Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank

सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्काय विद्यार्थीको रोजाइमा पर्दै

खबरडबली संवाददाता

कञ्चनपुर ।  सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्काय विद्यार्थीको रोजाइमा पर्न थालेको छ । कैलालीको टीकापुरमा सञ्चालित विश्वविद्यालयको कृषि सङ्कायमा ५२ जिल्लाका १०० बढी विद्यार्थी अध्ययनरत रहेका छन् । 

त्यहाँ सत्र उपप्राध्यापकले पठनपाठन गराउँदै आएका छन् । चार वर्ष अघिदेखि सञ्चालन हँुदै आएको कृषि सङ्कायमा मनाङ, मुस्ताङ, ताप्लेजुङलगायत हिमाली जिल्लासँगै देशका विभिन्न क्षेत्रका विद्यार्थी भर्ना भई अध्ययन गर्दै आएको विश्वविद्यालयका कृषि सङ्कायका डिन लालप्रसाद अम्गाईले बताए  । “कृषि विषय विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ”, उनले भने, “कृषि सङ्कायका लागि छुट्याइएको ३८० बिघा जग्गा नाममा आउन सकेको छैन, यसका लागि पहल गरिरहेका छौँ ।”

कृषि विषय (कृषि र पशु)मा अहिले स्नातक तहसम्म मात्रै पठनपाठन हुँदै आएकामा आउँदो शैक्षिक सत्रदेखि स्नातकोत्तरका कक्षा सञ्चालनका लागि तयारी भइरहेको रासससँग कुरा गर्दै उनले बताए । “वन विज्ञानतर्फको स्नातक तहका कक्षा सञ्चालन गर्नका लागिसमेत काम अगाडि बढाएका छौँ”, उनले भने, “वन विज्ञान र कृषि विषयको ५० प्रतिशत कोर्ष मिल्ने भएकाले सँगसँगै लैजाने प्रयासमा रहेका छौँ ।”

कृषि पढ्ने विद्यार्थीलाई किसानको घरदैलोमा पठाएर ओजिटी कक्षा सञ्चालन गरी किसानलाई उन्नत खेती र प्रविधिबारे जानकारी दिने प्रयासमा लागेको उनले उल्लेख गरे  । कृषिको आयातलाई प्रतिस्थापन गरी निर्यातमुखी कृषि प्रणालीको विकास गर्नका लागि किसानका घरदैलोमै विद्यार्थी पठाएर उत्पादकत्व बढाउने कार्यमा लागेको उनको भनाइ छ ।

“विद्यार्थीलाई व्यावहारिक शिक्षा दिने प्रयासमा लागेका छौँ”, उनले भने, “किसानलाई सँगै राखेर शिक्षा दिइयो भने त्यसले दीर्घकालीन समयसम्म असर गर्छ, किसान देशका गहना भएकाले तिनको सम्मान गरिनुपर्छ ।” भौतिक पूर्वाधार निर्माणतर्फ विश्वविद्यालयको आफ्नै लगानीमा रु २० करोडको एकेडेमिक भवन निर्माणको काम अगाडि बढाइएको छ ।
 
भैँसीको अनुवांशिक स्रोत केन्द्र स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा गोठ निर्माणको कार्य गरिएको छ । घाँसखेतीसमेत गरिएको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाका तर्फबाट माछा पोखरी निर्माण गरिएको छ । विद्यार्थीलाई अनुसन्धान र प्रयोगात्मक कक्षाका लागि माछापोखरीमा माछापालन गरिएको छ । आयोजनाका तर्फबाटै प्रविधि प्रचार प्रसारका लागि समेत सहयोग गरिएको कृषि सङ्कायका डिन अम्गाईले बताए  ।

सामाजिक विकास मन्त्रालयका तर्फबाट कुखुरापालनका लागि खोर निर्माणसँगै तरकारी घर निर्माण गरिएको छ । उनका अनुसार विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कृषि र पशु पठनपाठन गर्दै आएका विद्यार्थीका लागि माटो परीक्षण प्रयोगशाला, पशु र रोगकिरा परीक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ ।
 
विद्यार्थीलाई अवलोकन, अध्ययन अनुसन्धानका लागि एक ठाउँबाट अर्को ठाउँमा जान र ल्याउनका लागि बसको आवश्यकता पर्ने भए पनि हालसम्म बस खरिद गर्न नसकिएको उनले बताए  । “आउँदो शैक्षिक सत्रदेखि वन विज्ञानको स्नातक तहमा पठनपाठनका लागि तयारी गरेका छौँ”, डिन अम्गाईले भने, “त्यसका लागि विभिन्न विषयका लागि जिल्लासमेत छनोट गरिएका छन् ।”

उनका अनुसार जडीबुटीका लागि बझाङ, बाजुरा र दार्चुला, वन शिक्षाका लागि डडेल्धुराको जोगबुडा, कञ्चनपुर र कैलाली तथा वन्यजन्तुका लागि कैलालीको टीकापुर एवं घोडाघोडी क्षेत्रलाई छनोट गरिएको छ । यसका लागि पाठयक्रम निर्माण गर्ने कार्य भइरहेको छ ।

शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप बन्द गरी स्वच्छ ढङ्गबाट विश्वविद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइनुपर्ने उनको भनाइ छ । “पर्याप्त बजेट नहुँदा शैक्षिक गतिविधि विस्तार गर्ने कार्यसँगै भौतिक पूर्वाधार निर्माणमा निकै चुनौती छ”, उनले भने, “शिक्षा क्षेत्रको विकासका लागि तीनवटै तहका सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखी बजेटको व्यवस्था गर्नुपर्छ, योसँगै विश्वविद्यालयमा दक्ष जनशक्तिको व्यवस्था गरिनुपर्छ ।” 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy