Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

रुसको नियन्त्रणमा परेका दुई ब्रिटिश र मोरक्कोका एक नागरिकलाई मृत्युदण्ड

सेभेरोडोनेट्स्कमा भीषण लडाईँ, मानिसहरूलाई शहरबाहिर निकाल्न 'असम्भव'

खबरडबली संवाददाता

काठमाडौं । स्वघोषित डोनेट्स्क गणराज्यको रुसपक्षधर विद्रोहीहरूको नेतृत्वमा रहेको अदातलले ब्रिटेनका दुई र मोरक्कोका एकजना नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको रुसी सरकारी समाचार संस्था आरआइएएनले जनाएको छ।

युक्रेनी फौजको पक्षबाट लडिरहेका बेला उनीहरू कब्जामा परेका थिए।

अन्तर्राष्ट्रिय मान्यता नपाएको उक्त स्वघोषित अदालतका अध्यक्षले उनीहरूले महिनादिनभित्र सजायबारे पुनरावेदन गर्न सक्ने बताएका छन्।

यूके सरकारले आफ्ना नागरिकहरूलाई दिइएको मृत्युदण्डप्रति "गहिरो चासो" व्यक्त गरेको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

'हामीले युद्धबन्दीलाई राजनीतिक उद्देश्यका लागि दुरूपयोग गरिनुहुन्न भनेर बारम्बार भनिरहेका छौँ' प्रधानमन्त्री बोरिस जोनसनकी एकजना प्रवक्ताले बताएका छन्।

ती प्रवक्ताले जिनिभा महासन्धि अन्तर्गत युद्ध बन्दीहरूलाई युद्धमा सहभागी भएको कारण अभियोजन चलाउन नमिल्ने जनाएका छन्।

ब्रिटिश विदेशमन्त्री लीज ट्रसले उक्त फैसलालाई "कुनै वैधता नभएको बनावटी निर्णय" बताएकी छन्।

रुसले उक्त पृथकतावादी क्षेत्र र "लुहान्स्क गणराज्य"लाई फ्रेबुअरीमा युक्रेनमा हमला सुरु गर्नुअघि मान्यता दिएको थियो।

डोनबास क्षेत्रमा पूर्वी भेगका डोनेट्स्क र लुहान्स्क पर्छन्।

सेभेरोडोनेट्स्कमा भीषण लडाईँ

पूर्वी युक्रेनी शहर सेभेरोडोनेट्स्कमा लडाइँ मत्थर हुने कुनै छनक नदेखिँदा त्यहाँका सडकमा गोली हानाहान र भीषण बमबारी चलिरहेका विवरण प्राप्त भएका छन्।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको पूर्वी डोनबास क्षेत्रको भविष्य लडाइँकाबीच टुङ्गो लाग्न सक्ने बताएका छन्।

सेभेरोडोनेट्स्कका सैन्य प्रमुखले लडाइँ कठिन भए पनि आफूहरू लडिरहेको बताए।

उनले युक्रेनी फौजले अझै त्यहाँको औद्योगिक क्षेत्र र आसपासका क्षेत्रमा नियन्त्रण कायम राखेको जनाएका छन्।

'भाग्य निर्धारण गर्ने लडाइँ'

राष्ट्रपति जेलेन्स्कीले सेभेरोडोनेट्स्क शहरका लागि भएको लडाइँबाट पूर्वी डोनबास क्षेत्रको 'भाग्य निर्धारण हुनसक्ने' बताएका छन्।

उनले त्यहाँ चलिरहेको "कठिन" लडाइँमा युक्रेनले क्षतिहरू बेहोरिरहेपनि रुसतर्फ समेत उच्च सङ्ख्यामा क्षति पुर्‍याएको दाबी गरे।

लुहान्स्क क्षेत्रका गभर्नर सेर्हेई हाइडाइले युक्रेनी फौजहरू शहरबाट पछाडि धकेलिएको र उनीहरूले केही बाहिरी भागमा मात्र नियन्त्रण गरिरहेको बताएका छन्।

गभर्नर हाइडाइनले युक्रेनले यदि लामो दूरी प्रहार गर्न सक्ने पश्चिमा हतियार पाउने हो भने "रुस पश्चिमा विश्वसँग हार्ने र हाम्रा रक्षकहरूले दुईदेखि तीन दिनभित्र सेभेरोडोनेट्स्क खाली गर्न सक्ने" बताएका छन्।

मानिसहरूलाई शहरबाहिर निकाल्न 'असम्भव'

गभर्नर हाइडाउने बन्दुकहरूमा पुन: गोलीगठ्ठा भर्नेबेलामा मात्र सेभेरोडोनेट्स्कमा मौनता छाइरहेको जनाए।

शहरमा भएका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने काम 'यतिबेला असम्भव भएको' समेत उनले बताएका छन्।

त्यसैगरी मारिऊपोल शहरमा ध्वस्त भएका भवनका भग्नावशेषमा सयौँ शवहरू भेटिएको उक्त शहरको मेयरका एकजना सल्लाहकारले बताएका छन्।

रुसी नियन्त्रणमा रहेको उक्त शहरमा प्रत्येक भवनका भग्नावशेषमा ५० देखि १०० जनाको शव भेटिएको भन्दै त्यसलाई 'मृत्युको अन्त्यहीन लस्कर' भनेर टेलिग्राम मेसेजिङ एपमा लेखेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending