Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

बन्दले यात्रु अलपत्र

\"KTM_BANDA\"धनगढी । अखण्ड सुदूरपश्चिमको माग गर्दै आह्वान गरिएको हडतालका कारण गन्तव्यतर्फ जाने यात्रुको बिचल्ली भएको छ । बन्दका कारण शनिबार दोस्रो दिन पनि धनगढीबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेपछि भारतलगायत विभिन्न ठाउँबाट आएका सयौँ यात्रु धनगढी बसपार्कमा अलपत्र परेका हुन् । बन्दबाट कैलालीका धनगढी, अत्तरिया, टीकापुर, लम्कीलगायत क्षेत्रका पसल, उद्योगधन्दा, कलकारखाना, शिक्षण संस्था सबै ठप्प हुँदा जनजीवन नराम्रोसँग प्रभावित भएको छ । बन्द आह्वानकर्ताले आज पनि बिहानैदेखि प्रदर्शन जारी राखेका छन् । बन्दका कारण पर्याप्त मात्रमा होटलसमेत नखुल्दा एउटै कोठामा आफूहरुले ठेलमठेल गरेर बस्नुपरेको भारतको पुनाबाट आएर धनगढी बसबिसौनीमा अलपत्र परेका कैलाली, लम्कीका ललित विष्टले गुनासो गरे । धनगढीको बसबिसौनीका होटलमा झन्डै दुई सय यात्रु गन्तव्यतर्फ जान नपाई अलपत्र परेको अर्का यात्रु बलबहादुर धामीले बताए । बन्दका कारण दैनिक मजदुरी गरेर गुजारा गर्नेहरु पनि मर्कामा परेका छन् । व्यापार व्यवसाय ठप्प भएपछि दैनिक उपभोग्य वस्तुसमेत नपाउँदा समस्या भएको उपभोक्ताको गुनासो छ । यता थारु सम्बद्ध पार्टी तथा सङ्घसङ्गठनले पनि विज्ञप्ति जारी गरी अखण्ड सुदूरपश्चिमबाट कैलाली कञ्चनपुरलाई अलग गरी थरुहट प्रदेशमा गाभ्नुपर्ने बताउँदै आन्दोलन थालेपछि सर्वसाधारण दोहोरो मारमा परेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending