Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सेनाको कल्याणकारी कार्यलाई प्रभावकारी बनाइने

\"nepal-army-logo\"काठमाडौं । नेपाली सेनाले सैनिक कल्याणकारी कोषबाट सञ्चालन गर्दै आएको कल्याणकारी कार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने भएको छ ।   सैनिक कल्याणकारी योजना निर्देशनालयले शुक्रबार जङ्गी अड्डामा पत्रकार सम्मेलन गरी कोषबाट सञ्चालन हुँदै आएका स्वास्थ्य सेवा, शिक्षा, आर्थिक राहत, बिमा, परिवार आवास र सीपमूलक व्यावसायिक तालिमका कार्यलाई प्रवाकारी बनाउँदै लैजाने उल्लेख गरेको छ ।   निर्देशनालयका निर्देशक सहायक रथी ज्ञानेन्द्रजङ्ग रायमाझीले चालु आव २०७२÷७३ मा त्रिचन्द्र मिलिटरी अस्पताल र नर्सिङ कलेज सञ्चालनका सुविधायुक्त भवनको निर्माण तथा मेडिकल पोलिटेक्निस कलेजको भवन पूरा भई सञ्चालन कार्य अगाडि बढाइएको जानकारी दिए ।   त्यसैगरी अवकाशप्राप्त सैनिकको हेरचाहका लागि कोषको स्वामित्व रहने गरी काठमाडौंको लप्सेफेदीमा १० आवा कुटी निर्माण कार्य जारी रहेको र बुटवलको रामनगरमा ‘फ्युल स्टेसन’ सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।   निर्देशक रायमाझीले प्रशोधित पिउने पानीको प्लान्ट सञ्चालन भइरहेको, सिभिल एक्स्प्लोसिप प्लान्ट र डँडेलधुरामा पोलिक्लिनिक सञ्चालन भइरहेको, द्वन्द्वका घाइतेलाई स्कुटर वितरण र पशुपतिस्थित सैनिक सेवा केन्द्रमा किरियापुत्री बस्ने भवन निर्माण भइरहेको बताए ।   उक्त कार्यक्रमका लागि निर्देशनालयले सैनिक कल्याणकारी कोषमा जम्मा भएको रकम उपयोग गर्ने छ । निर्देशनालयका अनुसार कोषमा गत असार मसान्तमा ३४ अर्ब चार करोड ८३ लाख जम्मा भएको छ ।   विभिन्न बैंक तथा वित्तीय संस्थामा राखिएका कोषका रकमबाट नेपाली सेनाले कल्याणकारी कार्य गर्दै आएको उल्लेख गर्दै निर्देशनालयका विज्ञ सल्लाहकार धनीदास कार्कीले कोषलाई प्रभावकारी बनाउँदै लैजाने बताए ।   सहायक रथी सुरेशराज थापाले कोषको मुख्य स्रोत शान्ति स्थापनार्थ कार्यमा विश्वका विभिन्न मुलुकमा सहभागी भएबापत प्राप्त रकम भएको जानकारी दिए ।   भूकम्पपीडितलाई राहत   निर्देशनालयले उक्त कोषबाट गत आव २०७१÷७२ भूकम्प र त्यसपछिका कम्पनबाट पीडित बहालवाला तथा अवकाशप्राप्त सैनिकलाई लक्ष्य गरी कोषबाट राहत वितरण गरेको छ । विपद्मा परी मृत्यु भएका बहालवाला प्रतिमृतक तीन लाख, पूर्ण घर क्षति भएका सैनिकलाई प्रतिव्यक्ति ५० हजार र आंशिक क्षति भएका सैनिकलाई प्रतिव्यक्ति २५ हजार राहत उपलब्ध गराइएको हो ।   कर्तव्यपालनका सिलसिलामा घाइते भई अङ्गभङ्ग भएका बहालवाला सैनिकलाई अशक्तताका आधारमा एक लाखसम्म आर्थिक राहत उपलब्ध गराइएको छ ।   त्यसैगरी सैनिकका छोराछोरी निःसहाय भएकालाई कक्षा १ देखि १२ कक्षामा अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराइने निर्देशनालयका निर्देशक रायमाझीले जानकारी दिए । नेपाली सेनाले विनाशकारी भूकम्प २०७२ राहत व्यवस्थापन मूल समिति एवम् केन्द्रीयस्तर र बाहिनीस्तर रहने गरी सहायता कक्षको गठन गरी सञ्चालनमा ल्याएको थियो ।   गत आवमा नै नेपाली सेना कल्याणकारी बोर्ड, नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्युट, नेपाली सेना व्यावसायिक तालिम केन्द्र, क्षेत्रीयस्तरमा भूतपूर्व सैनिक सम्मेलन, लघुवित्त कर्जा र सवारी साधन ऋण योजनालगायत कल्याणकारी कार्य सञ्चालन गरिएको थियो ।   नेपाली सेना संयुक्त राष्ट्रसङ्घीय मिसनमा शान्ति स्थापनार्थ कार्यमा विश्वका विभिन्न मुलुकमा सहभागी भएबापत प्राप्त करिब एक करोड २४ लाख एक हजारबाट विसं २०३२ मा सैनिक कल्याणकारी कोषको स्थापना भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending