Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

युक्रेन द्वन्द्वपछि पुटिन पहिलो पटक ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणमा जाने

खबरडबली संवाददाता

रूस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्वको शुरुवात्पछि मध्य एसियाली देशहरू - ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।  युक्रेन द्वन्द्वपछि उनको यो पहिलो विदेश भ्रमण हो । 

रोसिया-१ राज्य टेलिभिजन स्टेशनका क्रेमलिन संवाददाता आरपावेल जरुबिनले राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने  कार्यक्रम रहेको उल्लेख गरेका छन् । 

त्यसैगरी दुशान्बेमा पुटिनले ताजिकस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई भेट्ने छन् । राष्ट्रपति इमोमाली रहमोन रुसका निकट सहयोगी हुन् भने पूर्व सोभियत राज्यका सबैभन्दा लामो समयसम्म शासन गर्ने शासक पनि  हुन्।  

यसैगरी अस्गाबातमा उनले अजरबैजान, काजाकिस्तान, इरान र तुर्कमेनिस्तानका नेताहरू सहित क्यास्पियन राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको पनि जारुबिनले बताएका छन् ।

युक्रेनमा आक्रमणपछि रुसी नेताको यो पहिलो विदेश भ्रमण हो जुन मस्को माथि लगाइएका थुप्रै प्रतिबन्धहरू पछि रासर्वजनिक भएको छ ।  

यसबाहेक, जर्मनीमा हुन लागेको जी-७ शिखर सम्मेलनमा युक्रेनका विषयमा विशेष ध्यान केन्द्रित हुने जनाइएको छ ।  जी-७ शिखर सम्मेलनको सन्दर्भमा बभेरियन आल्प्समा भेला भएका विश्वका धनी राष्ट्रहरूका नेताहरूले युक्रेनलाई वार्ताको मुख्य विषयका रूपमा प्रस्तुत गर्ने सङ्केत गरिसकेका छन् ।

यसै बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने बताएका छन् ।  सुन रूसको लागि दशौं अर्ब डलरको ठूलो निर्यातको वस्तु हो।

यसअघि पनि बाइडेनले ट्वीट गर्दै  "संयुक्त राज्य अमेरिकाले पुटिनलाई युक्रेन विरुद्धको युद्धको लागि आवश्यक पर्ने ठूलो रकम उठाउँने निर्यात हुने वस्तुहरू माथि प्रतिबन्ध लगाइसकेको' सङ्केत गरेका छन्  । त्यस्तै जी-७ देशहरूले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउँने पनि बताउँदै आएका छन् । 

रुस विरुद्धका यस्ता कदमहरू शुरुमा बेलायतले सार्वजनिक गरेको थियो ।  नाम नछाप्ने शर्तमा एक वरिष्ठ अमेरिकी प्रशासन प्रतिनिधिले पत्रकारहरूलाई बताएअनुसार जी-७ ले मङ्गलबार सुन आयात प्रतिबन्धको आधिकारिक घोषणा गर्नेछ।

जर्मन चान्सलर ओलाफ स्कोल्जसँग राष्ट्रपति बाइडेनको बैठकको विषय युक्रेन वार्ता हुने सङ्केत ह्वाइट हाउसले  गरेको छ ।
"नेताहरूले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिएका छन् । साथै युक्रेनलाई रुसी आक्रमणबाट लोकतन्त्रको रक्षा गर्न मद्दत गर्न सैन्य, आर्थिक, मानवीय र कूटनीतिक समर्थनको निरन्तरतालाई जोड दिएका छन्," ह्वाइट हाउसको  विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै विज्ञप्तिमा नेताहरूले विश्वव्यापी खाद्य र ऊर्जा सुरक्षामा युक्रेनमा रुसको युद्धको प्रभावलाई कम गर्ने प्रयासहरूबारे पनि छलफल गरेको बताइएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार (स्थानीय समय) अनुसार समूह अफ सेभेन (जी-७) का नेताहरूलाई रुसमाथि तीब्र प्रतिबन्धका लागि पश्चिमी राष्ट्रहरूलाई दबाब दिने छन् ।

ऊर्जाको बढ्दो लागत, विश्वव्यापी खाद्यान्न अभावको डर र युद्धको थकानले द्वन्द्व अब कता जान्छ भन्ने  चिन्ताको विषय बनेको छ । जेलेनेस्कीले यस हप्ताको म्याड्रिडमा नाटो शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने योजना बनाइरहेका छन् ।  

मस्कोमा तीव्र प्रतिबन्ध र रूसी आक्रमणकारीहरूलाई पराजित गर्न थप हतियारको व्यवस्थाका लागि पश्चिमलाई दबाब दिइएको सीएनएनले उल्लेख गरेको छ ।  

रुसले तत्कालीन युक्रेनी भूभाग (क्रिमिया) गाभेपछि सन् २०१४ मा जी ८ बाट रुस बाहिरिएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिद्धार्थनगर । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देव...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन...

लेबननमा इजरायलको आक्रमण- अहिलेसम्म कम्तीमा ५२ जनाको मृत्यु, हजारौँ विस्थापित

काठमाडौं । लेबननको बेरुतमा इजरायलले आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हेजबुल्लाहसँग सम्बद्ध स्थानीय च्यानल अल-मनार टीभी स्टेसन रहेको भवनमा हमला गर...

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट...

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदार कति सुरक्षित ?

काठमाडौं । यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। ...

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बाग...

इजरायल–इरान युद्ध : दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षी...

आयल निगमले भन्यो- चुनावमा पनि इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक ...

प्रतिनिधिसभा निर्वाचन: तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

तनहुँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणन...

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE