Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

एकै परिवारका ७ जनाको मृत्युपछि शोकमग्न चुरे काछका बस्ती, भन्छन् : गाउँको रानो नै हरायो

'गाउँबाट बिरामी भएर उपचारका लागि काठमाडौँ पुग्नेहरू त्यहाँ राजन भेटेपछि ढुक्क हुन्थे'

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरी र धनुषा जिल्लालाई छुट्याउने रातु नदी वारिपारिका चुरे काछका बस्ती अहिले शोकमग्न बनेको छ । 

आइतबार पोखरा–जोमसोम उडानको तारा एयरको विमान दुर्घटनामा पर्दा परिवारभित्रकै सात जनाको अकल्पनीय मृत्यु भएपछि महोत्तरीत, बर्दिबास–३ का पर्साहीधाप, रजबास र धनुषा, मिथिला–११ का लोटा, चुरे र बाहुनमारा बस्तीमा शोक छाएको हो ।

दुर्घटनामा परी लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ उहाँकी धर्मपत्नी ७१ वर्षीया सुकमाया तामाङ, सोही बस्तीका मकरबहादुरकै दिदी–भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोलेको मृत्यु भएको छ । 

यसैगरी मकरबहादुरकै बहिनी र ज्वाइँ हाल काठमाडौँका बासिन्दा ६५ वर्षीया तुलसादेवी तामाङ र  पुरुषोत्तम गोलेको पनि सोही घटनामा परी मृत्यु भएपछि यहाँका जोडिएका यी बस्तीमा अहिले रुवाबासी छ । परिवारका नाताभित्रका सातै  तीर्थ गर्न मुक्तिक्षेत्र जाँदै थिए । 

“मकर सर हामी सबैका अभिभावक हुनुहुन्थ्यो, बस्ती वरपरका सुख, दुःखमा खोजखबर गर्नासाथ पुग्नुहुन्थ्यो, अहिले हामीलाई घरकै मुख्य अभिभावक गुमाएको पीडा छ”, लोटा बस्तीकी ४५ वर्षीया दुर्गा ध्रुङ्च्याङ्री मगरले  भने, “गाउँको रानो नै गयो ।” 

विगतमा चुरेस्थित रातु ठाकुर आधारभूत विद्यालयका शिक्षक रहनुभएका मकरबहादुरका महोत्तरी र धनुषाका यी बस्तीमा घरघरै शिष्य छन् । शिक्षण पेसाबाट सेवानिवृत्त भएपछि सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका मकर सर ‘आँखामा राख्दा पनि नबिझाउने’ व्यक्तिका रूपमा यहाँका बासिन्दाले सम्झना गर्छन् ।

“गत शुक्रबार बिहानपख त हो, ‘नानी, हामी तीर्थ गर्न हिँड्यौँ, साता दिनमा आउँला, राम्ररी बस है’, भन्दै जानुभएको” ४५ वर्षीया छिमेकी तुलसा पौडेल भन्छन, “कहिल्यै नफर्कनुरहेछ, आँखामा झलझली मकर सरको अनुहार नाचिरहेछ ।” 

यसैगरी यहाँका बासिन्दा मकरका भाञ्जा राजन गोलेलाई पनि सम्झँदै भक्कानिन्छन् ।

“कति फरासिला थिए राजन भाञ्जा, काठमाडौँबाट गाउँ झरेपछि खानेपानी, बाटोघाटो र बिजुलीको प्रबन्ध के–कस्तो छ बुझ्ने गर्नुहुन्थ्यो”, लोटाकै ६५ वर्षीया शान्ति श्रेष्ठ भन्छन्, “कति सहयोगी राजन भाञ्जा, गाउँबाट बिरामी भएर उपचारका लागि काठमाडौँ पुग्नेहरू त्यहाँ राजन भेटेपछि ढुक्क हुन्थे ।” 

काठमाडौँमै निजी व्यवसाय गर्ने राजन चाडपर्व मान्न भने गाउँ आउने गरेका श्रेष्ठ सम्झन्छन्। मकरसँग दाजुभाइको साइनो लगाउने सबैले राजनलाई भाञ्जाकै सम्बोधन गर्ने गरेको शान्ति बताउँछन्। 

विमान हराएको खबर सनसनी फैलिएपछि आइतबार दिउँसो नै मकर सरको घरमा इष्टमित्र, आफन्त र वरपरका छिमेकीको जमघट बढेको थियो । “विमान हराएको खबर फैलियो, आइतबार दिनभरि हामी मकर सरलगायत सबै आफन्त सकुशल भेटिउन् भन्ने प्रार्थना गरी रह्यौँ, तर दैवलाई यो हाम्रो पुकारा मञ्जुर रहेनछ”, सोमबार दुर्घटनाग्रस्त विमान भेटिएर यात्रु सबैको मृत्यु भएको पुष्टि भएपछि छिमेकको बस्ती महोत्तरीको पर्साहीधापका सामाजिक कार्यकर्ता बुद्ध मोक्तान भन्छन्, “हाम्रो पूरै बस्ती शोकमा छ ।” 

रातु वारिपारिका दुवैतिरका बस्तीका बासिन्दा आपसी दुःखसुख साट्दै एउटै सामाजिक वातावरणमा बस्दै आएका बताउँदै मोक्तानले अहिले लोटा बस्तीको शोकको सन्नाटा आफ्नातिरका पर्साहीधाप र रजबासमा पनि उत्तिकै रहेको बताए। 

विमान दुर्घटनाको खबर फैलिएसँगै मकर सरको घरमा आफन्तको भीड लाग्दै आएको छ । छोरीहरु शान्ति र कान्ति विह्वल छन् । बुहारीहरु प्रेमा, पार्वती र प्रतिष्माका रुदारुदा आँखाका डिल सुनिएका छन् । त्यहाँ पुग्ने सबै रुन थालेपछि सान्त्वना दिने पनि कोही देखिँदैनन् ।

“शनिबार राति ९ बजेतिर बुवा–आमा र ठूली फुपू (राममाया गोले) सँग फोनमा कुरा भएथ्यो, दुई–तीन दिनभित्रै फर्कन्छौँ भन्नुहुन्थ्यो”, मकरबहादुरकी ठूली छोरी शान्तिले बिलौना गर्दै भन्छन्, “बुवा, आमा, पूmपू, फूपाजु र भानिज भाइ राजनले हामीलाई छाड्नुरहेछ, एकसाथ मान्यजन सबै रित्तिँदा टुहुरा बन्यौँ ।”

मकरबहादुर गाउँ नै बसेपनि आफ्नै बस्तीका दिदी भिनाजु (राजनका बुवाआमा) भने छोरा राजनका परिवारसँग काठमाडौँ नै बस्दै आएका थिए। यसपालि सिङ्गो परिवारको तीर्थाटनको मेसोचाहिँ लण्डन बस्ने मकरका भाञ्जा (राजनका भाइ) मनोज गोलेले मिलाएका रहेछन् । 

“मनोजले लण्डनबाट फोन गरेर बुवा, आमा, मामा, माइजु, सानाबा र सानिमा दाइ (राजन)लाई लिएर तीर्थ जानु, म खर्च पठाउँछु भन्दै आउनुभएको थियो, गत चैतदेखिकै आजभोलि भन्दै जाने कार्यक्रम ढिलो भयो, गत साता राजनले काठमाडौँबाट फोन गरेर मामा, माइजु आउनु, अरु सबै हामी यतै (काठमाडौँ) छौँ भनेपछि बुवाआमा गत शुक्रबार घरबाट काठमाडौँ जानुभएको हो”, मकरबहादुरकी कान्छी छोरी कान्तिले भनिन्, “दिनदिनैजसो कुरा त भइनै रहेथ्यो, शनिबार रातिको बोली सुन्नु अन्तिम रहेछ ।”

घटना थाहा पाउनासाथ मकरबहादुरका ठूला छोरा उत्तम काठमाडौं गएका छन्। माहिला भूषण विदेश छन् । कान्छा सुरेश काठमाडौँमै काम गर्छन् । यता राजनका भाइ मनोज लण्डनबाट यसतर्फ आउँदै गरेका खबर आएको मकरबहादुरका जेठा ज्वाइँ (शान्तिका पति) मदन लामाले बताए। 

सँगै करेसा जोडिएको ससुराली घरको वियोगले मदन पनि इन्तुनचिन्तु भएका छन्। “खै कसलाई सम्झाउँ ? आफ्नै मन अधिर छ”, मदनले भने, “जसको आड पाएर यहाँ आइयो, अब कोही रहेनन्, जता हे¥यो वैराग लाग्छ ।” 

ससुरा मकरबहादुर र फूपू सासुका छोरा राजनको ढाडस पाएर पुख्र्यौली घर ढल्केबरबाट लोटा बसाइँ सारेको बताउने मदनले अब हेरविचार गर्ने सबै गुमेका रुँदै बताए। 

घरपरिवार आफन्तजनमात्र नभएर टोल छिमेकका अन्य बस्तीका पनि सबैलाई रिझाएर हिँड्ने मकर सर र राजन सधैँसधैँ आपूmहरूको सम्झनामा रहने छिमेकको रजबास बस्तीका सामाजिक कार्यकर्ता रामबहादुर थापा बताउँछन्।

“उहाँहरु (मकरबहादुर र राजन) सधैँ सामाजिक कामलाई उच्च महत्व दिनुहुन्थ्यो, सधैँ उहाँहरुको अभाव खट्किरहनेछ”, थापाले विह्वल हुँदै भने, “जे नहुनु थियो, त्यही भयो”, अहिले लोटासहित चुरे काछ बस्तीका सबैको एउटै विलाप छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending