प्रचण्डकै शैलीमा आफूलाई बाध्यात्मक अवस्था आएको बाबुरामले बोल्न नपाउँदै अनन्त पुनः कड्कन पुगे । ‘तपाईंहरुले एकपछि अर्को गर्दै एजेण्डा छोड्ने हो भने हामी पार्टीमा विद्रोह गर्छौ‘माओवादीलाई फसाउने खेल हुँदा पनि हामीले बहुपहिचानका मुद्दा किन छोड्नुपर्यो ? अब हाम्रा पुराना मुद्दा र एजेण्डमा दायाँबायाँ गर्न पाइदैंन ।’ पुनको आपत्तिमा गजुरेल, शर्मा, नन्दकिशोर पुनले पनि बहुपहिचानको ६ प्रदेशबाट पार्टी पछाडि फर्कन नहुने बताए । युवा र जिम्मेवार नेताहरु नै आगो भएर पुराना अडान नछोड्न दबाब दिएपछि बैठकमा बाबुराम भट्टराई उनीहरुलाई सम्झाउन अघि सरे । प्रचण्डकै शैलीमा आफूलाई बाध्यात्मक अवस्था आएको बाबुरामले बोल्न नपाउँदै अनन्त पुनः कड्कन पुगे । ‘तपाईंहरुले एकपछि अर्को गर्दै एजेण्डा छोड्ने हो भने हामी पार्टीमा विद्रोह गर्छौ ।’ संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, धर्मका विषयमा नेतृत्व झुकेको भन्दै बैठकमा अधिकांश सदस्य नेतृत्वविरुद्ध खनिन थालेपछि भट्टराईले यस्तै हो भने म पार्टी र संवाद समितिको सभापतिबाटै राजीनामा दिन्छु भनेका थिए ।
उपेक्षित, उत्पीडित, आदिवासी, दलित, महिला, मधेसीका लागि लडेको पार्टी आफ्ना पुराना अडान छोड्दै नाटकीय रुपमा सहमति गर्दै अगाडि बढेको भन्दै उनीहरु नेतृत्वविरुद्ध खनिएका हुन्तर, सदस्यहरुले पार्टीबाट राजीनामा वा संवाद समितिबाट राजीनामाले फरक नपर्नेभन्दै आफू लड्दै आएको मुद्दा महत्वपूर्ण भएको बताएका थिए । अर्का नेता जनार्दश शर्माले पनि माओवादीका नेताहरुले पदसँग एजेण्डा साट्न नहुने बताए । टोपबहादुर रायमाझीसहितका केही नेता लुम्बिनी टुक्राउन पाइदैंन भन्दै संघीयता विरोधी हुँदै कांग्रेस र एमालेको कित्तामा उभिंदै हस्ताक्षर अभियान चलाएकोमा समेत सदस्यहरुले तीव्र विरोध जनाएका थिए । उपेक्षित, उत्पीडित, आदिवासी, दलित, महिला, मधेसीका लागि लडेको पार्टी आफ्ना पुराना अडान छोड्दै नाटकीय रुपमा सहमति गर्दै अगाडि बढेको भन्दै उनीहरु नेतृत्वविरुद्ध खनिएका हुन् । शीर्ष बैठकमा प्रचण्ड एक्लै सहभागी भएकोप्रति पनि केही सदस्यहरुले विरोध जनाएका थिए । कांग्रेस र एमालेबाट शीर्षसहित अरु नेता सहभागी भए पनि माओवादीबाट शीर्ष नेता मात्रै सहभागी हुन नहुने उनीहरुको भनाई थियो । माओवादीमा नेता नारायणकाजी श्रेष्ठले पनि कांग्रेस एमालेको कुरा मान्दै जाँदासमेत संविधान निर्माणमा उनीहरुबाटै अडान राख्ने र अर्कोतिरको विवाद झिकेको आरोप लगाएका छन् । यस अघि झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरमा विवाद भए पनि यो मिल्दै गर्दा फेरि अखण्ड लुम्बिनी, अखण्ड अर्को के भन्दै माओवादीलाई गलाउने भएको भन्दै सदस्यहरुले १६ बुँदे र यस अघिका सहमति सम्झौताबाट पछाडि नफर्कन नेतृत्वलाई सुझाए ।
प्रतिकृया लेख्नुहोस्: