Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

युक्रेन द्वन्द्वपछि पुटिन पहिलो पटक ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणमा जाने

खबरडबली संवाददाता

रूस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्वको शुरुवात्पछि मध्य एसियाली देशहरू - ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।  युक्रेन द्वन्द्वपछि उनको यो पहिलो विदेश भ्रमण हो । 

रोसिया-१ राज्य टेलिभिजन स्टेशनका क्रेमलिन संवाददाता आरपावेल जरुबिनले राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने  कार्यक्रम रहेको उल्लेख गरेका छन् । 

त्यसैगरी दुशान्बेमा पुटिनले ताजिकस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई भेट्ने छन् । राष्ट्रपति इमोमाली रहमोन रुसका निकट सहयोगी हुन् भने पूर्व सोभियत राज्यका सबैभन्दा लामो समयसम्म शासन गर्ने शासक पनि  हुन्।  

यसैगरी अस्गाबातमा उनले अजरबैजान, काजाकिस्तान, इरान र तुर्कमेनिस्तानका नेताहरू सहित क्यास्पियन राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको पनि जारुबिनले बताएका छन् ।

युक्रेनमा आक्रमणपछि रुसी नेताको यो पहिलो विदेश भ्रमण हो जुन मस्को माथि लगाइएका थुप्रै प्रतिबन्धहरू पछि रासर्वजनिक भएको छ ।  

यसबाहेक, जर्मनीमा हुन लागेको जी-७ शिखर सम्मेलनमा युक्रेनका विषयमा विशेष ध्यान केन्द्रित हुने जनाइएको छ ।  जी-७ शिखर सम्मेलनको सन्दर्भमा बभेरियन आल्प्समा भेला भएका विश्वका धनी राष्ट्रहरूका नेताहरूले युक्रेनलाई वार्ताको मुख्य विषयका रूपमा प्रस्तुत गर्ने सङ्केत गरिसकेका छन् ।

यसै बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने बताएका छन् ।  सुन रूसको लागि दशौं अर्ब डलरको ठूलो निर्यातको वस्तु हो।

यसअघि पनि बाइडेनले ट्वीट गर्दै  "संयुक्त राज्य अमेरिकाले पुटिनलाई युक्रेन विरुद्धको युद्धको लागि आवश्यक पर्ने ठूलो रकम उठाउँने निर्यात हुने वस्तुहरू माथि प्रतिबन्ध लगाइसकेको' सङ्केत गरेका छन्  । त्यस्तै जी-७ देशहरूले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउँने पनि बताउँदै आएका छन् । 

रुस विरुद्धका यस्ता कदमहरू शुरुमा बेलायतले सार्वजनिक गरेको थियो ।  नाम नछाप्ने शर्तमा एक वरिष्ठ अमेरिकी प्रशासन प्रतिनिधिले पत्रकारहरूलाई बताएअनुसार जी-७ ले मङ्गलबार सुन आयात प्रतिबन्धको आधिकारिक घोषणा गर्नेछ।

जर्मन चान्सलर ओलाफ स्कोल्जसँग राष्ट्रपति बाइडेनको बैठकको विषय युक्रेन वार्ता हुने सङ्केत ह्वाइट हाउसले  गरेको छ ।
"नेताहरूले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिएका छन् । साथै युक्रेनलाई रुसी आक्रमणबाट लोकतन्त्रको रक्षा गर्न मद्दत गर्न सैन्य, आर्थिक, मानवीय र कूटनीतिक समर्थनको निरन्तरतालाई जोड दिएका छन्," ह्वाइट हाउसको  विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै विज्ञप्तिमा नेताहरूले विश्वव्यापी खाद्य र ऊर्जा सुरक्षामा युक्रेनमा रुसको युद्धको प्रभावलाई कम गर्ने प्रयासहरूबारे पनि छलफल गरेको बताइएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार (स्थानीय समय) अनुसार समूह अफ सेभेन (जी-७) का नेताहरूलाई रुसमाथि तीब्र प्रतिबन्धका लागि पश्चिमी राष्ट्रहरूलाई दबाब दिने छन् ।

ऊर्जाको बढ्दो लागत, विश्वव्यापी खाद्यान्न अभावको डर र युद्धको थकानले द्वन्द्व अब कता जान्छ भन्ने  चिन्ताको विषय बनेको छ । जेलेनेस्कीले यस हप्ताको म्याड्रिडमा नाटो शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने योजना बनाइरहेका छन् ।  

मस्कोमा तीव्र प्रतिबन्ध र रूसी आक्रमणकारीहरूलाई पराजित गर्न थप हतियारको व्यवस्थाका लागि पश्चिमलाई दबाब दिइएको सीएनएनले उल्लेख गरेको छ ।  

रुसले तत्कालीन युक्रेनी भूभाग (क्रिमिया) गाभेपछि सन् २०१४ मा जी ८ बाट रुस बाहिरिएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

एमाले महासचिवमा ६ जना आकांक्षी, कसले मार्ला बाजी ?

काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...

यस्तो रहने छ आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन ।  आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी ...

एनपीएलः एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

र्‍यापर स्यामुयलद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

काठमाडौँ । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending