Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

धवलागिरीका घुम्ती गोठ संकटमा

खबरडबली संवाददाता

म्याग्दी । उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ ।

बुढ्यौली लाग्दै गएका किसान, युवापुस्ताको वैदेशिक रोजगारीप्रतिको आकर्षण, बजार र सरकारी सेवासँग कमजोर पहुँचका कारण परम्परागत पशुपालन व्यवसाय क्रमशः खुम्चिँदै गएको हो ।

कुनै समय ३० वटासम्म गाईभैँसी पालेका धवलागिरी गाउँपालिका–३ मुनाका ६० वर्षीय यामप्रसाद पुनको गोठमा अहिले १० वटा मात्र छन् । “बाउबाजेले गर्दै आएको पशुपालनबाटै घरव्यवहार चलायौं, छोराछोरी पढायौं,” पुनले भने, “तर उमेर बढ्दै जाँदा गोठ लिएर लेकबेँसी गर्न कठिन भएकाले पशु संख्या घटाउनुपरेको छ।”

मुनाकै ८१ वर्षीय लिलबहादुर पुन पनि घुम्ती गोठ छोड्ने तयारीमा छन् । बाल्यकालदेखि भेडाबाख्रा पालन गर्दै आएका उनले यही पेशाबाट ठूलो परिवार हुर्काए । तर छोराहरू विदेश गएपछि गोठलाई निरन्तरता दिन समस्या भएको बताउछन् । धवलागिरी–४ खाम्लाका ७४ वर्षीय पूर्णबहादुर जैसीले पनि ५७ वर्षदेखि गर्दै आएको भैँसीपालन यस वर्षबाट बन्द गरे । स्वास्थ्य समस्या र उमेरका कारण भैँसी बेचेर घरमै बस्न थालेको उनको भनाइ छ ।

धवलागिरीमा जेठदेखि पशुचौपायालाई लेक तथा बुकीतर्फ लैजाने र कात्तिकपछि बेँसी झार्ने परम्परा छ । यहाँका किसानहरूले ढोरपाटन, जलजला, रुघाचौर, पातिहाल्ने तथा विभिन्न खर्क क्षेत्रमा पशु चराउने गर्छन् । उच्च पहाडी र हिमाली क्षेत्रको जीवनशैलीसँग घनिष्ठ सम्बन्ध रहेको यो प्रणालीले दूध, घ्यू, दही, मोही, मासु तथा कृषि कार्यका लागि आवश्यक पशु उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७४–७५ मा तयार पारेको वस्तुगत विवरण अनुसार १२ हजार ६० परिवारमध्ये ५३ प्रतिशत परिवारको मुख्य जीविकोपार्जन कृषि थियो । तर पछिल्ला वर्षहरूमा गाईगोरुको संख्या उल्लेख्य रूपमा घट्दै गएको तथ्यांकले देखाएको छ ।

धवलागिरी गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख चन्द्रकला दाहालका अनुसार चार हजार चार सय ११ गाई, दुई हजार आठ सय ४७ भैँसी, पाँच हजार नौ सय ८६ बाख्रा, दुई हजार एक सय ९५ भेडा, एक सय १९ बंगुर, १६ हजार दुई सय २६ कुखुरा, छ सय ७० खरायो तथा दुई सय ६६ घोडा–खच्चर छन् । वि।सं। २०७४ को सर्वेक्षणमा गाईगोरुको संख्या छ हजार सात सय ५६ रहेको थियो। यसले परम्परागत गाईपालन निरन्तर ओरालो लागिरहेको संकेत गर्छ ।

अधिकांश घुम्ती गोठ दर्ता नभएकाले यकिन तथ्यांक उपलब्ध नभएको दाहालले बताए । चेतनाको कमी, प्रशासनिक पहुँचको अभाव, झन्झटिलो प्रक्रिया तथा भौगोलिक विकटताका कारण किसानहरू व्यवसाय दर्तामा आकर्षित हुन नसकेको उनको भनाइ छ । यसले गर्दा बीमा तथा सरकारी अनुदान कार्यक्रमबाट पनि धेरै किसान वञ्चित भएका अगुवा किसान भुवानी पौडेलले बताए ।

घुम्ती गोठ घट्दै जाँदा स्थानीय पशुका आनुवंशिक स्रोतसमेत जोखिममा परेका छन् । लिमे र पारकोटे जातका भैँसी, पहाडी गाई, सिनाल र खरी जातका बाख्रा तथा बरुवाल र भ्याङलुङ जातका भेडा–बाख्रा लोप हुने अवस्थामा पुगेका धवलागिरी गाउँपालिका–२ खोरीयाका दलबहादुर रानाले बताए ।

यद्यपि गाउँपालिकाले घुम्ती गोठ संरक्षण र व्यवस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । उपाध्यक्ष रेशम पुनमगरका अनुसार किसानलाई त्रिपाल, सोलार बत्ती लगायतका सामग्री वितरण गरिएको छ । गत आर्थिक वर्षमा वडा नम्बर ५ मल्कवाङको खालीखोलामा रु। आठ लाखको लागनमा मा पाँच सयभन्दा बढी भेडाबाख्रा अट्ने क्षमता भएको घुम्ती गोठ निर्माण गरिएको थियो ।

भेडापालक कृषक हिमबहादुर छन्त्याल ९देवान० का अनुसार उक्त गोठले वर्षा र हिमपातका बेला पाठापाठी तथा भेडाबाख्रालाई सुरक्षित राख्न ठूलो सहयोग पुगेको छ । गाउँपालिकाको ७० प्रतिशत र किसानको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको उक्त संरचना नमुना परियोजनाका रूपमा हेरिएको छ ।

त्रिभूवन विश्वविद्यालय वन विज्ञान संकायका प्राध्यापक डा राजेशकुमार राईका अनुसार जलवायु परिवर्तन, वन्यजन्तुसँगको द्वन्द्व, सामाजिक संरचनामा आएको परिवर्तन, शिक्षा तथा वैदेशिक रोजगारको प्रभावले घुम्ती गोठ प्रणाली कमजोर बन्दै गएको हो । उनले पशुजन्य उत्पादनको ब्रान्ड विकास, स्थानीय पर्यटनसँग एकीकरण तथा जैविक उत्पादनको बजार विस्तार गर्न सके उच्च पहाडी अर्थतन्त्रलाई नयाँ दिशा दिन सकिने बताए ।

परम्परागत ज्ञान, संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोडिएको घुम्ती गोठ प्रणाली संरक्षणका लागि तथ्यांक संकलन, किसानमैत्री कार्यक्रम, व्यवसाय दर्ता अभियान र प्रोत्साहनमूलक योजनामा जोड दिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । धवलागिरीको पहिचान बनेको गोठ प्रणालीसँगै स्थानीय पशु सम्पदा र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको ज्ञान संरक्षण, ब्यवस्थित र ब्यवसायिक बनाउन कार्यक्रम केन्द्रित गरेको उनको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण कोरियामा ‘बिश्वकर्मा भलिबल कप–२०२६’ हुँदै, विजेतालाई २२ लाख वन पुरस्कार

दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले चौथो ‘बिश्वकर्मा भलिबल कप–२०२६’ आयोज...

गर्मीको चापसँगै मधेसमा विद्युत् संकट गहिरिँदै, उपभोक्तामा आक्रोश बढ्दो

जनकपुरधाम । चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका मधेसवासीको दैनिकी कठिन बन्दै गएको छ। दिनहुँ हुने अघोषित विद्युत् कटौतीले जनजीव...

फिफा विश्वकप २०२६ : पानामालाई १–० ले हराउँदै घानाको महत्वपूर्ण जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज टोरन्टो रंगशालामा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। ...

सिक्टा सिँचाइ आयोजनाको नियमित पानीले किसानमा उत्साह

बाँके । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी छोड्न थालेपछि बाँकेका किसान खुसी भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप...

अमेरिका–इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, ट्रम्पको पुनः आक्रमण चेतावनी

काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...

सम्पत्ति छानबिन आयोग दबाबमा, आधा लक्ष्य पनि पूरा भएन

काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...

वैदेशिक रोजगारी ठगीविरुद्ध विभागको एक्सन, एकै दिन ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र श्रमिकका गुनासो सम्बोधनमा वैदेशिक रोजगार विभाग सक्रिय देखिएको छ। विभागले एकै दिन ९ जनालाई पक्र...

बिटुमिन अभावले रोकियो अरनिको राजमार्ग स्तरोन्नति, दुई महिनादेखि कालोपत्रे ठप्प

काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य ‘बिटुमिन’ अभावका कारण दुई महिनादेखि प्रभावित बनेको छ। कालोपत्रे गर्ने मुख्य स...

विनियोजन विधेयक पारित गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित ‘विनियोजन विधे...

संघीय संसदका तीन समितिको बैठक आज, बजेटदेखि स्थानीय निर्वाचन तयारीसम्म छलफल

काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्थलगत अनुगमन, आगामी आर्थिक वर्षको बजेट तथा स्थानीय निर्वाचनको तयारीलगायत व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending