनाको सम्भावना पनि बढाउने हुनाले दुधको प्रयोग गर्नुपर्ने अवश्यकता नरहेको तथ्य बुझ्न सकिन्छ ।

दुधमा पाइने कोलेस्ट्रोलले रगतमा कोलेस्ट्रोलको मात्रा बढाएर मुटुरोग लगाउने सम्भावना बढाउँछ । त्यसकारण बढ्दो बालबालिकालाई छोडेर कसैले पनि फ्याट भएको दुध नै खानु जरुरी देखिदैन । कुपोषण भएका वा बिरामीहरुलाई दुध दिनु  अलग कुरा हो ।

लो फ्याट दुध (Low Fat Milk) जसमा फ्याटको मात्रा १.२ प्रतिशत भन्दा कम हुन्छ, नेपालमा सजिलैसँग नपाइने भएकाले चिल्लो  (Fat) झिकेको दुध थोरै मात्रामा खानमिल्छ । तर मोटो मानिसले वा कोलेस्ट्रोल बढी भएको व्यक्तिले दुध नखाए राम्रो हुन्छ । चियामा पनि धेरै दुधको प्रयोग नगरे राम्रो हुन्छ ।

दुधबाट फ्याट (तर) भिकेर दही बनाएको खान मिल्छ । फ्याट वा गुलियो नभएको दही स्वास्थ्यका लागि बरु राम्रो मानिन्छ । प्रतिदिन खानामा चिल्लो कम भएको सादा (गुलियो नभएको) दही खानु राम्रो हुन्छ । यसले खानालाई स्वादिष्ट ्र मात्रै होइन, स्वस्थकर पनि बनाउँछ । – डा, ओममूर्ति अनिल  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy