Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

आफ्नो कडा हातलाई यसरी बनाउनुहोस् नरम

\"6-Beauty-Tips-for-Beautiful-and-Soft-Hands\"अनुहारको रेखदेखको चक्करमा हामी धेरैजसो आफ्नो हातलाई बिर्सने गर्दछौं र यो दिनप्रतिदिन कठोर हुने गर्दछ । हातलाई नरम बनाउनको लागि हामी तपाईंलाई केही घरेलु तरिका बताउँदैछौं । १. कागतीको रस र दुधः तपाईंको घरमा दुध र कागती सजिलैसँग पाउन सकिन्छ । थोरै दुधलाई उमाल्नु होस् र त्यसलाई चिसो हुन दिनुहोस् । चिसो भएपछि यसमा ग्लिसिरिनको केही थोपा र कागतीको रस मिसाउनुहोस् । यो मिश्रणलाई आधा घण्टासम्म यत्तिकै राख्नुहोस् । त्यसपछि यो मिश्रणले राम्रो तरिकाले आफ्नो हातमा बिस्तारै बिस्तारै मालिस गर्नुहोस् । नियमित यसो गर्नाले केही दिनमा तपाईंको हातको छाला नरम हुने गर्दछ । २. बटरः रातीको खाना बनाउने बेला तातो प्लेट अथवा पानीमाथि बटरको पत्र उल्टो राखेर २ चम्चा बटरलाई पगाल्नुहोस् । बटर पग्लिएपछि त्यसमा ५–१० चम्चा काँक्रोको रस र बदामको तेलको केही थोपा हाल्नुहोस् । अब एउटा चम्चाको सहायताले यसलाई राम्रोसँग मिसाउनुहोस् र यो मिश्रणलाई आफ्नो हातमा लगाउनुहोस् । १५ मिनेट पछि यसलाई धुनुहोस् । बटर धुनको लागि मनतातो पानी अथवा दूध भएको साबुनको प्रयोग गर्नुहोस् । ३. नरिवलको तेलः नरिवलको तेल कपालको साथै हातको लागि पनि निकै राम्रो मानिन्छ । हातमा नरिवलको केही थोपा लगाउनुहोस् । यो तेललाई सुत्नुभन्दा पहिले आफ्नो हातमा लगाउनुहोस् र बिहान उठेर हेर्नुहोस् तपाईंको हात कति नरम हुन्छ । ४. जैतूनको तेलः यो तेलको प्रयोग खानको लागि बढि गरिन्छ । हातलाई नरम बनाउनको लागि पनि यसको प्रयोग गरिन्छ । एक सानो भाँडोमा १ चम्चा जैतूनको तेल हाल्नुहोस् र औंलाको सहायताले हातमा लगाउनुहोस् । यसलाई राम्रोसँग मसाज गर्नुहोस् ता कि तपाईंको शरिरले सबै तेल सोसोस् र छालालाई स्वस्थ र सुन्दर बनाओस् । अब १० मिनेट पछि मनतातो पानीले धुनुहोस् । यदि तपाईंलाई हात अझै चिल्लो नै छ जस्तो लाग्छ भने दूधयुक्त साबुनले हात धुनसक्नुहुन्छ । ५. मह लगाउनुहोस्ः मह एक निकै राम्रो मोइस्चुराइजर हो, यसले छाला नरम बनाइरहन मद्दत गर्छ । आधा मुछिएको आलू, तीन चम्चा मह र केही चम्चा दूध लिनुहोस् । यी सबैलाई मिसाएर आफ्नो हातमा लिनुहोस् र लगाउनुहोस् । यसलाई १५ मिनेटसम्म लगाउनुहोस् र धुनुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending