Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

रुसको नियन्त्रणमा परेका दुई ब्रिटिश र मोरक्कोका एक नागरिकलाई मृत्युदण्ड

सेभेरोडोनेट्स्कमा भीषण लडाईँ, मानिसहरूलाई शहरबाहिर निकाल्न 'असम्भव'

खबरडबली संवाददाता

काठमाडौं । स्वघोषित डोनेट्स्क गणराज्यको रुसपक्षधर विद्रोहीहरूको नेतृत्वमा रहेको अदातलले ब्रिटेनका दुई र मोरक्कोका एकजना नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको रुसी सरकारी समाचार संस्था आरआइएएनले जनाएको छ।

युक्रेनी फौजको पक्षबाट लडिरहेका बेला उनीहरू कब्जामा परेका थिए।

अन्तर्राष्ट्रिय मान्यता नपाएको उक्त स्वघोषित अदालतका अध्यक्षले उनीहरूले महिनादिनभित्र सजायबारे पुनरावेदन गर्न सक्ने बताएका छन्।

यूके सरकारले आफ्ना नागरिकहरूलाई दिइएको मृत्युदण्डप्रति "गहिरो चासो" व्यक्त गरेको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

'हामीले युद्धबन्दीलाई राजनीतिक उद्देश्यका लागि दुरूपयोग गरिनुहुन्न भनेर बारम्बार भनिरहेका छौँ' प्रधानमन्त्री बोरिस जोनसनकी एकजना प्रवक्ताले बताएका छन्।

ती प्रवक्ताले जिनिभा महासन्धि अन्तर्गत युद्ध बन्दीहरूलाई युद्धमा सहभागी भएको कारण अभियोजन चलाउन नमिल्ने जनाएका छन्।

ब्रिटिश विदेशमन्त्री लीज ट्रसले उक्त फैसलालाई "कुनै वैधता नभएको बनावटी निर्णय" बताएकी छन्।

रुसले उक्त पृथकतावादी क्षेत्र र "लुहान्स्क गणराज्य"लाई फ्रेबुअरीमा युक्रेनमा हमला सुरु गर्नुअघि मान्यता दिएको थियो।

डोनबास क्षेत्रमा पूर्वी भेगका डोनेट्स्क र लुहान्स्क पर्छन्।

सेभेरोडोनेट्स्कमा भीषण लडाईँ

पूर्वी युक्रेनी शहर सेभेरोडोनेट्स्कमा लडाइँ मत्थर हुने कुनै छनक नदेखिँदा त्यहाँका सडकमा गोली हानाहान र भीषण बमबारी चलिरहेका विवरण प्राप्त भएका छन्।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको पूर्वी डोनबास क्षेत्रको भविष्य लडाइँकाबीच टुङ्गो लाग्न सक्ने बताएका छन्।

सेभेरोडोनेट्स्कका सैन्य प्रमुखले लडाइँ कठिन भए पनि आफूहरू लडिरहेको बताए।

उनले युक्रेनी फौजले अझै त्यहाँको औद्योगिक क्षेत्र र आसपासका क्षेत्रमा नियन्त्रण कायम राखेको जनाएका छन्।

'भाग्य निर्धारण गर्ने लडाइँ'

राष्ट्रपति जेलेन्स्कीले सेभेरोडोनेट्स्क शहरका लागि भएको लडाइँबाट पूर्वी डोनबास क्षेत्रको 'भाग्य निर्धारण हुनसक्ने' बताएका छन्।

उनले त्यहाँ चलिरहेको "कठिन" लडाइँमा युक्रेनले क्षतिहरू बेहोरिरहेपनि रुसतर्फ समेत उच्च सङ्ख्यामा क्षति पुर्‍याएको दाबी गरे।

लुहान्स्क क्षेत्रका गभर्नर सेर्हेई हाइडाइले युक्रेनी फौजहरू शहरबाट पछाडि धकेलिएको र उनीहरूले केही बाहिरी भागमा मात्र नियन्त्रण गरिरहेको बताएका छन्।

गभर्नर हाइडाइनले युक्रेनले यदि लामो दूरी प्रहार गर्न सक्ने पश्चिमा हतियार पाउने हो भने "रुस पश्चिमा विश्वसँग हार्ने र हाम्रा रक्षकहरूले दुईदेखि तीन दिनभित्र सेभेरोडोनेट्स्क खाली गर्न सक्ने" बताएका छन्।

मानिसहरूलाई शहरबाहिर निकाल्न 'असम्भव'

गभर्नर हाइडाउने बन्दुकहरूमा पुन: गोलीगठ्ठा भर्नेबेलामा मात्र सेभेरोडोनेट्स्कमा मौनता छाइरहेको जनाए।

शहरमा भएका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने काम 'यतिबेला असम्भव भएको' समेत उनले बताएका छन्।

त्यसैगरी मारिऊपोल शहरमा ध्वस्त भएका भवनका भग्नावशेषमा सयौँ शवहरू भेटिएको उक्त शहरको मेयरका एकजना सल्लाहकारले बताएका छन्।

रुसी नियन्त्रणमा रहेको उक्त शहरमा प्रत्येक भवनका भग्नावशेषमा ५० देखि १०० जनाको शव भेटिएको भन्दै त्यसलाई 'मृत्युको अन्त्यहीन लस्कर' भनेर टेलिग्राम मेसेजिङ एपमा लेखेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending