Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

सेनाको कल्याणकारी कार्यलाई प्रभावकारी बनाइने

\"nepal-army-logo\"काठमाडौं । नेपाली सेनाले सैनिक कल्याणकारी कोषबाट सञ्चालन गर्दै आएको कल्याणकारी कार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने भएको छ ।   सैनिक कल्याणकारी योजना निर्देशनालयले शुक्रबार जङ्गी अड्डामा पत्रकार सम्मेलन गरी कोषबाट सञ्चालन हुँदै आएका स्वास्थ्य सेवा, शिक्षा, आर्थिक राहत, बिमा, परिवार आवास र सीपमूलक व्यावसायिक तालिमका कार्यलाई प्रवाकारी बनाउँदै लैजाने उल्लेख गरेको छ ।   निर्देशनालयका निर्देशक सहायक रथी ज्ञानेन्द्रजङ्ग रायमाझीले चालु आव २०७२÷७३ मा त्रिचन्द्र मिलिटरी अस्पताल र नर्सिङ कलेज सञ्चालनका सुविधायुक्त भवनको निर्माण तथा मेडिकल पोलिटेक्निस कलेजको भवन पूरा भई सञ्चालन कार्य अगाडि बढाइएको जानकारी दिए ।   त्यसैगरी अवकाशप्राप्त सैनिकको हेरचाहका लागि कोषको स्वामित्व रहने गरी काठमाडौंको लप्सेफेदीमा १० आवा कुटी निर्माण कार्य जारी रहेको र बुटवलको रामनगरमा ‘फ्युल स्टेसन’ सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।   निर्देशक रायमाझीले प्रशोधित पिउने पानीको प्लान्ट सञ्चालन भइरहेको, सिभिल एक्स्प्लोसिप प्लान्ट र डँडेलधुरामा पोलिक्लिनिक सञ्चालन भइरहेको, द्वन्द्वका घाइतेलाई स्कुटर वितरण र पशुपतिस्थित सैनिक सेवा केन्द्रमा किरियापुत्री बस्ने भवन निर्माण भइरहेको बताए ।   उक्त कार्यक्रमका लागि निर्देशनालयले सैनिक कल्याणकारी कोषमा जम्मा भएको रकम उपयोग गर्ने छ । निर्देशनालयका अनुसार कोषमा गत असार मसान्तमा ३४ अर्ब चार करोड ८३ लाख जम्मा भएको छ ।   विभिन्न बैंक तथा वित्तीय संस्थामा राखिएका कोषका रकमबाट नेपाली सेनाले कल्याणकारी कार्य गर्दै आएको उल्लेख गर्दै निर्देशनालयका विज्ञ सल्लाहकार धनीदास कार्कीले कोषलाई प्रभावकारी बनाउँदै लैजाने बताए ।   सहायक रथी सुरेशराज थापाले कोषको मुख्य स्रोत शान्ति स्थापनार्थ कार्यमा विश्वका विभिन्न मुलुकमा सहभागी भएबापत प्राप्त रकम भएको जानकारी दिए ।   भूकम्पपीडितलाई राहत   निर्देशनालयले उक्त कोषबाट गत आव २०७१÷७२ भूकम्प र त्यसपछिका कम्पनबाट पीडित बहालवाला तथा अवकाशप्राप्त सैनिकलाई लक्ष्य गरी कोषबाट राहत वितरण गरेको छ । विपद्मा परी मृत्यु भएका बहालवाला प्रतिमृतक तीन लाख, पूर्ण घर क्षति भएका सैनिकलाई प्रतिव्यक्ति ५० हजार र आंशिक क्षति भएका सैनिकलाई प्रतिव्यक्ति २५ हजार राहत उपलब्ध गराइएको हो ।   कर्तव्यपालनका सिलसिलामा घाइते भई अङ्गभङ्ग भएका बहालवाला सैनिकलाई अशक्तताका आधारमा एक लाखसम्म आर्थिक राहत उपलब्ध गराइएको छ ।   त्यसैगरी सैनिकका छोराछोरी निःसहाय भएकालाई कक्षा १ देखि १२ कक्षामा अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराइने निर्देशनालयका निर्देशक रायमाझीले जानकारी दिए । नेपाली सेनाले विनाशकारी भूकम्प २०७२ राहत व्यवस्थापन मूल समिति एवम् केन्द्रीयस्तर र बाहिनीस्तर रहने गरी सहायता कक्षको गठन गरी सञ्चालनमा ल्याएको थियो ।   गत आवमा नै नेपाली सेना कल्याणकारी बोर्ड, नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्युट, नेपाली सेना व्यावसायिक तालिम केन्द्र, क्षेत्रीयस्तरमा भूतपूर्व सैनिक सम्मेलन, लघुवित्त कर्जा र सवारी साधन ऋण योजनालगायत कल्याणकारी कार्य सञ्चालन गरिएको थियो ।   नेपाली सेना संयुक्त राष्ट्रसङ्घीय मिसनमा शान्ति स्थापनार्थ कार्यमा विश्वका विभिन्न मुलुकमा सहभागी भएबापत प्राप्त करिब एक करोड २४ लाख एक हजारबाट विसं २०३२ मा सैनिक कल्याणकारी कोषको स्थापना भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending