Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

चितवन मेडिकल कलेजमा आधुनिक ट्रमा सेन्टर सञ्चालन

खबरडबली संवाददाता
चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा आधुनिक ट्रमा सेन्टर सञ्चालनमा आएको छ । चौबीसँ घण्टा सुविधा दिने गरी सेन्टर सञ्चालन गरिएको हो । 
 
अस्पतालका निर्देशक डा दयाराम लम्सालले घाइते र अन्य बिरामी एकै ठाउँमा राखेर उपचार गर्दा कहिलेकाहीँ घाइते प्राथमिकतामा नपर्ने हुँदा छुट्टै ट्रमा सेन्टर सुरु गरिएको बताए । उनले भने,  “इमर्जेन्सीमा कहिले मुटु, कहिले ब्रेनहेमरेज, कहिले सानो बच्चा बिरामी आउँदा ट्रमाको बिरामी प्राथमिकतामा नपर्न सक्छन् तर ट्रमा सेन्टरमा प्राथमिकता पाउँछन् ।” घाइतेको उपचारमा अझै बढी ध्यान पुगोस् भनेर सेवा सुरु गरिएको उनले बताए  ।  
 
ट्रमा सेन्टरमा विशेषज्ञ चिकित्सकलाई छिटो जोड्न सकिने डा लम्सालले बताए । उनले भने,  “ट्रमा सेन्टर बनाउँदा घाइते र अन्य बिरामीलाई न्याय हुन्छ । विकसित राष्ट्रमा ट्रमा सेन्टर छुट्टै बनाउने प्रचलन छ ।” दुवै प्रकृतिका बिरामी एकै ठाउँमा राखेर उपचार गर्न हुँदैन भन्ने नभएको उल्लेख गर्दै उनले ट्रमा सेन्टर बनाउँदा उत्तम भएको बताए । उनले भने,  “यो उत्तम कार्य हो भनेर हामीले सुरु गरेका हौँ । अझै छिटोछरितो र गुणस्तरीय सेवा होस् भन्ने चाहना हाम्रो हो ।” 
 
ट्रमा सेन्टरमा एनेस्थेसिया, जनरल सर्जरी, अर्थोपेडिक सर्जरी, म्याग्जिलोफेसियल लगायतका सेवालाई सक्रिय गर्न सजिलो हुने बताउँदै डा लम्सालले भने, “ट्रमा टिम नै चाहिन्छ, एक जना मात्रै भएर हुँदैन ।”
 
ट्रमा हेर्दै आएका सघन उपचारसम्बन्धी विशेषज्ञ डा वसन्त गौलीका अनुसार ट्रमाका सम्पूर्ण मापदण्ड पालना गरेर सेवा सुरु गरिएको छ । सेन्टरमा ट्रमा आकस्मिक कक्ष, ट्रमा सघन उपचार कक्षु, ट्रमा शल्यक्रिया कक्ष, ट्रमा पोष्टअप, ट्रमा वार्ड छन् । दुर्घटनाका घाइते परीक्षणका लागि आवश्यक पर्ने, एक्सरे, सिटीस्क्यान, एमआरआइलगायत सम्पूर्ण सुविधा सेन्टरमा नै उपलब्ध रहेको उनले जानकारी दिए । 
 
डा गौलेले भने, “जनरल इमर्जेन्सी (आकस्मिक कक्ष) मा मेडिकल, सर्जकल सबै खालका बिरामी हुन्छन् । उनीहरुको गम्भीरता हेरेर पहेँलो, हरियो र रातो भनेर छुट्याइन्छ । आकस्मिकमा कुनै बिरामीलाई विस्तारै उपचार गर्दा पनि हुन्छ । त्यही भीडमा ट्रमा (दुर्घटनालगायतका घाइते) बिरामी आयो भने अलपत्र पर्न सक्छ ।” ट्रमा सेन्टरमा दुर्घटनाका घाइते मात्रै आउने हुँदा उनीहरुले समयमै राम्रो र गुणस्तरीय उपचार  पाउने उनको भनाइ छ । 
 
उनले भने, “आकस्मिक कक्षमा आएदेखि कसरी हेर्ने, कसले हेर्ने, शल्यक्रिया कति समयमा गर्ने भन्ने मापदण्डका आधारमा उपचार हुन्छ । आकस्मिक शल्यक्रिया गर्नु परे तत्काल हुन्छ । २४सै घण्टा चिकित्सक हुन्छन् ।” ट्रमा सेन्टरमा दुर्घटनाका घाइते आउँदै छन् भनेपछि त्यहीअनुसार तयारी हुने बताउँदै डा गौलीले भने, “कतिपय बेवारिसे घाइते अस्पताल पुगेर अलपत्र पर्ने हुन्छ तर ट्रमा सेन्टरमा आएका घाइते अलपत्र पर्दैनन् ।” 
 
दुर्घटनाका घाइतेका आफन्त दुई चार घण्टापछि मात्रै आउन सक्ने बताउँदै उनले त्यस्तो घाइतेलाई कसरी उपचार सुरु गर्ने, उपचारमा चाहिने औषधि लगायतका सामग्रीको व्यवस्थापन ट्रमाको टिमले गर्ने धारणा राखे ।उनले भने, “रक्त सञ्चार केन्द्र, आफन्त, प्रहरीलगायत साना साना कुरामा पनि समन्वय हुन्छ ।” 
 
अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले ट्रमा सेन्टर चितवनको स्वास्थ्य सेवामा एउटा नयाँ आयाम भएको बताउनुभयो । उहाँले चितवनमा विशिष्टीकृत सेवासहितको ट्रमा सेन्टर सञ्चालनमा आएसँगै चितवन र आसपासका जिल्लाका दुर्घटनाका घाइते उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो । देशको केन्द्र भाग र राजमार्गको सञ्जालमा रहेकाले जिल्लामा दुर्घटनाका धेरै घाइते आउने गर्दछन् । ट्रमा सेन्टर सुरु भएसँगै घाइते लाभान्वित हुने छन् । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies