Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

न्याय सेवाका साठीजनालाई जिल्ला न्यायाधीशका लागि सिफारिस

\"न्यायकाठमाडौं । न्याय परिषद्ले न्याय सेवामा कार्यरत ६० जना अधिकृतलाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले उनीहरुलाई न्यायाधीशका लागि सिफारिस गरेको हो । परिषद्का सचिव कृष्ण गिरीका अनुसार न्याय सेवामा कार्यरत वरिष्ठ अधिकृतलाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो । नयाँ न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका अधिकृतहरुमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता रमानाथ पौडेल, पुनरावेदन सरकारी वकिल कार्यालय पोखराका सरकारी वकिल बलराम त्रिपाठी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रकाशकुमार अधिकारी, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका कानुन अधिकृत बाबुकाजी बानियाँ, सोही मन्त्रालयका कानुन अधिकृत कोमलप्रसाद आचार्य, राजेन्द्र नेपाल, तीर्थराज केसी, पुनरावेदन सरकारी वकिल कार्यालय सुर्खेतका उपन्यायाधिवक्ता देवकुमार गिरी, पुनरावेदन सरकारी वकिल कार्यालय दिपायलका उपन्यायाधिवक्ता रमेश शर्मा पौडेल रहेका छन् । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव विनोदकुमार गौतम, विशेष सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता धनीश्वर पौडेल, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका कानुन अधिकृत प्रकाशप्रसाद पण्डित, महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता मदनबहादुर धामी, काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार श्रीप्रसाद सञ्जेल, प्रशासकीय अदालतका उपरजिष्ट्रार रमेशकान्त अधिकारी, राजस्व न्यायाधीकरण काठमाडौंका स्रेस्तेदार महेन्द्रप्रसाद पोखरेल, पुनरावेदन अदालत जनकपुरका उपरजिष्ट्रार किशोर घिमिरे, सर्वोच्च अदालतका उपरजिष्ट्रार भीष्मराज प्रसाईं छन् । जिल्ला न्यायाधीशमा सिफारिस भएकाहरुमा विशेष अदालतका उपसचिव हेमबहादुर सेन, न्यायपरिषद् सचिवालयका उपसचिव नारायणप्रसाद दाहाल, सर्वोच्च अदालतका उपरजिष्ट्रार नारायणप्रसाद शर्मा, शान्ति तथा पुनःनिर्माण मन्त्रालयका उपसचिव केशवकुमार पाण्डे, पुनरावेदन सरकारी वकिल कार्यालय जनकपुरका उपन्यायाधिवक्ता राजकुमार कोइराला, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता शङ्करबहादुर राई, विशेष सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता दिवाकर भट्ट, सर्वोच्च अदालतका उपरजिष्ट्रार मनोज केसी, सर्वोच्च अदालतका सम्पादक अम्बिकाप्रसाद निरौला, सर्वोच्च अदालतका इजलास अधिकृत ध्रुवराज त्रिपाठी, सोही अदालतका इजलास अधिकृतत्रय शिवप्रसाद खनाल, वासुदेव पौडेल, शान्तिप्रसाद आचार्य, पुनरावेदन अदालत सुर्खेतका उपरजिष्ट्रार सनतचन्द्र लवट, श्रम अदालतका रजिष्ट्रार नरनारायण पौडेल र सर्वोच्च अदालतका उपरजिष्ट्रार दुर्गाबहादुर भुसाल रहेका छन् । त्यसैगरी, सर्वोच्च अदालतका इजलास अधिकृतहरु जवाहरप्रसाद सिंह, लालकाजी श्रेष्ठ, उमानाथ गौतम, दीपक ढकाल, फणीन्द्रप्रसाद पराजुली, रामप्रसाद न्यौपाने, कमलप्रसाद ज्ञवाली, वासुदेवलाल श्रेष्ठ, रामराजा उप्रेती, ईश्वर पराजुली, विष्णुप्रसाद गौतम, चित्रबहादुर गुरुङ, अनिकुमार शर्मा, केशवप्रसाद घिमिरे, पीताम्बर शर्मा, हरिप्रसाद कोइराला, रमेशप्रसाद रिजाल, बाबुराम सुवेदी, पुनरावेदन अदालत धनकुटाका उप रजिष्ट्रार हरिशचन्द्र इङ्गनाम, सर्वोच्च अदालतका उप रजिष्ट्रार प्रकाश राउत, पुनरावेदन सरकारी वकिल कार्यालय विराटनगरका उपन्यायाधिवक्ता प्रकाश श्रेष्ठ, पुनरावेदन सरकारी वकिल कार्यालय विराटनगरका उपन्यायाधिवक्ता रोशन गजुरेल, सर्वोच्च अदालतका अनुसन्धान अधिकृत कृष्णप्रसाद पौडेल, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता कृष्णजङ्ग शाह, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका कानुन अधिकृत अवनी मैनाली भट्टराई पनि सिफारिस हुनेहरुमध्येका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending