Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

सञ्चारमन्त्री कार्कीद्वारा परिणाम आउने गरी काम गर्न निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिणाम आउने गरी काम गर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिएका छन्। 

मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम, बजेट वक्तव्य तथा उल्लेखित बुँदा र आर्थिक कार्यक्रमको एकीकृत कार्यान्वयन कार्ययोजना सार्वजनिकरण एवं आर्थिक वर्ष २०७९÷८० का कार्यसम्पादन सम्झौता कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न निर्देशन दिए । 

उनले भने, “अब हामीले अनुहार होइन, काम हेरेर अगाडि बढेको खण्डमा मात्रै परिणाममुखी काम गर्न सक्छौँ, होइन भने भाषणले मात्रै हुँदैन, हामीले काम गर्ने भनेर धेरै पटक धेरै विषयमा हस्ताक्षर गरियो, तर कार्यान्वयन हुँदैन, हाम्रो कमजोर पक्ष भनेको त्यही हो, त्यसैले कार्यान्वयनसँगै परणाम आउने गरी काम गर्नुहोस् ।” कार्यान्वयन पक्षलाई लाई केन्द्रविन्दुमा राखेर काम गर्न सकेको खण्डमा मात्रै सही परिणाम आउने उनको भनाइ छ । 

मन्त्री कार्कीले मन्त्रालयअन्तर्गतका निकायका नाममा रहेको सम्पत्तिको संरक्षण गर्दै उत्पादनशीलतासँग जोड्नसमेत निर्देशन दिए। उनले राजनीतिक नेतृत्व र स्थायी सरकारका रुपमा रहेका कर्मचारी इमान्दार र समर्पित भयो भने सरकारले अवलम्बन गरेको नीतिलाई अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे।

 “म धेरै भाषणमा विश्वास गर्दिन, काममा विश्वास गर्छु, समर्पण र इमान्दारितामा विश्वास गर्छु, त्यस दिशामा हामीले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरेर परिणाममुखी काम गर्नका निमित्त सबैसँग आग्रह गर्न चाहान्छु, मेरो भूमिकाको निमित्त पनि तपाईँहरुको सल्लाह सुझावको अपेक्षा गर्दछु”, उनले भने । 

कार्यक्रममा मन्त्री कार्की र सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, सचिव र मन्त्रालयका महाशाखा प्रमुख, सचिव र मन्त्रालयअन्तर्गतका निकायका प्रमुखबीचमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको थियो । सोही अवसरमा सचिव डा अर्यालले चालु आर्थिक वर्षमा खर्च र नतिजालाई जोड्ने गरी तथा यो वर्षको खर्चमा बेरुजु शून्य हुने गरी काम गर्न निर्देशन दिए ।

सचिव डा अर्यालले मन्त्रालयअन्तर्गत रहेका निकायका नाममा रहेको भौतिक सम्पत्तिको विवरण मन्त्री समक्ष पेश गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy