Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

रोष्टममा प्रचण्डको एक घण्टा

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सम्बद्र्धन एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताउएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले नीति कार्यक्रममा अपुग भएका विषयलाई प्रधानमन्त्रीले सम्बोधनका क्रममा समेट्नुहुने विश्वास व्यक्त गरे। राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिइन् ।

राजनीतिक दलकाबीचमा साझा धारणा निर्माण गरी सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय समस्या समाधानका लागि पनि सबै राजनीतिक दलबीच एकता हुनुपर्नेमा जोड दिए। एक अर्कालाई दोषारोपण गरेर मात्रै समस्याको समाधान नहुने उल्लेख गर्दै उनले मुलुकको समस्या समाधानका लागि साझा प्रयास, संकल्प आवश्यक रहेको उल्लेख गरे। 

“देशको विद्यमान समस्या समाधान गर्नका लागि एकै ठाँउमा उभिनुपर्ने बेला राजनीतिक दल एक आपसमा घोचपेच गर्ने, दोषारोपण गर्नेतर्फ लागेकामा मलाई चिन्ता लागेको छ”, पूर्वप्रधानमन्त्री दाहालले भने, “स्थानीय तहको निर्वाचनमा कुन राजनीतिक दलको सिट कति बढ्यो वा घट्यो भन्दा पनि संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो वा बढेन भन्ने विषय नै यतिबेलाको प्रमुख विषय हो ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय तहको निर्वाचनले संविधान मिच्न चाहने प्रवृत्तिलाई राम्रो जवाफ दिएको उल्लेख गर्दै उहाँले संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई जोगाउन जुनस्तरको तत्परता देखाप¥यो त्यसले सहज वातावरण बनाएको बताए । उनले स्थानीय तहको निर्वाचन एकै चरणमा नै सफल बनाउन लाग्ने सरकार, राजनीतिक दल, मतदाता एवम् सबै वर्ग, समूह तथा नागरिक समाजलाई धन्यवाद दिए ।

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक रुपमा लज्जास्पद हार भएको संश्लेषण गर्ने, अनि संसद्मा आएर सरकार र गठबन्धनले जबरजस्ती ग¥यो भनेर गरेको टिप्पणी तर्कसंगत नभएको अध्यक्ष दाहालको भनाइ छ । मतगणना सम्पन्न हुँदै गएपछि सरकारलाई धारे हात लगाउनुको कुनै पनि अर्थ नभएको उनको भनाइ छ ।  

संविधान निर्माण भएपछि राजनीतिक स्थायित्व होओस् भनेर वामगठबन्धन हुँदै एउटै कम्युनिष्ट पार्टी बनाउने पहलकदमी लिएको तथ्य पेश गर्दै उनले झण्डै दुईतिहाई जनमत प्राप्त भएको पार्टीलाई के कारणले बचाउन सकिएन भन्ने प्रश्नको जवाफ इतिहासले खोज्ने बताए । अध्यक्ष दाहालले भने, “जसको सहयोगमा दुईदुई पटक प्रधानमन्त्री बन्यो, उसैलाई अर्काको वैशाखी टेकेको भनेर टिप्पणी गर्न कसरी सुहाउँछ । अघिल्लो सरकार एमालेको थियो भनेर कसरी भन्न सकिन्छ ।”

माओवादी केन्द्रको सहयोगमा नै उहाँ ९केपी ओली० दुईदुई पटक प्रधानमन्त्री बन्नुभएको तथ्य नबिर्सन आग्रह गर्दै अध्यक्ष दाहालले भने, “तपाईं माओवादी केन्द्रको वैशाखी टेकेर नै दुईदुई पटक प्रधानमन्त्री बन्नुभएको होइन ?” प्रतिपक्षी दलका नेता दम्भ, अहंकारबाट पछि हट्न नसकेको आफूले पाएको उल्लेख गर्दै उहाँले आजको परिस्थिति कसले बनायो ?त्यसको जिम्मेवारी कसले लिने भनी प्रश्न गरे । 

एउटा शक्तिका साथ माओवादी एमाले अध्यक्ष ओलीसँग बहस गर्न तयार रहेको उल्लेख गर्दै उनले सरकारको नीति तथा कार्यक्रममाथि उहाँ ९ओली०ले गरेको टिप्पणीमा नै विरोधाभाष रहेको बताए । “नीति कार्यक्रम गतिहीन छ भनेर पनि भन्ने, अनि एमाले सरकारले ल्याएको नीति कार्यक्रम सारेर ल्याइयो पनि भन्ने ? प्रतिपक्ष दलको नेताले राख्नुभएको विषय विरोधाभाष छैन र ?”, उनले भने । 

शान्ति प्रक्रिया र संविधानसभामार्फत अगाडि बढेको राजनीतिक प्रक्रियामा आफूहरु सहभागी हुँदै आइरहेको तथ्य पेश गर्दै उहाँले शान्ति सम्झौतालाई अपमान गर्ने काम कोही कसैले पनि गर्न नहुने बताए । “एकले अर्कोलाई अपमानित गर्ने, निषेध गर्ने तरिकाले लियौँ भने यो राजनीतिक प्रणालीमार्फत नेपाली जनतालाई दिन खोजेको कुरा दिन नसकिँदैन”, उनले भने 

तत्कालीन नेकपाको सरकार र पार्टीभित्र हुनथालेको जनविरोधी गतिविधिका विरुद्ध आफूहरुले प्रश्न उठाएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले भने, “विगतमा सरकारको नीति तथा कार्यक्रम जनपक्षीय भएन भनेर टिप्पणी गरिएको, नेकपाकै सांसदले प्रश्न उठाउनुभएको होइन रु जनताको पक्षमा नभएको भनिएको होइन ? निर्वाचनका बेला जारी गरिएको घोषणापत्रअनुसार बजेट र नीति कार्यक्रम आए त ?”

संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर, पार्टीभित्र भएको विवादलाई समाधान नगरेर जनप्रतिनिधिमूलक संस्थाको विघटन गरिएको होइन ? भन्ने प्रश्न गर्दै अध्यक्ष दाहालले भने, “पार्टीभित्रको विवाद समाधान गर्न नसकेर संसद् विघटन गर्न पाइन्छ ?” नेकपाभित्र चलेको वैचारिक बहसलाई विधिसम्मत तरिकाले हल गरिएको भए मुलुकले यो अवस्था व्यहोर्नु नपर्ने उनको भनाइ थियो । 

संविधान र मुलुकलाई दुर्घटनामा जानबाट रोक्ने उद्देश्यले वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै उहाँले गठबन्धनलाई बलियो बनाउने र प्रतिगामीलाई निर्वाचनमार्फत पररास्त गर्न जनतासमक्ष गरिएको अपिल धम्कीका रुपमा लिन नहुने बताए। देश, जनताको आवश्यकतालाई सम्बोधन गर्न, मूल्यवृद्धि तथा आर्थिक संकट समाधान गर्न सबै वर्ग तथा क्षेत्र र राजनीतिक दलले सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले काठमाडौँको प्रमुख र धरानको प्रमुख साँचो अर्थमा स्वतन्त्ररुपमा स्थानीय तहको निर्वाचनमा सफल भएको बताए। अध्यक्ष दाहालले भने, “स्थानीय तहको निर्वाचनमा जुन विचार र संकल्पसहित जनतामा प्रस्तुत भए, त्यसलाई विशिष्ट मान्नुपर्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा थप दुई नयाँ फूल थपिएको म ठान्छु ।” यसले राजनीतिक दलले उम्मेदवार छनोट गर्ने विषयमा ध्यान दिनुपर्ने र राजनीतिक दल मात्रै पूर्ण छाँै भनेर सोच्न नहुने र सचेत हुनका लागि एउटा अवसर प्रदान गरेको बताए। 

अध्यक्ष दाहालले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर भए पनि जनतालाई राहत दिन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिसकेको सदनलाई जानकारी दिए । उनले सरकारको नीति तथा कार्यक्रमले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, ऊर्जालगायतका विषयमा प्राथमिकता दिएकाले सही मार्गमा डोहोरिएको बताए ।

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने नीति कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिँदै उहाँले दक्षिण छिमेकी मुलुकले केही खाद्यान्न निर्यातमा रोक लगाएका अवस्थालाई अवसरका रुपमा लिनुपर्ने बताए । “नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि के कस्ता नीति बनाउनुपर्ने, के कस्तो मेहनत गर्नुपर्ने अब गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास सङ्कटले भारतका रेस्टुरेन्ट जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...

निर्वाचनको परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...

पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न रास्वपाका नेताहरुलाई राजु पाण्डेको आग्रह

काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै आगामी प्रधानम...

भोलि भारत जादै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने तयारीमा छन्। उनी नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा गेस्ट अफ अनरको ...

गृहमन्त्री अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङल बीच शिष्टाचार भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेको छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा...

ग्यास अभाव र मूल्यवृद्धि: संकटको समयमा उपभोक्ता ठग्ने विक्रेतालाई कारवाही गर्न माग

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारले तोकेको मूल्यभन्दा बढी बिक्री गर्ने जोकोहीलाई...

रूपन्देहीमा ६ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद

सिद्धार्थनगर। रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला ...

पार्टीलाई विजयी गराउन नसकेको भन्दै रास्वपा रुकुम पश्चिमका सभापति शाहीले दिए राजीनामा

रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...

अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरे

काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...

बाँकेमा ४७ उम्मेदवारको जमानत जफत

नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE